माओवादी केन्द्र राष्ट्रिय सम्मेलन: शुल्क २ हजार तिर्नुपर्ने, खानेबस्ने व्यवस्था प्रतिनिधि आफैं गर्नुपर्ने

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को राष्ट्रिय सम्मेलनमा सहभागी हुने प्रतिनिधिले २ हजार शुल्क तिर्नुपर्ने हुन्छ । तर, पार्टीले प्रतिनिधिका लागि खानेबस्ने व्यवस्था गर्ने छैन । प्रतिनिधि स्वयंले आ–आफ्नो खर्च व्यवस्थापन गर्नुपर्ने सर्कुलर माओवादी केन्द्रले गरेको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एक परिपत्र गर्दै जारी गर्दै यस्तो निर्देशन गरेका छन् । साथै पार्टीको निर्णय समेटिएको सो परिपत्र जारी गर्दै उनले कार्यान्वयन गर्न निर्देशन दिएका छन् । १६ र १७ मंसिरमा बसेको माओवादी केन्द्रको स्थायी समिति बैठकले सम्मेलन क...

सम्बन्धित सामग्री

माओवादी राष्ट्रिय सम्मेलनः प्रचण्डलाई १४८ प्रतिनिधि छनौट गर्ने अधिकार

काठमाडौं, १० पुस :  नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले १० प्रतिशत प्रतिनिधि छनौट गर्ने अधिकार प्राप्त गरेका छन् । महाधिवेसनअघि बसेको स्थायी समिति बैठकमार्फत अध्यक्ष प्रचण्डले कुल एक हजार चार सय ८३ राष्ट्रिय सम्मेलन प्रतिनिधिको १० प्रतिशत छनौट गर्ने अधिकार प्राप्त गरेका हुन् । प्रवक्ता कृष्णबहादुर महराका अनुसार प्रचण्डले विभिन्न पार्टीबाट प्रवेश […]

माओवादी राष्ट्रिय सम्मेलन : प्रचण्डलाई मनाेनयनतर्फका प्रतिनिधि छान्ने जिम्मा

काठमाण्डाै – नेकपा (माओवादी केन्द्र) ले राष्ट्रिय सम्मेलनमा मनोनयनतर्फका प्रतिनिधि छननेट गर्ने जिम्मा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको छ ।  आज शुक्रवार बसेको स्थायी कमिटी बैठकले १० प्रतिशत प्रतिनिधि मनोनयन गर्ने जिम्मा अध्यक्ष प्रचण्डलाई दिएको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिनुभयो । एक हजार चार सय ८३ प्रतिनिधि नियमित प्रक्रियाबाट आएका छन् भने त्यसको १० प्रतिशत प्रतिनिधि मनोनयन गर्ने व्यवस्था छ । १० प्रतिशत मनोनयन गर्दा एक सय ४८ जना प्रतिनिधि छानिने छन् । यसअघि पाँच प्रतिशत मनोनयन गर्ने व्यवस्था रहेकोमा...

माओवादी राष्ट्रिय सम्मेलन : कुन प्रदेशबाट कति प्रतिनिधि?

काठमाडौं : नेकपा (माओवादी केन्द्र)को प्रथम राष्ट्रिय सम्मेलनमा करिब एक हजार ५०० प्रतिनिधिको सहभागिता रहने भएको छ। आयोजक, सल्लाहकार, ज्येष्ठ कम्युनिष्ट, आयोग, विभाग तथा प्रदेशबाट एक हजार ५३३ प्रतिनिधिको सहभागिता हुने पार्टी प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए।सम्मेलनमा आयोजक १७९, सल्लाहकार १४९, ज्येष्ठ कम्युनिष्ट १२५, आयोग ७५, केन्द्रीय विभाग १०२, केन्द्रीय प्रतिनिधि २७ र प्रदेश प्रतिनिधि ८०३ गरी कूल एक हजार ४६० को सहभागिता रहनेछ। यसबाहेक जनयुद्धका घाइते, अपाङ्गता भएका व्यक्ति तथा पूर्व-जनमुक

माओवादी केन्द्रकाे प्रथम राष्ट्रिय सम्मेलनको लोगो सार्वजनिक

काठमाण्डाै – नेकपा (माओवादी केन्द्र) ले प्रथम राष्ट्रिय सम्मेलनको लोगो सार्वजनिक गरेको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बुधवार पत्रकार सम्मेलन गरेर माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले लोगो सार्वजनिक गर्नुभएको हो ।माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन आउँदो ११ गतेदेखि काठमाण्डाैमा सुरु हुँदैछ । लोगोमा 'नयाँ क्रान्तिकारी विचार र क्रान्तिकारी पार्टी निर्माणका लागि' ऐतिहासिक प्रथम राष्ट्रिय सम्मेलन लेखिएको छ । सम्मेलनमा एक हजार पाँच सय ३३ प्रतिनिधि सहभागी हुने पनि प्रवक्ता महराले जानकारी...

