पार्टीप्रति आकर्षण नदेखिएपछि नाम फेर्ने तयारीमा माओवादी केन्द्र

काठमाडौं । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेकपा (माओवादी) केन्द्रले पार्टीको नाम फेर्ने तयारी गरेको छ । बुधबार बसेको स्थायी समिति बैठकमा नाम फेर्नेबारे छलफल भएको र अधिकांश नेताहरु सकारात्मक देखिएको एक नेताले बताए । स्थायी समितिमा सहमति भैसकेकाले चैत १ गते बस्ने केन्द्रीय समितिको बैठकमा औपचारिक रुपमै नाम परिवर्तनको प्रस्ताव लैजाने ती नेताले जानकारी दिए । ‘नेपाली कम्युनिस्ट पार्टी, एकीकृत नेपाल कम्युनिस्ट पार्टी वा अरु केही राख्नेबारे छलफल भइरहेको उनले बताए । अदालतले एमाले र माओवादी केन्द्रलाई विभाजनअघिकै अवस्थामा पुर्‍याएपछि पुरानो नाममा नयाँ मानिसहरुको आकर्षण नहुने ठानेर नाम परिवर्तन गर्नुपर्ने प्रस्ताव औपचारिक रुपमा केन्द्रीय समितिमा लैजान लागिएको हो । अन्य पार्टीबाट आउनेहरु माओवादी बन्न हिच्किचाउने भएकाले तिनलाई सहज प्रवेश गराउन नाम परिवर्तन गर्न लागिएको माओवादी स्रोत बताउँछ । एमाले, जनता समाजवादी पार्टी, नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा लगायतका दलबाट समेत नेताहरुलाई आउन सहज हुनेगरी नाम परिवर्तन गर्नुपर्ने जोड केही नेताहरूको छ । नाम परिवर्तनपछि केपी ओलीलाई मन नपराउने एमालेभित्रको तप्का पनि आफूतिर आकर्षित हुने नेताहरुको बुझाई छ । सर्वोच्च अदालतले नेकपा माओवादी केन्द्र र एमाले ब्यँुताइदिएपछि मन नलाग्दा नलाग्दै पनि माधव नेपाल समूह एमालेमै फर्किनुमा पदको सुरक्षासँगै माओवादी केन्द्रको नाम पनि रहेको उनीहरु बताउँछन् । प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्र अनेकौँ टुटफुटको शृंखलापछि अहिलेको अवस्थामा आइपुगेको हो। २०५२ सालदेखि सशस्त्र जनयुद्ध गरेको सो पार्टी ०६२र०६३ को जनआन्दोलमार्फत शान्ति प्रक्रियामा आएको हो। २०६५ सालमा एकता केन्द्र मसालसँग पार्टी एकतापछि एमाओवादी बन्यो। मातृका यादवले पार्टी छाडेर नेकपा माओवादी बनाए। २०६९ सालमा एमाओवादीमा ठूलो विभाजन भयो। मोहन वैद्य, रामबहादुर थापा, विप्लव लगायत नेताले पार्टी विभाजन गरी नेकपा–माओवादी गठन गरे। वैद्यको पार्टीलाई पनि २०७१ मंसिरमा नेत्रविक्रम चन्दले फेरि विभाजन गराए।२०७२ साल असोज ३ गते संविधान जारी भएपछि १० गते डा. बाबुराम भट्टराईले एमाओवादी छोडेका थिए। २०७३ मा रामबहादुर थापा, मणि थापा, मातृका यादव पुनः फर्केर आएपछि नेकपा माओवादी केन्द्र बनाइएको हो । २०७४ असोजमा चुनावी गठबन्धन गरेका एमाले र माओवादी केन्द्रले ...

सम्बन्धित सामग्री

माओवादी केन्द्र र समाजवादी पार्टी एक हुँदै

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टी (नेसपा) बीच एकता गर्ने सहमति भएको छ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा केन्द्र र समाजवादी पार्टी केन्द्रीय समितिको एकता संयोजन समितिको बैठकले उक्त निर्णय गरेको हो । नेपाल समाजवादी पार्टीका महासचिव रमेशप्रसाद यादव र नेकपा (माओवादी केन्द्र) का महासचिव …

माओवादी केन्द्र प्रवेश गर्दै द्वारिकलाल चौधरी

विराटनगर । इटहरी उपमहानगरपालिकाका पूर्व-मेयर द्वारिकलाल चौधरी माओवादी केन्द्र प्रवेश गर्ने भएका छन् । प्रदेशसभा सदस्यको उम्मेदवार बनाउने पक्का भएपछि उनी माओवादी केन्द्र प्रवेश गर्ने भएका हुन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको हातबाट टीका लगाएर पार्टी प्रवेशका लागि उनी शनिबार काठमाडौँ पुगेका छन् । चौधरी नेकपा एमाले सुनसरीका पूर्व अध्यक्षसमेत हुन् । चौधरीले […]

