काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले आफूहरुलाई प्रशंसाभन्दा पनि खबरदारी आवश्यक भएको बताएका छन्।चितवन जिल्ला भेलालाई सम्बोधन गर्दै उनले जनताको समस्या समाधान गर्न प्रतिबद्ध भएर लाग्नुपर्ने बताएका हुन्। ‘सञ्चारकर्मीको रुपमा ५-६ बर्ष काम गर्दा मैले जनताको समस्या बुझेको छु। तपाईंहरु समक्ष मैले बुँदागत रुपमा राखेको पनि छु। त्यो तपाईंहरुले सुरक्षित राख्नुहोला। साथीहरुलाई अनावश्यक रुपमा ताली नबजाउनुहोला। हामीलाई जोगाउन हामीले गलत काम गर्दा वा.. वा... भन्नुभयो भने तपा