स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको २२औं वार्षिकोत्सव समारोह

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको २२औं वार्षिकोत्सव सम्पन्न भएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीको प्रमुख आतिथ्यमा वार्षिकोत्सव सम्पन्न भएको हो । सो अवसरमा संस्थाले देशका विभिन्न स्थानमा विविध कार्यक्रम आयोजना गरेको थियो । संस्थाले वार्षिकोत्सवको अवसरमा विभिन्न स्थानमा वित्तीय साक्षरता, स्वास्थ्य शिविर, समुदाय विकास, वातावरण संरक्षण लगायत सामाजिक कार्य गरिएको बताएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री चौधरीले स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले उत्कृष्ट वित्तीय संस्थाको रूपमा लघुवित्त सेवा दिइरहेको भन्दै आगामी दिनमा थप ऊर्जाका साथ काममा लाग्न आग्रह गरिन । सांसद तथा लघुवित्त अभियन्ता लीलानाथ श्रेष्ठले गरीबी न्यूनीकरणमा लघुवित्तको भूमिका प्रभावकारी रहेको बताए । त्यस्तै सांसद तथा लघुवित्त अभियन्ता योगेन्द्र मण्डलले लघुवित्तको मर्म र उद्देश्य अनुरूप चल्न सके संस्थाको उद्देश्य सार्थक हुने बताए । नेपाल राष्ट्र बैंकका सञ्चालक चिन्तामणि सिवाकोटीले लघुवित्तले मुलुकको गरीबी निवारणमा पुर्‍याएको योगदानलाई कम आकलन गर्न नमिल्ने बताए । संस्थाको सञ्चालक समितिका अध्यक्ष डा. सुमित्रा मानन्धर गुरुङले लघुवित्त गरीबी निवारणको उपयुक्त माध्यम भएकाले यसको स्वस्थ विकास र विस्तारमा जोड दिनुपर्ने बताइन् ।

सम्बन्धित सामग्री

स्वावलम्बन लघुवित्त पनि एनपीएसमा आबद्ध

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो भुक्तानी सम्बन्धी कारोबारहरूलाई नेपाल क्लियरिङ्ग हाउसको भुक्तानी प्रणाली प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने व्यवस्था लागू गर्न दुई संस्था बीच सम्झौता भएको छ । सम्झौता पत्रमा स्वावलम्बन लघुवित्तका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत नरेन्द्र सिंह विष्ट र एनसीएचएलका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह […]

स्वावलम्बन लघुवित्तको २२औँ वार्षिकोत्सव समारोह सम्पन्न

स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको २२औँ वार्षिकोत्सव सम्पन्न भएको छ । महिला, बालबालिका तथा ज्येष्ठ

माघ १० गतेदेखि संस्थापक शेयर विक्री गर्दै स्वावलम्बन लघुवित्त

काठमाडौं (अस) । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले माघ १० गतेदेखि १ लाख ५९ हजार कित्ता संस्थापक शेयर विक्रीमा ल्याउँदै छ ।  कम्पनीले प्रतिकित्ता रू. ५५५ अंकित मूल्य कायम गरी उक्त शेयर लिलामीमा ल्याउन लागेको हो । तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी यो शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापकहरू वा योग्य व्यक्ति तथा संघ-संस्थाहरूले माघ २४ गतेभित्र आवेदन पेश गर्नुपर्नेछ । शेयर खरीदका लागि बोलकबोल गर्दा न्यूनतम एक हजार कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतम कित्ताका लागि कुनै हद लाग्ने छैन ।  यो शेयर खरीदका लागि विक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडको कार्यालय नारायणचौर नक्साल, काठमाडौंमा पेश गर्नुपर्नेछ । तोकिएको अवधिभित्र प्राप्त बोलपत्र माघ २५ गते बिहान १० बजे खोलिने कार्यक्रम तय भएको छ ।

स्वावलम्बन लघुवित्तको सभा

स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको २०औं वार्षिक साधारण सभा सम्पन्न भएको छ।

