१० रुपैयाँ नाफा पनि बुक गरिहाल्ने प्रवृत्तिले चुनाव अघि रातो भयो शेयर बजार, अब ४ दिनपछि खुल्ने

वैशाख २९, काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीवार नेप्से परिसूचक १८ दशलम ६४ अंकले घटेको छ । नेप्से १८ अंकले घटेसँगै परिसूचक २ हजार ३५० दशमलव ४२ विन्दुमा पुगेको छ ।  लगातार ४ दिन बजार बढ्दा किनेको मूल्यमा ८/१० रुपैयाँसम्म नाफा भएको थियो । ट्रेडरहरू हावी भएको बजारमा १० रुपैयाँ मात्रै नाफा हुँदा पनि बुक गर्ने प्रवृत्तिले बजार घटेको एक लगानीकर्ताले बताए । यस अवधिमा कारोबारमा आएका २२८ ओटा धितोपत्रको ५२ लाख २७ हजार ३५९ कित्ता शेयरको ४० हजार २३ पटकमा रू. २ अर्ब ३२ करोड ८४ लाख ३४ हजार २७२ बराबरको शेयर खरीदविक्री भएको हो ।  लगातार चार दिन बढेको बजारमा बिहीवार लगानीकर्ताले प्रोफिट बुक गरेसँगै नेप्से परिसूक घटेको हो । पछिल्लो समय लगानीकर्ताहरुले थोरै प्रोफिट हुने वित्तिकै प्रोफिट बु्क गर्न थालेका छन् । पछिल्लो २ महीनाको अवधिमा बजार केही माथी जाने वित्तिकै प्रोफिट बुक गर्ने प्रवृत्ती बढेको छ । सोही कारण पनि बजार केही बढ्ने वित्तिकै सामान्य करेक्सन आएको पाइन्छ । कारोबार रकम भने अघिल्लो कारोबार दिनको तुनलामा बढेको छ । बुधवार रू. २ अर्ब १६ करोड बराबरको शेयर किनबेच भएको थियो ।  कारोबारका आएका २२८ ओटा धितोपत्रमध्ये जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा  १० प्रतिशत वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. २ हजार ४४८ दशमलव ६० पुगेको हो ।  त्यसैगरी दोस्रोमा तेह्रथुम पावर कम्पनीको शेयरमूल्य ६ दशमलव २० प्रतिशत वृद्धि भएर रू. ५१४ पुगेको छ । बिहीवार सबैभन्दा बढी सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको शेयरधनीले सर्वाधिक गुमाएका छन् । कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशत घटेसँगै सर्वाधिक गुमाएका हुन् ।  कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. १ हजार २३६ दशमलव १० मा झरेको हो । त्यसैगरी दोस्रोमा प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको शेयरमूल्य ७ दशमलव ६३ प्रतिशत घटेर रू. ५६९ कायम भएको छ ।  बिहीवार सर्वाधिक शेयर खरीदविक्री शिवम् सिमेण्टको भएको हो । कम्पनीको रू. ११ करोड १० लाख बराबरको शेयर खरीदविक्री भएको छ । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ९१५ कायम भएको हो । त्यसैगरी सर्वाधिक शेयर खरीदविक्री हुने दोस्रोमा राधी विद्युत कम्पनीको रू. ८ करोड १० लाख बराबरको शेयर खरीद विक्री भएको हो ।  कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये  उत्पादन  तथा प्रशोधन समूहको १ दशमलव ४६ प्रतिशत र अन्य समूहको परिसूचक शून्य दशमलव ४१ प्रतिशत वृद्धि भएको हो भने बाँकी सबै समूहगत परिसूचक घटेको छ ।  समूहगत परिसूचक घट्नेमा बैंकिङ समूहको परिसूचक शून्य दशमलव ११ प्रतिशत, विकास बैंक समूहको २ दशमलव १४ प्रतिशत, वित्त समूहको शून्य दशमलव ५६ प्रतिशत, होटल एण्ड टुरिजम समूहको १ दशमलव १५ प्रतिशत, हाइड्रोपावर समूहको १ दशमलव ९५ प्रतिशत, लगानी समूहको १ दशमलव ७६ प्रतिशत, जीवन बीमा समूहको २ दशमलव १२ प्रतिशत, लघुवित्त समूहको १ दशमव ५३ प्रतिशत, म्युचुअल फण्ड समूहको १ दशमलव १६ प्रतिशत, निर्जीवन बीमा समूहको शून्य दशमलव ८० प्रतिशत र व्यापार समूहको परिसूचक १ दशमलव ४१ प्रतिशतका दरले घटेको हो । 

सम्बन्धित सामग्री

आज शेयर बजार राताम्मे

काठमाडौं– शेयर बजार आज उच्च अंकले घटेर राताम्मे भएको छ । शेयर बजार परिसूचक नेप्से आज ३१ दशमलव ५२ अंकले घटेर दुई हजार १३ दशमलव ९३ विन्दुमा झरेको छ । यस्तै सबै समूहको शेयर घटेकोमा फाइनान्स, होटल, जलविद्युत्, बीमा र उत्पादन समूहको शेयर उच्च अंकले ओरालो लागेको छ । आज सबैभन्दा धेरै मोलुङ हाइड्रोपावर कम्पनीको […]

