पर्ख र हेरको अवस्थामा लगानीकर्ता, २ अर्बमुनि झर्‍यो कारोबार रकम

काठमाडौं । लगातार चार दिन घटेपछि पाँचौं दिन बुधवार नेप्से परिसूचक ४ दशमलव ९७ अंक बढेर २ हजार ११६ दशमलव ६५ विन्दुमा पुगेको छ । दिनभरिको कारोबारलाई हेर्दा घटेको बजारमा खरीदकर्ता आए पनि अल्पकालीन कारोबारीले प्रोफिट बुक गरेका छन् । सोही कारण बजार माथि जान सकेन । छोटो समयमा बजार २० प्रतिशतभन्दा बढीले वृद्धि भएको थियो । प्रोफिट बुक गरिबसेका लगानीकर्ता अझै सस्तोमा शेयर खरीद गर्ने दाउमा बसेको देखिन्छ । बजार घट्न पनि सकेको छैन भने बढ्न पनि सकेको छैन ।  सोही कारण दिनदिनै कारोबार रकमसमेत घट्दै गएको छ ।  एकै दिन रू. ७ अर्ब बराबरको शेयर खरीदविक्री भएको बजारमा बुधवार रू. १ अर्ब ७६ करोडको मात्र कारोबार भएको छ । शेयर बजारमा लगानीकर्ताको मनोविज्ञानले असर पार्ने गर्दछ । पछिल्लो समय राजनीतिक अस्थिर रहेको छ । सोही कारण पनि लगानीकर्ता पर्ख र हेरको अवस्थामा रहेका छन् । यसो त वित्तीय प्रणालीमा तरलता सहज हुन थालेको छ । ब्याजदर घटेपछि शेयर बजारमा सकारात्मक प्रभाव पर्ने जानकारहरू बताउँछन् । यद्यपि लगानीकर्ताले लगानी गर्नुपूर्व कम्पनीको आधारभूत र प्राविधिक पक्ष राम्रोसँग केलाउनु जरुरी देखिन्छ ।  यस दिन कारोबारमा आएका २६१ धितोपत्रको ५० लाख २४ हजार ३८१ कित्ता ३६ हजार ८७९ पटकमा रू. १ अर्ब ७६ करोड बराबरको शेयर कारोबार भएको छ । कारोबारमा आएका धितोपत्रमध्ये आदर्श लघुवित्त वित्तीय संस्थाको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । कम्पनीको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशत वृद्धि भएर प्रतिकित्ता रू. १ हजार ७५३ दशमलव ६० पुगेको छ । त्यस्तै दोस्रोमा सिद्धार्थ इन्स्योरेन्स कम्पनीको शेयर मूल्य ८ दशमलव २८ प्रतिशत बढेर रू. ६८० पुगेको छ ।  बुधवार एनआईबिएल समृद्धि फण्ड २ को इकाई मूल्य सबैभन्दा बढी ३ दशमलव ७४ प्रतिशत घटेर रू. ७ दशमलव ४७ कायम भएको छ । त्यस्तै दोस्रोमा सगरमाथा इन्स्योरेन्स कम्पनीको शेयर मूल्य ३ दशमलव ७२ प्रतिशत घटेर रू. ७५० मा झरेको छ ।  बुधवार नेपाल बैंकको सर्वाधिक शेयर खरीदविक्री रू. ५ करोड ९३ लाख बराबर कारोबार भएको छ । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. २६९ कायम भएको छ । दोस्रोमा रिडी पावर कम्पनीको रू. ४ करोड ९२ लाख बराबरको कारोबार भएको छ । कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये व्यापार समूहको परिसूचक शून्य दशमलव १६ प्रतिशत, ‘अन्य’ समूहको शून्य दशमलव शून्य ८ प्रतिशत, म्युचुअल फण्ड समूहको शून्य दशमलव ३२ प्रतिशत, लघुवित्त समूहको शून्य दशमलव ३३ प्रतिशत र लगानी समूहको शून्य दशमलव ५४ प्रतिशत घटेको छ भने बाँकी सबै समूहको परिसूचक बढेको छ । सबैभन्दा बढी होटल तथा पर्यटन समूहको १ दशमलव ५६ प्रतिशत वृद्धि भएको छ ।