माओवादी केन्द्रको सम्मेलनमा १५३३ प्रतिनिधि, अरु दल र विदेशीलाई निम्ता छैन

काठमाडौं : नेकपा (माओवादी केन्द्र)ले प्रथम राष्ट्रिय सम्मेलनको आन्तरिक तयारीलाई तीब्रता दिएको छ।  सम्मेलनमा एक हजार ५ सय ३३ जना प्रतिनिधि सहभागी हुने भएका छन्। 'नयाँ क्रान्तिकारी विचार र क्रान्तिकारी पार्टी निर्माणका लागि ऐतिहासिक प्रथम राष्ट्रिय सम्मेलन' नाराका साथ हुने सम्मेलनमा प्रदेश कमिटीबाट ८ सय ३ जना प्रतिनिधि सहभागी हुनेछन्।  त्यस्तै, आयोजक…

कर्णालीबाट ८८ जना माओवादी केन्द्र राष्ट्रिय सम्मेलन प्रतिनिधि छनोट

सिमकोट – नेकपा माओवादी केन्द्रको राष्ट्रिय सम्मेलनका लागि कर्णाली प्रदेशबाट ८८ जना प्रतिनिधि छनोट भएका छन्। जिल्लागत रुपमा पार्टी सदस्यका आधारमा राष्ट्रिय सम्मेलनका लागि प्रतिनिधि छनोट गरिएको हो। माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन पुस ११ गतेदेखि राजधानीमा सुरु हुँदैछ। कर्णालीका दश जिल्लाबाट राष्ट्रिय सम्मेलनका लागि ८८ जना छनोट भएको माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं हुम्ला जिल्ला […]

माओवादीले बढायो राष्ट्रिय सम्मेलन प्रतिनिधि, नेताहरुको जिम्मेवारी पनि हेरफेर

नेकपा (माओवादी केन्द्र) ले राष्ट्रिय सम्मेलनमा सहभागी हुने प्रतिनिधिको संख्या बढाएको छ । माओवादीले यसअघि राष्ट्रिय सम्मेलनका लागि प्रदेशहरुबाट ६०० प्रतिनिधि सहभागी हुने निर्णय गरेकोमा हालै सम्पन्न स्थायी कमिटी बैठकबाट संख्या बढाएर ८०० कायम गरेको हो । सदस्यता नवीकरण जारी रहेकाले महाधिवेशनमा अझै थपिन सक्ने एक नेताले जानकारी दिए । माओवादीले पुस ११ देखि १३ गतेसम्म राष्ट्रिय सम्मेलन गर्दैछ ।माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले कात्तिक २३ गते बसेको स्थायी समिति बैठकको निर्णयअनुसार शुक्रबार प्रदेशहरुबाट

एमाले र माओवादी जुटे महाधिवेशनको तयारीमा

नेकपा एमाले र माओवादी केन्द्र क्रमशः महाधिवेशन र राष्ट्रिय सम्मेलन तयारीमा जुटेका छन् । प्रमुख विपक्षी दल एमालेले मंसिर १० देखि १२ सम्म चितवनमा दसौँ महाधिवेशन गर्ने तयारी करिबकरिब पूरा गरिसकेको छ भने सत्तासाझेदार माओवादी केन्द्र पुस ११ देखि १३ सम्म राष्ट्रिय सम्मेलन गर्ने तयारीमा जुटेको छ।वडा र पालिकास्तरका सबै कमिटीमा नयाँ नेतृत्व चयन गरिसकेको एमालेले यही कात्तिक २७ गते देशभरिबाट महाधिवेशन प्रतिनिधि छनोट गर्ने भएको छ। वडा र पालिकामा सर्वसम्मत नेतृत्व चयन गरेको एमाले नेतृत्वले महाधिवेशन प्रतिनिध

अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलन उद्घाटनका झलकहरू

काठमाडौं : नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको २२ औं राष्ट्रिय सम्मेलन राजधानीमा सुरु भएको छ। प्रज्ञा भवन कमलादीमा सुरु भएको सम्मेलनको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गरेका छन्सम्मेलनमा देशभरबाट सात सय ९९ प्रतिनिधि सहभागी रहेको आयोजक समितिले जनाएको छ। उद्घाटनपछि महाधिवेशनको बन्दसत्र कीर्तिपुरमा हुनेछ। सम्मेलनबाट अखिल क्रान्तिकारीको नेतृत्वका लागि वर्तमान उपाध्यक्ष सुरेन्द्र बस्नेत र पन्चा सिंह मुख्य दौडमा छन्।

अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलन तस्बिरमा

काठमाडौं : नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको २२ औं राष्ट्रिय सम्मेलन राजधानीमा केहीबेर अघि सुरु भएको छ।प्रज्ञा भवन कमलादीमा सुरु भएको सम्मेलनको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गरेका छन्। उद्घाटन कार्यक्रममा अन्य शीर्ष नेताहरूको पनि सहभागिता रहेको छ। देशभरबाट उल्लेख्य संख्यामा विद्यार्थीको सहभागिता रहेको सम्मेलनको उद्घाटन तामझामले गरिएको छ।सम्मेलनमा देशभरबाट सात सय ९९ प्रतिनिधि सहभागी रहेको आयोजक समितिले जनाएको छ। उद्घाटनपछि महाधिवेशनको बन्दसत्र कीर्तिपुरमा