आज फेरि घट्यो शेयर बजार

आज शेयर बजार घटेको छ । बैकिङबाहेक सबै समूहको शेयर घटेकोमा जीवन बीमा, उत्पादन र फाइनान्स समूहको शेयर उच्च अंकले ओरालो लागेको छ । हिजो/अस्ति सोमबार सामान्य सुधार भएको शेयर बजार आज पाँच दशमलव ८९ अंकले घटेर एक हजार आठ सय ६७ दशमलव २२ अंकमा झरेको छ । बजार घटेको दिन दुई सय ५२ वटा […]

शेयर बजार हरियो

काठमाडौं । साताको सुरुको दिन शेयर बजार नगन्य अंकले मात्र हरियो रहेर थामियो । उतार चढावबीच बजार परिसूचक नेप्से २ अंक बराबरले धनात्मक रहेर १९ सय ६३ कायम भएर थामियो । कारोबार पनि केही सुधारिएर डेढ अर्ब नाघ्यो । यस दिन ९ वटा समूह हरियो रहँदा ४ वटा रातो रहे । वाणिज्य बैंक, विकास बैंक, […]

दोहोरो अङ्कले बढ्यो शेयर बजार

काठमाण्डौँ । शेयर बजार परीसूचक नेप्से आज (बुधवार) दोहोरो अङ्कले बढेको छ । केही दिनयता लगातार घटिरहेको शेयर बजार आज ११.२२ अङ्कले बढेर एक हजार आठ सय ४८.८२ अङ्कमा पुगेको छ । आज म्युचल फन्डबाहेक सबै समूहको शेयर बढेकोमा उत्पादन, विकास बैंक, बीमा र होटल तथा पर्यटन समूहको शेयर उच्च अङ्कले बढेको छ । नेप्से […]

शुक्रबार फेरि घट्यो शेयर बजार

काठमाडौं । बिहीबार केही सुधार देखिएको शेयर बजार परिसूचक नेप्से शुक्रबार फेरि घटेको छ । शुक्रबार नेप्से ७ दशमलव ५६ अङ्कले घटेर एक हजार नौ सय ७१ दशमलव ३८ विन्दुमा झरेको छ । शुक्रबार पहिलो पटक दुई घण्टाका लागि शेयर बजार खुलेको हो ।यसअघि सरकारले आइतबार पनि सार्वजनिक बिदा दिएपछि शेयर बजार पनि आइतबार बन्द […]

भोलि आइतबार शेयर बजार बन्द रहने

३ पुस, काठमाडौं । भोलि आइतबार शेयर कारोबार खुला नहुने भएको छ । सरकराले उधौली पर्व तथा योमरी पुन्हीका अवसरमा सार्वजनिक बिदा दिने भएकाले आइतबार शेयर बजार पनि बन्द रहने भएको हो । शेयर बजार सार्वजनिक बिदाका दिनहरुमा बाहेकहरेक साता आइतबारदेखि बिहीबारसम्म खुला हुने गरेको छ । सरकारले काठमाडौं उपत्यकामा मात्रै बिदा दिएको अवस्थामा पनि […]

शेयर बजार करिब स्थीर

काठमाडौं, भदौ २४ । विगत केही दिनदेखि उच्च अंकले ओरालो लाग्दै आएको शेयर बजार साताको अन्तिम दिन बिहीबार भने केहि सम्हालियो । नेप्से मात्र आधा अंकले ऋणात्मक रहँदा कारोबार ७ अर्ब पुग्यो । उतार चढावबीच बजार परिसूचक नेप्से आधा अंक बराबरले रातो रहेर २८ सय ७५ कायम भएर थामिएको हो । कारोबार सुरु भएसंगै उकालो […]

सर्किट ब्रेकपछि फर्कियो शेयर बजार

नेप्सेमा नकारात्मक सर्किट ब्रेकपछि शेयर बजार पुनः फर्किएको छ ।  बजार खुलेको दुई घण्टाभित्र नेप्से ५.०३ प्रतिशतले घटेपछि बजार ४० मिनेटका लागि बन्द गरिएको थियो ।  १४७.३१ अंक तल झरेको शेयर बजार अहिले १ बजेर ५५ मिनेट जाँदा ६४.५२ अंक मात्रै तल छ । नेप्से सूचक २८६२.४८ छ ।

आइतबार र सोमबार शेयर बजार नखुल्ने

काठमाडौं, ६ भदौ । आइतबार र सोमबार शेयर बजार बन्द हुने भएको छ । हप्तामा ५ दिन सुचारु हुने नेपाल स्टक एक्सचेञ्ज (नेप्से) यो साता तीन कारोबार दिन मात्र सञ्चालन हुने भएको हो । आज र भोली सार्वजनिक विदा परेकाले शेयर बजार बन्द रहने नेप्सेले जनाएको छ । आज जनै पुर्णिमा तथा जनै पुर्णिमा र […]