निफ्राको शेयरमा लगातार तेस्रो दिन सकारात्मक सर्किट, १०० मा किनेको शेयरको मूल्य ४५२ पुग्यो

नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको शेयर दोस्रो बजारमा कारोबार शुरू भएको लगातार तेस्रो दिन पनि सकारात्मक सर्किट लागेको छ ।एकै दिनमा १० प्रतिशत बढेमा वा घटेमा सर्किट ब्रेक लाग्ने गर्छ । ३४० मा कारोवार शुरू भएको शेयरको मूल्य ३ दिनको बीचमा ४ सय ५२ पुगेको छ ।साताको तेस्रो दिन ४ सय ११ बाट शुरू भएको कारोबार ४ सय ५२ मा पुगेर ब्...

सम्बन्धित सामग्री

तीन दिन ओरालाे लागेकाे सेयर बजारमा चमक

काठमाडौ । लगातार तीन दिन ओरालाे लागेपछि मंगलबार नेप्से सूचक दोहोरो अंकले बढेको छ । यस दिन सूचक १२.७३ अंकले बढेर २०८८.७० विन्दुमा आएको छ । एउटा कम्पनीमा सकारात्मक सर्किट लाग्दा २ अर्ब ५७ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । यसअघि ३ दिनमा नेप्से सूचक ११०.३९ अंकले घटेको थियो । मंगलबार सूचक वृद्धि भए […] The post तीन दिन ओरालाे लागेकाे सेयर बजारमा चमक appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सेयर बजार सामान्य अंकले ओरालाे

काठमाडौ ।  सेयर बजारमा सोमबार झिनो अंकले ओरालाे लागेकाे छ । साेमबार नेप्से सूचक २.९४ अंकले घटेर २०९१.३९ विन्दुमा अडिएको छ । ४ अर्ब ७४ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ६ कम्पनीमा सकारात्मक सर्किट लागेको छ । लगातार ९ दिन बढेपछि नेप्सेमा सोमबार सामान्य करेक्सन आएको हो ।  त्यसो त नेप्सेले सोमबार इन्ट्रा […]

पर्ख र हेरको अवस्थामा लगानीकर्ता, २ अर्बमुनि झर्‍यो कारोबार रकम

काठमाडौं । लगातार चार दिन घटेपछि पाँचौं दिन बुधवार नेप्से परिसूचक ४ दशमलव ९७ अंक बढेर २ हजार ११६ दशमलव ६५ विन्दुमा पुगेको छ । दिनभरिको कारोबारलाई हेर्दा घटेको बजारमा खरीदकर्ता आए पनि अल्पकालीन कारोबारीले प्रोफिट बुक गरेका छन् । सोही कारण बजार माथि जान सकेन । छोटो समयमा बजार २० प्रतिशतभन्दा बढीले वृद्धि भएको थियो । प्रोफिट बुक गरिबसेका लगानीकर्ता अझै सस्तोमा शेयर खरीद गर्ने दाउमा बसेको देखिन्छ । बजार घट्न पनि सकेको छैन भने बढ्न पनि सकेको छैन ।  सोही कारण दिनदिनै कारोबार रकमसमेत घट्दै गएको छ ।  एकै दिन रू. ७ अर्ब बराबरको शेयर खरीदविक्री भएको बजारमा बुधवार रू. १ अर्ब ७६ करोडको मात्र कारोबार भएको छ । शेयर बजारमा लगानीकर्ताको मनोविज्ञानले असर पार्ने गर्दछ । पछिल्लो समय राजनीतिक अस्थिर रहेको छ । सोही कारण पनि लगानीकर्ता पर्ख र हेरको अवस्थामा रहेका छन् । यसो त वित्तीय प्रणालीमा तरलता सहज हुन थालेको छ । ब्याजदर घटेपछि शेयर बजारमा सकारात्मक प्रभाव पर्ने जानकारहरू बताउँछन् । यद्यपि लगानीकर्ताले लगानी गर्नुपूर्व कम्पनीको आधारभूत र प्राविधिक पक्ष राम्रोसँग केलाउनु जरुरी देखिन्छ ।  यस दिन कारोबारमा आएका २६१ धितोपत्रको ५० लाख २४ हजार ३८१ कित्ता ३६ हजार ८७९ पटकमा रू. १ अर्ब ७६ करोड बराबरको शेयर कारोबार भएको छ । कारोबारमा आएका धितोपत्रमध्ये आदर्श लघुवित्त वित्तीय संस्थाको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । कम्पनीको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशत वृद्धि भएर प्रतिकित्ता रू. १ हजार ७५३ दशमलव ६० पुगेको छ । त्यस्तै दोस्रोमा सिद्धार्थ इन्स्योरेन्स कम्पनीको शेयर मूल्य ८ दशमलव २८ प्रतिशत बढेर रू. ६८० पुगेको छ ।  बुधवार एनआईबिएल समृद्धि फण्ड २ को इकाई मूल्य सबैभन्दा बढी ३ दशमलव ७४ प्रतिशत घटेर रू. ७ दशमलव ४७ कायम भएको छ । त्यस्तै दोस्रोमा सगरमाथा इन्स्योरेन्स कम्पनीको शेयर मूल्य ३ दशमलव ७२ प्रतिशत घटेर रू. ७५० मा झरेको छ ।  बुधवार नेपाल बैंकको सर्वाधिक शेयर खरीदविक्री रू. ५ करोड ९३ लाख बराबर कारोबार भएको छ । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. २६९ कायम भएको छ । दोस्रोमा रिडी पावर कम्पनीको रू. ४ करोड ९२ लाख बराबरको कारोबार भएको छ । कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये व्यापार समूहको परिसूचक शून्य दशमलव १६ प्रतिशत, ‘अन्य’ समूहको शून्य दशमलव शून्य ८ प्रतिशत, म्युचुअल फण्ड समूहको शून्य दशमलव ३२ प्रतिशत, लघुवित्त समूहको शून्य दशमलव ३३ प्रतिशत र लगानी समूहको शून्य दशमलव ५४ प्रतिशत घटेको छ भने बाँकी सबै समूहको परिसूचक बढेको छ । सबैभन्दा बढी होटल तथा पर्यटन समूहको १ दशमलव ५६ प्रतिशत वृद्धि भएको छ ।

