काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ड्युटीको समयमा खटिने प्रहरीले मोबाइल बोक्न नपाउने भएका छन्।
विमानस्थल प्रहरीले केही दिनदेखि ड्युटीको समयमा कुनै पनि प्रहरीलाई अफिसियल मोबाइलबाहेक निजी मोबाइल बोक्न रोक लगाएको विमानस्थल प्रहरी प्रमुख एसएसपी भीमप्रसाद ढकालले जानकारी दिए।
ड्युटीको समयमा मोबाइल फोन बोक्दा फेसबुक तथा अन्य सोसल मिडियामा समय खर्चेको देखिएपछि काममा 'फोकस' गराउन…