स्वावलम्बन लघुवित्तको ११ सय कित्ता शेयर विक्रीमा

काठमाडौं, ९ भदौ । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर आजदेखि विक्रीमा ल्याएको छ । कम्पनीले सदस्य गोरी श्रेष्ठको नाममा रहेको प्रतिकित्ता ७ सय १ मुल्य तोकेर १ हजार १ सय ९० कित्ता शेयर विक्री खुला गरेको हो । कम्पनीले आजको ३५ दिन भित्रमा संस्थापक शेयरधनीहरुले शेयर खरिद गर्न चाहेमा तोकिएको अवधिभित्र कम्पनीको केन्द्रिय […]

स्वावलम्बन लघुवित्तको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं, २९ असार । नबिल बैंकको स्वामित्वमा रहेको स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको लिलामी बिक्रि खुल्ला भएको संस्थापक शेयरमा आवेदन दिने आज अन्तिम दिन हो । संस्थाले असार १८ गतेदेखि लिलामी विक्रिमा ल्याएको १ लाख ९० हजार ६५३ कित्ता शेयरमा बोलपत्र आजसम्म पेश गर्न सकिन्छ । कम्पनीले प्रतिकित्ता न्युनतम मूल्य ७०० तोकेको हुनाले शेयर खरिदका […]

स्वावलम्बन लघुवित्तको संस्थापक शेयरमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं, १५ असार । असार ६ गतेदेखि स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले विक्रिमा ल्याएको संस्थापक शेयरमा आवेदन दिने आज अन्तिम दिन हो । संस्थाको नबिल बैंकको स्वामित्वमा रहेको १ लाख ९० हजार ६५३ कित्ता शेयरमा असार १५ (आज)सम्म बोलपत्र पेश गर्न सकिने छ । कम्पनीले प्रतिकित्ता न्युनतम मुल्य ७५० तोकेको हुनाले शेयर खरिदका लागि तोकिएको […]

स्वावलम्बन लघुवित्तको १ लाख संस्थापक शेयर आजदेखि लिलामीमा

काठमाडौं, ६ असार । नबिल बैंकको स्वामित्वमा रहेको स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक शेयर आज देखि लिलामी बिक्रि खुल्ला भएको छ । संस्थाले आजदेखि लिलामी विक्रिमा ल्याएको १ लाख ९० हजार ६५३ कित्ता शेयरमा असार १५ गतेसम्म बोलपत्र पेश गर्न सकिने जनाएको छ । कम्पनीले प्रतिकित्ता न्युनतम मूल्य रू. ७५० तोकेको हुनाले शेयर खरिदका […]

स्वावलम्बन लघुवित्तको संस्थापक सेयर बिक्रीमा, प्रति सेयर न्यूनतम मूल्य ७५१ मात्र

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूह अन्तर्गतको १,९०,६५० कित्ता सेयर बिक्री गर्ने भएको छ । संस्थाले जारी गरेको सूचना अनुसार उक्त संस्थापक सेयरको प्रति कित्ता न्यूनतम मूल्य ७ सय ५१ रुपैयाँ तोकिएको छ । संस्थापक सेयर बोलकबोलको माध्यमबाट न्यूनतम १०० कित्ता र अधिकतम सेयर संख्याको लागि कुनै हद नलाग्ने जनाइएको छ ।साथै, विद्यमान संस्थापकहरुलाई प्राथमिकता दिई यो लिलामको सूचना प्रकाशन गरी ३५ दिनको समय दिएको हुनाले संस्थापक सेयरधनीहरूलाई छुट्टै ३५ दिनको सूचना प्रकाशित

वित्तीय संस्थाद्वारा मृत्युदाबी रकम प्रदान

ताप्लेजुङस्थित स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले मृत्यु भएका आफ्ना सदस्यका आफन्तलाई मृत्युदाबी रकम भुक्तानी गरेको छ ।