निर्वाचनअघि प्रहरीले राजीनामा दिन नपाउने

काठमाडौं : नेपाल प्रहरी र सशस्त्र प्रहरी बल (एपीएफ)का कर्मचारीलाई प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सम्पन्न नभएसम्मका लागि राजीनामा दिन रोक लगाइएको छ। प्रतिनिधि र प्रदेशसभा निर्वाचनसम्मका लागि मातहत सबै दर्जाका कर्मचारीलाई राजीनामा दिन रोक लगाएको दुवै सुरक्षा निकायले जनाएका छन्।विशेषगरी तल्लो तहका कर्मचारी स्वेच्छिक अवकाशमा जाने क्रम बढेपछि दुवै सुरक्षा निकायले यस्तो नीति अपनाएका हुन्।अहिले कार्यरत जनशक्तिबाट मात्रै चुनावको सुरक्षा व्यवस्थापन गर्न अपुग हुने भन्दै प्रहरी प्रधान कार्यालयले एक

सम्बन्धित सामग्री

महतो र गुरुङले सांसदका रूपमा काम गर्न नपाउने

काठमाडौ, पुस ९ । प्रतिनिधि सभाका नवनिर्वाचित सदस्यद्वय टेकबहादुर गुरुङ र लक्ष्मी महतो कोइरीले सदस्यका रूपमा काजकाज गर्न नपाउने भएका छन् । सदस्यका रूपमा शपथ लिएको भोलिपल्टै अख्तियार दुरुपयोग अनुसन्धान आयोग र नेपाल प्रहरीले मुद्दाका विषयमा सङ्घीय संसदमा पत्राचार गरेको हो । सम्बन्धित निकायको पत्राचारसँगै दुवैले सदस्यका रूपमा कामकाज गर्न पाउने छैनन् । यस्तै सदस्यका […]

महतो र गुरुङले सांसदका रूपमा काम गर्न नपाउने

काठमाडौं । प्रतिनिधि सभाका नवनिर्वाचित सदस्यद्वय टेकबहादुर गुरुङ र लक्ष्मी महतो कोइरीले सदस्यका रूपमा काजकाज गर्न नपाउने भएका छन् । सदस्यका रूपमा शपथ लिएको भोलिपल्टै अख्तियार दुरुपयोग अनुसन्धान आयोग र नेपाल प्रहरीले मुद्दाका विषयमा सङ्घीय संसद्मा पत्राचार गरेको हो । सम्बन्धित निकायको पत्राचारसँगै दुवैले सदस्यका रूपमा कामकाज गर्न पाउने छैनन् । यस्तै सदस्यका रूपमा पाउने […]

म्यादी प्रहरीले टिकटक बनाउन नपाउने

लमजुङ– प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि खटिने म्यादी प्रहरीले टिकटक बनाउन नपाउने भएका छन् । सुरक्षामा खटिने क्रममा पोसाकको दुरुपयोग गरी सामाजिक सञ्जालमा भिडियो, तस्बिर राख्ने र प्रहरीको पोसाक अन्य व्यक्तिले लगाएर टिकटक बनाएमा कारबाही गरिने लमजुङका डीएसपी प्रकाश श्रीमलले बताए । जिल्लामा एक हजार ९७ म्यादी प्रहरी निर्वाचनका लागि सुरक्षामा खटिने छन् । […]

सगरमाथा क्षेत्रमा पर्यटक एक्लै हिँडडुल गर्न नपाउने

सोलुखुम्बु : सगरमाथा क्षेत्रमा पर्यटकहरू एक्लै हिँडडुल गर्न नपाउने भएका छन्। विभिन्न देशबाट सगरमाथा क्षेत्र घुम्न आउने पर्यटकहरू एक्लै  भ्रमणमा निस्किने भएकाले हिँडडुलमा कडाई गरिएको प्रहरीले जनाएको छ।जेठ ५ गते  खुम्बु क्षेत्रको भ्रमणमा आएका २ जना विदेशी पर्यटक बेपत्ता भएसँगै विदेशी पर्यटक बेपत्ता हुने क्रम बढेकाले यस्तो नियम कडाईका साथ लागू गरिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी प्रमुख तथा प्रहरी नायव उपरीक्षक सुनिलजंग शाहले बताए।उच्च हिमाली क्षेत्रम

