निषेधाज्ञाबीच बागलुङमा लोकसेवाको परीक्षा, प्रहरीले सहजीकरण गर्ने

पर्वत : कडाइका साथ निषेधाज्ञा जारी रहेको बागलुङ बजारमा शनिबार लोकसेवा आयोगको परीक्षा सञ्चालन हुँदै छ।प्रशासनले तोकेका बाहेक सवारी र हिँडडुल गर्न नपाउने अवस्थामा पनि उक्त परीक्षामा सहभागी हुन जाने परीक्षार्थीलाई भने प्रहरीले सहजीकरण गर्ने भएको छ।निषेधाज्ञा भएका कारण बागलुङ प्रवेश गर्न तथा हिँडडुल गर्न नै समस्या हुन सक्ने भएकाले परीक्षार्थीहरू अलमलमा परेकै बेलामा जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक कृष्णबहादुर पल्ली मगरले प्रवेश पत्रका आधारमा उनीहरूलाई सहजीकरण गर्ने बताएका छन्।स