२१०० को मनोवैज्ञानिक विन्दुबाट पनि तल झर्‍यो नेप्से, सबै समूहगत परिसूचक राताम्मे

जेठ २०, काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रवार नेप्से परिसूचक ३३ दशमलव ७६ अंकले घटेर २ हजार ७८ दशमलव ७० विन्दुमा झरेको २ हजार ११३ दशमलव १३ विन्दुबाट खुलेको बजार यस दिन १ दशमलव ६० प्रतिशतले घटेको हो ।  यो दिन कारोबारमा आएका २२६ ओटा धितोपत्रको ३८ लाख ४८ हजार ५०८ कित्ता शेयर २६ हजार ६९३ पटकमा रू. १ अर्ब ३० करोड ७३ लाख ५९ हजार ५४१ बराबरको शेयर खरीदविक्री भएको छ ।  नेप्से परिसूचक लगातार पाँचौ दिन पनि घटेको छ । शेयर बजार निरन्तर घट्दै २ हजार १०० विन्दुभन्दा पनि तल आएको छ । यो विन्दु पछिल्लो डेढ वर्ष यताकै सबैभन्दा न्यून विन्दु हो । कारोबारमा आएका २२६ ओटा धितोपत्रमध्ये उपकार लघुवित्तको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशत वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. १ हजार ७५७ पुगेको हो ।  त्यसैगरी दोस्रोमा बलेफी हाइड्रोपावको शेयरमूल्य ९ दशमलव ९८ प्रतिशत बढेर रू. १६८ कायम भएको छ ।  शुक्रवार सबैभन्दा बढी किसान लघुवित्तको शेयरमूल्य ८ दशमलव ८५ प्रतिशत घटेको हो । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ९१८ मा झरेको छ ।  त्यसैगरी दोस्रोमा उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ४ दशमलव ६५ प्रतिशत घटेर रू. १ हजार २५ कायम भएको छ ।  सर्वाधिक शेयर खरीदविक्री एनआईसी एशिया बैंकको भएको हो । उक्त कम्पनीको रू. ६ करोड २३ लाख बराबरको शेयर खरीदविक्री भएको छ । त्यसैगरी दोस्रोमा नागरिक लगानी कोषको रू. ४ करोड २ लाख बराबरको भएको हो ।  कारोबारमा आएका १३ समूहगत परिसूचकमध्येसबै समूहको समूहगत परिसूचक घटेसँगै समग्र नेप्से परिसूचक घटेको हो । यस दिन व्यापार र नीर्जिवन बीमा उपसमूहका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । व्यापार समूहको परिसूचक २ दशमलव ५६ प्रतिशत र जीवन बीमा समूहको परिसूचक २ दशमलव ३४ प्रतिशतका दरले घटेसँगै सर्वाधिक गुमाएका हुन् ।   समूहगत परिसूचक घट्नेमा बैंकिङ समूहको १ दशमलव ६८ प्रतिशत, व्यापार समूहको २ दशमलव ५६ प्रतिशत, होटल एण्ड टुरिजम समूहको शून्य दशमलव ८६ प्रतिशत, विकास बैंक समूहको १ दशमलव ५५ प्रतिशत, हाइड्रोपावर समूहको १ दशलमव ३ प्रतिशत, वित्त समूहको १ दशमलव ३७ प्रतिशत, निर्जीवन बीमा समूहको १ दशमलव ९२ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहको १ दशमलव ७४ प्रतिशत, अन्य समूहको शून्य दशमलव ८१ प्रतिशत, लघुवित्त समूहको १ दशलमव ४४ प्रतिशत, जीवन बीमा समूहको २ दशमलव ३४ प्रतिशत, म्युचुअल फण्ड समूहको १ दशलमव ७४ प्रतिशत र लगानी समूहको १ दशमलव ९१ प्रतिशतका दरले घटेको हो ।

