काठमाडौं : नेता घनश्याम भुसालले सत्तारूढ गठबन्धनको समर्थनमा रुपन्देही क्षेत्र नं. १ बाट वाम स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन्।आइतबार बिहान निजी निवासमा पत्रकार सम्मेलन गरी नेता भुसालले वामपन्थी एकताको पहल गर्ने उद्देश्यका साथ प्रतिनिधिसभामा स्वतन्त्र उम्मेदवारी दिन लागेको बताएका हुन्। नेता भुसालले आफूलाई सत्तारूढ गठबन्धनका दलहरुले समर्थन गर्ने प्रतिबद्धता जनाएको पनि बताए। उनले आफूलाई नेकपा (माओवादी केन्द्र) ले आफ्नो चुनाव चिन्हबाट उम्मेदवारी दिन आग्रह गरेको भए पनि आफूले स्वतन्त्रबाट नै उ