एयरपोर्टको ड्युटीमा खटिएका प्रहरीले मोबाइल चलाउन नपाउने

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरीले मोबाइल बोक्न नपाउने भएका छन्। महानगरीय प्रहरी विमानस्थल सुरक्षा कार्यालयले ड्युटीमा खटिने प्रहरीलाई ड्युटी समयमा मोबाइल बोक्न निषेध गरेको हो।कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भीमप्रसाद ढकालले विमानस्थलको सुरक्षा, ड्युटी समयमा अनावश्यक मोबाइलको प्रयोग तथा अनावश्यक फोन कलले कर्मचारीको काममा पर्ने असरलाई मध्येनजर गर्दै यो नियम लागू गरिएको जानकारी दिए।'अत्यावश्यक परेको खण्डमा आफ्नो कमान्डरमार्फत फोनको सुविधा मिलाए

त्रिभुवन विमानस्थलमा खटिने प्रहरीले मोबाइल बोक्न नपाउने

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा प्रहरीले मोबाइल बोक्न नपाउने भएका छन् ।  महानगरीय प्रहरी विमानस्थल सुरक्षा कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भीमप्रसाद ढकालका अनुसार विमास्थलमा मोबाइलले गर्दा प्रहरीको ध्यान सुरक्षामा कम भएका कारणले बोक्न प्रतिबन्ध लगाएको बताए। ‘डियुटीमा खटिने प्रहरीले त्यो दिनको आफ्नो कमान्डरलाई मोबाइल बुझाएर जान्छन्,’ एसएसपी ढकालले लोकान्तरसँग भने,‘केहि अर्जेन्ट परेको खण्डमा कमान्डरले जानकारी गराउँछ ।’ ३ हप्ता अगाडिदेखि विमानस्थलमा खटिएका अध्यागमनका कर्मचारील...

प्रहरीले अब विभूषण र तक्मा बापत अंक नपाउने !

कार्यसम्पादन मूल्यांकनमा अंक जोडिने भएकाले विभूषण लिन अस्वस्थ प्रतिष्पर्धा बढेको निष्कर्षसहित प्रहरी प्रधान कार्यालयले विभूषण वापतको अंक खारेज गर्ने प्रस्ताव गृह मन्त्रालयमा लगेको थियो ।

निषेधाज्ञाबीच बागलुङमा लोकसेवाको परीक्षा, प्रहरीले सहजीकरण गर्ने

पर्वत : कडाइका साथ निषेधाज्ञा जारी रहेको बागलुङ बजारमा शनिबार लोकसेवा आयोगको परीक्षा सञ्चालन हुँदै छ।प्रशासनले तोकेका बाहेक सवारी र हिँडडुल गर्न नपाउने अवस्थामा पनि उक्त परीक्षामा सहभागी हुन जाने परीक्षार्थीलाई भने प्रहरीले सहजीकरण गर्ने भएको छ।निषेधाज्ञा भएका कारण बागलुङ प्रवेश गर्न तथा हिँडडुल गर्न नै समस्या हुन सक्ने भएकाले परीक्षार्थीहरू अलमलमा परेकै बेलामा जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक कृष्णबहादुर पल्ली मगरले प्रवेश पत्रका आधारमा उनीहरूलाई सहजीकरण गर्ने बताएका छन्।स

अस्पतालमा बेड नपाउने अवस्था आएपछि प्रहरीले हरेक कार्यालयमा आइसोलेसन वार्ड बनाउने

कोरोना भाइरसको दोस्रो लहर (भेरियन्ट)सँगै फैलिएको संक्रमणलाई मध्यनजर गरेर प्रहरीले हरेक कार्यालयमा अनिवार्य आइसोलेसनको व्यवस्था गर्नु पर्ने निर्देश दिएको छ । प्रहरी प्रधान कार्यालयले मातहतका प्रहरी कार्यालयलाई पर्याप्त सावधानी अपनाउन र कार्यालय भित्र आइसोलेसन बनाउन निर्देशन दिएको हो ।  पछिल्लो समयमा संक्रमण फैलिएपछि अस्पतालहरुमा पनि विरामीको चाप भएको र आगामी दिनमा त्यसको अवस्थालाई मध्यनजर गरेर प्रत्येक कार्यालयले आइसोलेसन निमार्ण गर्ने निर्देशन दिएको प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बसन्त कुँवरले बताए । &...