माघ १० गतेदेखि संस्थापक शेयर विक्री गर्दै स्वावलम्बन लघुवित्त

काठमाडौं (अस) । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले माघ १० गतेदेखि १ लाख ५९ हजार कित्ता संस्थापक शेयर विक्रीमा ल्याउँदै छ ।  कम्पनीले प्रतिकित्ता रू. ५५५ अंकित मूल्य कायम गरी उक्त शेयर लिलामीमा ल्याउन लागेको हो । तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी यो शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापकहरू वा योग्य व्यक्ति तथा संघ-संस्थाहरूले माघ २४ गतेभित्र आवेदन पेश गर्नुपर्नेछ । शेयर खरीदका लागि बोलकबोल गर्दा न्यूनतम एक हजार कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतम कित्ताका लागि कुनै हद लाग्ने छैन ।  यो शेयर खरीदका लागि विक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडको कार्यालय नारायणचौर नक्साल, काठमाडौंमा पेश गर्नुपर्नेछ । तोकिएको अवधिभित्र प्राप्त बोलपत्र माघ २५ गते बिहान १० बजे खोलिने कार्यक्रम तय भएको छ ।

सम्बन्धित सामग्री

स्वावलम्बन लघुवित्त पनि अब एनपिएसमा आबद्ध

स्वावलम्बन लघुवित्त पनि अब नेशनल पेमेन्ट स्वीच (एनपिएस)मा आवद्ध भएको छ । कम्पनीले आफ्नो भुक्तानी सम्बन्धी कारोबारलाई नेपाल क्लियरिङ हाउसको भुक्तानी प्रणालीहरू प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने व्यवस्था लागू गर्न दुई संस्थाबीच सम्झौता भएको छ । सम्झौता पत्रमा स्वावलम्बन लघुवित्तका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत नरेन्द्र सिंह विष्ठ र एनसिएचएलका तर्फबाट संस्थाका प्रमुख […]

स्वावलम्बन लघुवित्त पनि एनपीएसमा आबद्ध

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो भुक्तानी सम्बन्धी कारोबारहरूलाई नेपाल क्लियरिङ्ग हाउसको भुक्तानी प्रणाली प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने व्यवस्था लागू गर्न दुई संस्था बीच सम्झौता भएको छ । सम्झौता पत्रमा स्वावलम्बन लघुवित्तका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत नरेन्द्र सिंह विष्ट र एनसीएचएलका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह […]

स्वावलम्बन लघुवित्तको २१.०५ प्रतिशत लाभांश पारित

स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई १५ प्रतिशत बोनस र ६.०५ प्रतिशत नगद (कर प्रयोजनार्थसहित) गरी २१.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । सञ्चालक समितिकी अध्यक्ष डा. सुमित्रा मानन्धर गुरुङको...

स्वावलम्बन लघुवित्तको वार्षिक साधारणसभा सम्पन्न

स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको २१ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ।

स्वाबलम्बन लघुवित्तको २२औं वाषिर्कोत्सव

८ माघ, काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको २२ औं वाषिर्कोत्सव काठमाडौंमा सम्पन्न भएको छ । समारोहको उद्घाटन गर्दै महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले लघुवित्त वित्तीय संस्थाले उत्कृष्ट वित्तीय संस्थाको रुपमा सदस्यलाई सेवा पुर्‍याएको  भन्दै शुभकामना व्यक्त गरिन् । लघुवित्तले सदस्य तथा विपन्न परिवारको आर्थिक सामाजिक अवस्थालाई सुधार गरेका प्रसस्त उदाहरण हुँदा […]

स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको २२औं वार्षिकोत्सव समारोह

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको २२औं वार्षिकोत्सव सम्पन्न भएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीको प्रमुख आतिथ्यमा वार्षिकोत्सव सम्पन्न भएको हो । सो अवसरमा संस्थाले देशका विभिन्न स्थानमा विविध कार्यक्रम आयोजना गरेको थियो । संस्थाले वार्षिकोत्सवको अवसरमा विभिन्न स्थानमा वित्तीय साक्षरता, स्वास्थ्य शिविर, समुदाय विकास, वातावरण संरक्षण लगायत सामाजिक कार्य गरिएको बताएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री चौधरीले स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले उत्कृष्ट वित्तीय संस्थाको रूपमा लघुवित्त सेवा दिइरहेको भन्दै आगामी दिनमा थप ऊर्जाका साथ काममा लाग्न आग्रह गरिन । सांसद तथा लघुवित्त अभियन्ता लीलानाथ श्रेष्ठले गरीबी न्यूनीकरणमा लघुवित्तको भूमिका प्रभावकारी रहेको बताए । त्यस्तै सांसद तथा लघुवित्त अभियन्ता योगेन्द्र मण्डलले लघुवित्तको मर्म र उद्देश्य अनुरूप चल्न सके संस्थाको उद्देश्य सार्थक हुने बताए । नेपाल राष्ट्र बैंकका सञ्चालक चिन्तामणि सिवाकोटीले लघुवित्तले मुलुकको गरीबी निवारणमा पुर्‍याएको योगदानलाई कम आकलन गर्न नमिल्ने बताए । संस्थाको सञ्चालक समितिका अध्यक्ष डा. सुमित्रा मानन्धर गुरुङले लघुवित्त गरीबी निवारणको उपयुक्त माध्यम भएकाले यसको स्वस्थ विकास र विस्तारमा जोड दिनुपर्ने बताइन् ।

स्वावलम्बन लघुवित्तको लाभांश घोषणा

२८ पुस, काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले २१.०५ प्रतिशत लाभांश दिने भएको छ । २७ पुस बुधबार बसेको सञ्चालक समितिकेा बैंठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफबाट सेयरधनीलाई उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । लघुवित्तले हाल काय चुक्ता पूँजी १ अर्ब १२ करोड २१ लाख ७० हजारको १५ प्रतिशतले हुने आउने १६ करोड […]

स्वावलम्बन लघुवित्तको २५ प्रतिशत लाभांश प्रस्ताव पारित

स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको २०औं वार्षिक साधारणसभासम्पन्न भएको छ । सभाले सेयरधनीलाई १९ प्रतिशत बोनस र ६ प्रतिशत नगद गरी २५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।वित्तीय संस्थाले आर्थिक वर्ष २०७७-०७८ मा ६८ करोड ६२ लाख ५१ हजार ५ सय ७१ रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । साधारण सभाले […]

स्वावलम्बन लघुवित्तको सभा

स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको २०औं वार्षिक साधारण सभा सम्पन्न भएको छ।

स्वावलम्बन लघुवित्त र नागरिक लगानी कोषको बोनस शेयर सूचीकृत

भदौ १६, काठमाडौं । दुई ओटा अलग - अलग कम्पनीको बोनस शेयर बुधवार नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा सूचीकृत भएको छ ।  नागरिक लगानी कोषको २७ लाख कित्ता बोनस शेयर र स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको १५ लाख ६ हजार ६ दशमलव १५ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।  अव ती दुबै कम्पनीको बोनस शेयर हितग्राही खातामा आएपछि लगानीकर्ताले खरीदविक्री गर्न सक्नेछन् ।  स्वावलम्बन लघुवित्तले गत चैत ११ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १९ दशमलव ००५६ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो । त्यसैगरी नागरिक लगानी कोषले असार १८ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ९ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।