अस्पतालमा बेड नपाउने अवस्था आएपछि प्रहरीले हरेक कार्यालयमा आइसोलेसन वार्ड बनाउने

कोरोना भाइरसको दोस्रो लहर (भेरियन्ट)सँगै फैलिएको संक्रमणलाई मध्यनजर गरेर प्रहरीले हरेक कार्यालयमा अनिवार्य आइसोलेसनको व्यवस्था गर्नु पर्ने निर्देश दिएको छ । प्रहरी प्रधान कार्यालयले मातहतका प्रहरी कार्यालयलाई पर्याप्त सावधानी अपनाउन र कार्यालय भित्र आइसोलेसन बनाउन निर्देशन दिएको हो ।  पछिल्लो समयमा संक्रमण फैलिएपछि अस्पतालहरुमा पनि विरामीको चाप भएको र आगामी दिनमा त्यसको अवस्थालाई मध्यनजर गरेर प्रत्येक कार्यालयले आइसोलेसन निमार्ण गर्ने निर्देशन दिएको प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बसन्त कुँवरले बताए । &...