नेकपा एसको निर्णय- जसपासहित सबै वामपन्थी दलबीच एकताको पहल गर्ने

नेकपा एकीकृत समाजवादीले जनता समाजवादी पार्टी नेपालसहित सबै वामपन्थी दलबीच एकताका लागि पहल गर्ने निर्णय गरेको छ ।

सम्बन्धित सामग्री

वामपन्थी एकता अपरिहार्य : झलनाथ खनाल

काठमाडौँ- नेकपा (एकीकृत समाजवादी) पार्टीका सम्मानित नेता झलनाथ खनालले सबै वामपन्थी शक्ति एकताबद्ध भएर वैकल्पिक शक्ति निर्माण गर्नुपर्ने बताएका छन् । चार दलले समाजवादी मोर्चा घोषणा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै खनालले अब मोर्चाले देशमा रहेका सबै क्रान्तिकारी शक्तिलाई एक ठाउँमा ल्याउन पहल गर्नुपर्ने धारणा राखे । वि...

बृहत बाम एकताका लागि माओवादीले बनायो कार्यदल

२३ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रले वामपन्थी एकताको लागि पाँच सदस्यीय कार्यदल बनाएको छ । एउटै चुनाव चिह्नमा चुनाव लडेका नेपाल समाजवादी पार्टी (नेसपा) र माओवादीबीच पार्टी एकताको पहल भइरहेको छ । साथसाथै नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले पनि ‘विचार मिल्नेहरुसँग पार्टी एकता गर्न’ भन्दै कार्यदल बनाएको छ । यही बेला माओवादीले […]

वामपन्थी एकताको पहल गर्ने नेकपा एसको निर्णय

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीले वामपन्थी एकताको पहल गर्ने निर्णय गरेको छ । बैठकपछि प्रवक्ता जगन्नाथ खतिवडाले वामपन्थीहरुको बीचमा एकता र सहकार्य केन्द्र भागमा रहेर काम गर्ने निर्णय गरेको बताए । उनले भने, ‘हामी वामपन्थी एकताको पक्षमा छौँ। त्यसका लागि आवश्यक निर्णय र गृहकार्य गर्ने जिम्मा पोलिटब्यूरोले सचिवालयलाई दिएको छ ।’ जसपासहित सबै वामपन्थी […]

एकीकृत समाजवादीको बैठक : वामपन्थी शक्तिहरुबीच एकता गर्नुपर्नेमा जोड

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का पोलिटब्युरो सदस्यहरूले वामपन्थी शक्तिहरूका बीचमा एकता गर्नुपर्नेमा जोड दिएका छन् । सोमवारबाट सुरु भएको पार्टीको पोलिटब्युरो बैठकमा आफ्नो धारणा राख्दै पोलिटब्युरो सदस्यहरूले वामपन्थी शक्तिहरूका बीचमा एकता गर्नुपर्नेमा जोड दिएका

वामपन्थी सरकार बन्ने सम्भावना कति ?

काठमाडौं।राष्ट्रपतिले प्रधानमन्त्रीका लागि दाबी पेश गर्न आह्वान गरेसँगै दलहरु सरकार गठनको कसरतमा जुटेका छन्।सत्तागठबन्धनमा रहेको मुख्य दल काँग्रेसले आफ्नो नेतृत्वमा सरकार बनाउने निर्णय गर्दै छलफलमा जुटिसकेको छ।गठबन्धन भित्रका दलहरुले सरकार गठनलागि आ–आफ्नै ढंगले पहल गरिराखेको देखिन्छ।एमालेले पनि सरकार गठनमा सक्रियता देखाउन थालेको छ।अहिले चुनावी नतिजा हेर्दा एकले अर्कोसँग मिलेर जानुको विकल्प छैन।तर पनि दलहरू सहज रूपमा एक ठाउँमा आउने अवस्था

घनश्याम भुसाल रुपन्देही-१ बाट स्वतन्त्र लड्ने

काठमाडौं : नेता घनश्याम भुसालले सत्तारूढ गठबन्धनको समर्थनमा रुपन्देही क्षेत्र नं. १ बाट वाम स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन्।आइतबार बिहान निजी निवासमा पत्रकार सम्मेलन गरी नेता भुसालले वामपन्थी एकताको पहल गर्ने उद्देश्यका साथ प्रतिनिधिसभामा स्वतन्त्र उम्मेदवारी दिन लागेको बताएका हुन्। नेता भुसालले आफूलाई सत्तारूढ गठबन्धनका दलहरुले समर्थन गर्ने प्रतिबद्धता जनाएको पनि बताए। उनले आफूलाई नेकपा (माओवादी केन्द्र) ले आफ्नो चुनाव चिन्हबाट उम्मेदवारी दिन आग्रह गरेको भए पनि आफूले स्वतन्त्रबाट नै उ

उखु किसानको ४१ करोड बक्यौता उठाइदिन सरकारसँग किसान संगठनहरूको आग्रह

उखु किसानले वर्षौँदेखि पाउन बाँकी रहेको ४१ करोड रुपैयाँ बक्यौता असुलीका लागि सरकारीस्तरबाटै पहल गरिदिन ६ वामपन्थी दलनिकट किसान संगठनले आग्रह गरेका छन् । आइतबार संयुक्त रूपमा एक विज्ञप्ति जारी गर्दै...

एमसीसीविरुद्ध राजधानीमा अखिलको प्रदर्शन

काठमाडौं। मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)विरुद्ध विप्लव निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले प्रदर्शन गरेको छ। प्रदर्शनका क्रममा संगनठले एमसीसीसँगै सुगौली सन्धिलगायतका असमान सन्धी सम्झौताको विरुद्धमा पनि आवाज उठाएको छ। यसैगरी संगठनले माइतीघर मण्डलामा गरेको प्रर्दशनमा वैदेशिक हस्तपेपको विरुद्धमासमेत नाराबाजी गरेका थिए। उनीहरुले सम्पूर्ण वामपन्थी,प्रगतिशील,देशभक्त तथा जनगणतान्त्रिक विद्यार्थीहरु एकजुट हुनुपर्ने भन्दै लिपुलेक कालापानीजस्ता नेपाली भूमि कुटनीतिक पहल गरेर तत्काल फिर्ता ल्याउनुपर्ने बताए।

ओलीलाई गौतमको आग्रह– प्रचण्डसँग छलफल र नेपाल समूहलाई सम्मानपूर्ण व्यवहार गर्नुस्

एमाले नेता तथा पार्टी एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले वामपन्थी सरकारको निरन्तरताका लागि पहल गर्न प्रधानमन्त्री केपी ओलीलाई आग्रह गरेका छन् । मंगलबार एकता राष्ट्रिय अभियान कार्य सम्पादन समितिको...