काठमाडौं, माघ १०। नेकपा (माओवादी केन्द्र)को महाधिवेशनपछि पदाधिकारी चयन हुन नसक्दा पूर्व स्थायी समिति सदस्यको बैठकबाट काम चलाउन थालिएको छ। पार्टीका लागि आवश्यक निर्णय गर्नुपर्ने भएपछि पूर्व स्थायी समिति सदस्यको बैठक राखेर काम चलाउन थालिएको हो। माओवादी केन्द्रले शनिबार आयोजना गरेको एउटा बैठकमा पूर्व स्थायी समितिका सदस्यमात्रै सहभागी थिए। पार्टी विधानमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, […]