लगातार चौथो दिन पनि घट्यो नेप्से, कुल बजार पूँजीकरण ३० खर्बमा झर्‍यो

जेठ १९, काठमाडौं । साताको चौथो कारोबार दिन बिहीवार नेप्से परिसूचक १८ दशमलव २६ अंक घटेर बन्द भएको छ ।  यो दिन नेप्से परिसूचक २ हजार ११२ दशमलव ४७ विन्दुमा झरेको हो । यो दिन कारोबारमा आएका २२७ ओटा धितोपत्रको ३५ लाख ६६ हजार ८१९ कित्ता शेयर २१ हजार ८३३ पटकमा रू. १ अर्ब १६ करोड १५ लाख १४ हजार १६८ दशमलव ६६ बराबरको शेयर खरीदविक्री भएको छ ।  बजेट सार्वजनिक भएको लगातार चौथो दिन पनि नेप्से घटेको हो । कुल बजार पूँजीकरण रू. ३० खर्ब ७ अर्ब रहेको छ ।  कारोबारमा आएका २२७ ओटा धितोपत्रमध्ये बलेफी हाइड्रोपावर कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा ९ दशलमव ९७ प्रतिशत वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. १५३ दशमलव ३० पुगेको हो ।  त्यसैगरी दोस्रोमा माउन्टेन हाइड्रोपावर नेपालको शेयरमूल्य ४ दशमलव २० प्रतिशत बढेर रू. ३२० कायम भएको छ ।  बिहीवार सबैभन्दा बढी प्रभु लाइफ इन्स्योरेन्स कम्पनीको शेयरमूल्य ६ दशमलव ४७ प्रतिशत घटेको हो । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ४१५ मा झरेको छ ।  त्यसैगरी दोस्रोमा उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ४ दशमलव ८७ प्रतिशत घटेर रू. १ हजार ७५ कायम भएको छ । सर्वाधिक शेयर खरीदविक्री माउन्टेन हाइड्रो नेपालको भएको हो । कम्पनीको रू. १२ करोड १२ लाख बराबरको शेयर खरीदविक्री भएको छ ।  त्यसैगरी दोस्रोमा एनआईशी एशिया बैंकको रू. ६ करोड ५४ लाख बराबरको भएको हो । कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये म्युचुअल फण्ड समूह बाहेक सबै समूहको समूहगत परिसूचक घटेसँगै समग्र नेप्से परिसूचक घटेको हो । म्युचुअल फण्ड समूहको परिसूचक शून्य दशलमव १४ प्रतिशत वृद्धि भएको छ । समूहगत परिसूचक घट्नेमा बैंकिङ समूहको शून्य दशमलव ७५ प्रतिशत, विकास बैंक समूहको शून्य दशमलव ५२ प्रतिशत, वित्त समूहको शून्य दशमलव ३६ प्रतिशत, होटल एण्ड टुरिजम समूहको शून्य दशमलव ४९ प्रतिशत, हाइड्रोपावर समूहको शून्य दशलमव ५५ प्रतिशत, लगानी समूहको शून्य दशमलव ५२ प्रतिशत, जीवन बीमा समूहको १ दशमलव ४३ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहको शून्य दशमलव ८१ प्रतिशत, लघुवित्त समूहको शून्य दशलमव ६७ प्रतिशत, निर्जीवन बीमा समूहको १ दशमलव ५६ प्रतिशत, अन्य समूहको १ दशमलव ५६ प्रतिशत र व्यापार समूहको समूहगत परिसूचक २ दशलमव ६० प्रतिशतका दरले घटेको हो ।

