मकवानपुरको थाहा नगरपालिका–३ भञ्ज्याङ कालीखोलामा बिहीबार राति भ्यान दुर्घटनामा हुँदा चालक सहित १५ जना घाइते भएका छन् । घाइते भएका मध्य ३ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । गम्भीर घाइते भएका मकवानपुरको दम्की बस्ने बाबुराम उप्रेती, सोही स्थानमा तोप बहादुर ल्हो र सुशील उप्रेतीसहित १३ जनालाई उपचारका लागि काठमाडौंको स्वयम्भु स्थित मनमोहन अस्पताल पठाइएको छ । अन्य २ जना घाइतेको प्राथमिक स्वास्थ्य केन्द्र पालुङमा उपचार भइरहेको छ । डाँडाबासबाट पालुङ तर्फ आउँदै गरेको प्रदेश