स्वावलम्बन लघुवित्तको २२औँ वार्षिकोत्सव समारोह सम्पन्न

स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको २२औँ वार्षिकोत्सव सम्पन्न भएको छ । महिला, बालबालिका तथा ज्येष्ठ

सम्बन्धित सामग्री

स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको २२औं वार्षिकोत्सव समारोह

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको २२औं वार्षिकोत्सव सम्पन्न भएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीको प्रमुख आतिथ्यमा वार्षिकोत्सव सम्पन्न भएको हो । सो अवसरमा संस्थाले देशका विभिन्न स्थानमा विविध कार्यक्रम आयोजना गरेको थियो । संस्थाले वार्षिकोत्सवको अवसरमा विभिन्न स्थानमा वित्तीय साक्षरता, स्वास्थ्य शिविर, समुदाय विकास, वातावरण संरक्षण लगायत सामाजिक कार्य गरिएको बताएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री चौधरीले स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले उत्कृष्ट वित्तीय संस्थाको रूपमा लघुवित्त सेवा दिइरहेको भन्दै आगामी दिनमा थप ऊर्जाका साथ काममा लाग्न आग्रह गरिन । सांसद तथा लघुवित्त अभियन्ता लीलानाथ श्रेष्ठले गरीबी न्यूनीकरणमा लघुवित्तको भूमिका प्रभावकारी रहेको बताए । त्यस्तै सांसद तथा लघुवित्त अभियन्ता योगेन्द्र मण्डलले लघुवित्तको मर्म र उद्देश्य अनुरूप चल्न सके संस्थाको उद्देश्य सार्थक हुने बताए । नेपाल राष्ट्र बैंकका सञ्चालक चिन्तामणि सिवाकोटीले लघुवित्तले मुलुकको गरीबी निवारणमा पुर्‍याएको योगदानलाई कम आकलन गर्न नमिल्ने बताए । संस्थाको सञ्चालक समितिका अध्यक्ष डा. सुमित्रा मानन्धर गुरुङले लघुवित्त गरीबी निवारणको उपयुक्त माध्यम भएकाले यसको स्वस्थ विकास र विस्तारमा जोड दिनुपर्ने बताइन् ।