माओवादी केन्द्र कांग्रेसको पुच्छर : बादल

२५ वैशाख, चितवन । नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलले माओवादी केन्द्र नेपाली कांग्रेसको पुच्छर बनेको आरोप लगाएका छन् । चितवनको भरतपुरमा आइतबार नेकपा एमालेले आयोजना गरेको आमसभालाई सम्वोधन गर्दै उपाध्यक्ष थापाले माओवादी केन्द्र बामपन्थी शक्ति प्रतिगामीको हिस्सा र गुटमा बदलिएको टिप्पणी गरे । माओवादी केन्द्रप्रति आक्रोशित रुपमा प्रस्तुत भएका नेता थापाले माओवादी केन्द्रका अध्यक्ष […]

माओवादी केन्द्र प्रदेश २ को अधिवेशन जनकपुरधाममा

जनकपुरधाम – नेकपा माओवादी केन्द्र प्रदेश २ को अधिवेशन जनकपुरधाममा हुने भएको छ। शुक्रबार माओवादी केन्द्र प्रदेश २ ले पत्रकार सम्मेलनको आयोजना गर्दै अधिवेशनअन्तर्गत शनिबार उद्घाटन सत्र हुने जानकारी दिएको हो। उद्घाटन सत्रको लागि तयारी तीव्र पारिएको प्रदेश २ का संयोजक प्रह्लाद बुढाथोकीले बताए। उनले उद्घाटन सत्रमा केन्द्रीय अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भर्चुअल माध्यमबाट सम्बोधन […]

प्रकाश रोकायाद्धारा माओवादी केन्द्र परित्याग

नेकपा (माओवादी केन्द्र)का तत्कालीन पोलिटब्युरो सदस्य प्रकाश रोकायाले पार्टी परित्याग गरेका छन्।

सरकारले छिट्टै पूर्णता पाउँछ : माओवादी केन्द्र

सत्ता साझेदार नेकपा (माओवादी केन्द्र )ले सरकारले छिट्टै पूर्णता पाउने अपेक्षा गरेको छ ।  नेकपा (माओवादी केन्द्र)को शुक्रबार पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा बसेको पार्टी स्थायी समिति बैठकले सरकारले छिट्टै पूर्णता पाउने...

प्रदेश २ सरकारमा माओवादी केन्द्र सहभागी हुँदै

नेकपा (माओवादी केन्द्र) प्रदेश २ सरकारमा सहभागी हुने भएको छ। एक मन्त्री र एक राज्यमन्त्रीसहित माओवादी केन्द्र शनिबार प्रदेश सरकारमा सहभागी हुँदैछ।...

माओवादी केन्द्र केही दिनमै प्रदेश २ सरकारमा सहभागी हुने

३१ असार, जनकपुरधाम । नेकपा माओवादी केन्द्र प्रदेश २ को सरकारमा केही दिनभित्रै सहभागी हुने भएको छ । जेठको अन्तिम साता नै सरकारमा सहभागी हुने तयारी भए पनि मन्त्रालय बाँडफाँडमा सहमति हुन नसक्दा माओवादी केन्द्र सरकारमा जान मानेको थिएन । तर अब तीन–चार दिनभित्रै सरकारमा जाने माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतक दिलीप साहले जानकारी […]

माओवादी केन्द्र खारेज गर्न माग

काठमाडौं, असार २४ । एमाले प्रवेश गरेका पूर्वमाओवादी नेताहरूले माओवादी केन्द्र खारेजीको माग गर्दै निर्वाचन आयोगमा निवेदन दिएका छन्। वर्षौंसम्म महाधिवेशन नगरेर अवैध भएको माओवादी केन्द्रले उल्टो आफूहरूलाई कारबाही गरेको भन्दै उनीहरूले खारेजीको माग गरेका हुन्। माओवादी केन्द्र त्यागेर एमाले प्रवेश गरेका रामबहादुर थापा समूहका लीलाबहादुर थापा, रामचन्द्र मण्डल, अधिवक्ता सरोज बुढाथोकीलगायतले बुधबार आयोग पुगेर […]

माओवादी केन्द्र पार्टीविरुद्ध उजुरी दिन नेताहरु निर्वाचन आयोगमा

काठमाडौं। नेकपा (माओवादी केन्द्र) छाडेर नेकपा एमालेमा लागेका नेताहरु निर्वाचन आयोग पुगेका छन्। माओवादी केन्द्र अवैधानिक भएको दाबी गर्दै उजुरीका लागि उनीहरु अयोग पुगेका हुन्। माओवादी केन्द्र छाडेका रामबहादुर थापा ‘बादल’ समूहका नेताहरु आयोग पुगेका हुन्।