चुनावको प्रभाब पूँजीबजारमा, बढ्ने क्रमले लगातार तेस्रो दिन पनि पायो निरन्तरता

वैशाख २७, काठमाडौं । गत साता लगातार ४ कारोबार दिन ओरालो लागेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक यो साताको तेस्रो कारोबार दिन आज (मंगलवार) ४४ दशमलव १६ अंक बढेर बन्द भएको छ । गत कारोबार दिनको तुलनामा परिसूूचक १ दशमलव ९५ प्रतिशतले वृद्धि भएर २ हजार ३१३ विन्दुमा बन्द भएको हो । यो साताको पहिलो कारोबार दिन आइतवार र दोस्रो कारोबार दिन लगातार परिसूूचक बढेको थियो ।  आज कारोबारमा आएका २२६ धितोपत्रको २६ हजार ५६५ पटकको कारोबारमा ३३ लाख ३० हजार १५० कित्ता १ अर्ब ३५ करोड रुपैयाँमा खरीदविक्री भएको हो । कारोबारमा आएका धितोपत्रमध्ये सर्वाधिक शेयरमूल्य बढेर चार ओटा कम्पनीमा सकारात्मक सर्किट लागेको छ । शेयरमूल्यमा सर्किट लाग्नेमा बरुण हाइड्रोपावर, ङादी ग्रुप पावर, जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था र यूनिभर्सल पावर कम्पनी रहेका छन् । बरुण, ङादी ग्रुप पावर र जाल्पा लघुवित्तको शेयरमूल्य १० प्रतिशत वृद्धि भएको छ भने यूनिभर्सल पावरको शेयर मूल्य ९ दशमलव ९७ प्रतिशत वृद्धि भएको छ ।  आज सर्वाधिक शेयर खरीदविक्री ङादी ग्रुप पावरको भएको छ । यो कम्पनीको ९ करोड ९८ लाख रुपैयाँको शेयर खरीदविक्री भएको छ । त्यस्तै सर्वाधिक शेयर कारोबार हुने दोस्रोमा अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको ४ करोड २५ लाख र तेस्रोमा नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको ३ करोड ८२ लाखको भएको छ ।  स्थानीय निर्वाचनका कारण बैंक तथा वित्तीय संस्थामा तरलता सहज हुन थालेसँगै शेयर बजारमा सकारात्मक संकेत देखिन थालेको छ । यो साताको पहिलो कारोबार दिनदेखि नै शेयर बजारमा सकारात्मक संकेत देखिन थालेको हो । यसअघि बजार निरन्तर ओरालो लाग्दा कतिपय लगानीकर्ताहरु आफूसँग भएका धितोपत्रहरू घाटा खाएरै सस्तो मूल्य बेच्न बाध्य भएका थिए । तर, जेठदेखि ऋणको ब्याजदर बढ्ने हल्ला चलाइएको हुँदा आगामी कारोबार दिनमा परिसूचक यही रफ्तारमा उकालो लाग्नेमा कतिपय लगानीकर्ता अन्योलमा छन् । आज कारोबारमा आएका १३ ओटै समूहको उपसूचक बढेको छ । सर्वाधिक उपसूचक वृद्धि हुनेमा हाइड्रोपावर समूह रहेको छ । यो समूहको परिसूचक ३ दशमलव ८० प्रतिशत बढेको छ ।

बेष्ट फाइनान्सको शेयरमूल्यमा सकारात्मक सर्किट, प्रतिकित्ता मूल्य ५३३.७० पुग्यो

कात्तिक ९, काठमाडौं । मंगलवार बजार खुलेको १० मिनेटम बेष्ट फाइनान्सको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशत वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ५३३ दशमलव ७० पुगेको छ । कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयरमूल्य बढेको हो । कम्पनीको शेयरमूल्यमा आइतवारदेखि मंगलवारसम्म लगातार तीन दिन सकारात्मक सर्किट लागेको हो ।