बेष्ट फाइनान्सको शेयरमूल्यमा सकारात्मक सर्किट, प्रतिकित्ता मूल्य ५३३.७० पुग्यो

कात्तिक ९, काठमाडौं । मंगलवार बजार खुलेको १० मिनेटम बेष्ट फाइनान्सको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशत वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ५३३ दशमलव ७० पुगेको छ । कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयरमूल्य बढेको हो । कम्पनीको शेयरमूल्यमा आइतवारदेखि मंगलवारसम्म लगातार तीन दिन सकारात्मक सर्किट लागेको हो ।

सम्बन्धित सामग्री

शेयर बजारमा हरियाली, २ कम्पनीको शेयर कारोबारमा लाग्यो सकारात्मक सर्किट

शेयर बजारमा सोमवार हरियाली छाएको छ । बजार खुलेको डेढ घन्टामै नेप्से परिसूचक ६४ अंकले बढेको छ । यतिखेर शेयर बजार २६४८.६१ विन्दुमा पुगेको छ ।  ठूला कम्पनीहरूको शेयर मापक सेन्सेटिभ इन्डेक्स १०.४८ अंकले बढ्दै ५०१.४५ विन्दुमा पुगेको छ । समाचार तयार पार्दासम्म कुल २ सय १३ कम्पनीको २९ लाख ७९ हजार ८१७ कित्ता शेयर १ अर्ब ५६ करोड ४ लाख ३८ हजार ८५९ रुपैयाँ बराबरमा किनबेच भएको छ । बजार खुलेको डेढ घन्टासम्ममा सबै समूहका सूचकहरू बढेका छन् ।  यस समयमा युनियन हाइड्रोपावर लिमिटेड र बेष्ट फाइनान्स कम्पन...