सम्बन्धित सामग्री

यो साता करीब ८ अर्बले घट्यो कारोबार रकम, लगानीकर्ताले २० अर्बभन्दा बढी गुमाए

काठमाडौं । यो साता नेप्से परिसूचकसँगै बजारका महत्त्वपूर्ण सूचकहरू गत साताको तुलनामा घटेका छन् । यो साता धितोपत्र बजारको समग्र कारोबार मापक नेप्से परिसूचक गत साताको तुलनामा शून्य दशमलव ६३ प्रतिशत अर्थात् १२ दशमलव ९३ अंकले घटेको छ ।  यो साता एक दिन सार्वजनिक बिदा परेकाले चार दिन मात्र बजार खुला भएको थियो । चार कारोबार दिनमा पहिलो कारोबार दिन १७ दशमलव शून्य १ अंक घटेको बजार दोस्रो दिन १० दशमलव १४ अंक बढेको थियो । त्यस्तै तेस्रो दिन १० दशमलव ८३ अंकले घटेको बजार चौथो दिन ४ दशमलव ७८ अंकले बढेर बन्द भएको छ ।  गत साताको अन्तिम कारोबार दिन २ हजार ४८ दशमलव ५७ अंकमा बन्द भएको नेप्से परिसूचक यो साताको अन्तिम कारोबार दिन २ हजार ३५ दशमलव ६४ विन्दुमा बन्द भएको हो । ठूला कम्पनीहरूको मात्र कारोबार मापक सेन्सेटिभ इन्डेक्स अघिल्लो साताभन्दा १ दशमलव ७३ प्रतिशत घटेर ३५९ दशमलव शून्य ९ विन्दुमा झरेको छ । यतिबेला लगानीकर्ता पर्ख र हेरको अवस्थामा रहेको ब्रोकरहरू बताउँछन् । सरकारले नै विशेष चासोका साथ धितोपत्र बजारलाई हेरिरहेको अवस्थामा लगानीकर्ता केही आशावादी देखिएको ब्रोकरहरूको बुझाई छ । बजारमा पर्याप्त तरलता र कम ब्याजदरका बावजुत पनि लगानीकर्ता उत्साहित नहुनुको पछाडि अस्थिर नीति रहेको ब्रोकरहरू बताउँछन् ।  यतिबेला अर्थमन्त्री वर्षमान पुनले धितोपत्र बजारसँग सम्बन्धित तीनओटै निकायबाट बजारको लागि तत्काल समाधान गर्न सकिने कामको प्रतिवेदन लिएका छन् । ती कामहरूको अध्ययन र आवश्यकतालाई लिएर तत्काल केही नयाँ नीति आउने सम्भावनालाई पनि गहनतापूर्वक लिएको लगानीकता बताउँछन् । धितोपत्र बजार सूचनामा आधारित बजार भएकाले यो क्षेत्रसँग जोडिएर आउने हरेक सूचनाले बजारलाई प्रभावित पार्ने भएकाले लगानीकर्ता यतिबेला पर्ख र हेरकै अवस्थामा रहनुपरेको बताउँछन् । अन्योलबीच यो साता चार कारोबार दिनमा ९ अर्ब ७३ करोड २३ लाख रुपैयाँभन्दा बढीको २ करोड ६५ लाख ६४ हजारभन्दा बढी कित्ता धितोपत्र कारोबारमा लगानीकर्ता सहभागी भएका छन् । गत साता भने पाँच कारोबार दिनमा १७ अर्ब ७१ करोड ६८ लाख रुपैयाँभन्दा बढीको ५ करोड ३३ लाख ४२ हजारभन्दा बढी कित्ता धितोपत्र कारोबार भएको थियो । गत साताको तुलनामा यो साता कारोबार रकम ७ अर्ब ९८ करोड ४५ लाख रुपैयाँभन्दा बढीले र कारोबार कित्ता २ करोड ६७ लाख ७७ हजारभन्दा बढीले घटेको छ । अघिल्लो साताभन्दा गत साता औसत कारोबार रकम १ अर्ब ११ करोडभन्दा बढीले र औसत कारोबार कित्ता ४० लाख २७ हजारभन्दा बढीले घटेको नेप्सेको तथ्याङ्कले देखाउँछ । गत साता औसतमा ३ अर्ब ५४ करोड रुपैयाँभन्दा बढीको १ करोड ६ लाख ६८ हजारभन्दा बढी कित्ता धितोपत्र कारोबार भएकोमा यो साता २ अर्ब ४३ करोड रुपैयाँभन्दा बढीको ६६ लाख ४१ हजारभन्दा बढी कित्ता धितोपत्र कारोबार भएको छ ।  यो साता घटेको बजारमा लगानीकर्ताको सम्पत्ति मूल्य २० अर्ब ४९ करोड रुपैयाँभन्दा बढीले घटेको छ । गत साताको अन्तिम कारोबार दिन ३२ खर्ब ४८ अर्ब २५ करोड रुपैयाँभन्दा बढी रहेको कुल बजार पूँजीकरण यो साताको अन्तिम कारोबार दिन ३२ खर्ब २७ अर्ब ७६ करोड रुपैयाँ कायम भएको हो । स्रोत : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ।  सर्वोत्तम सिमेन्टको लगातारको सकारात्मक सर्किटले उत्पादन तथा प्रशोधनको परिसूचक करीब ८ प्रतिशत बढ्यो  यो साताको कारोबारमा उत्पादन तथा प्रशोधन समूहको परिसूचक ७ दशमलव ८४ प्रतिशत बढेको छ । उत्पादन तथा प्रशोधन समूहसँगै म्युचुअल फण्डको शून्य दशमलव ९३ प्रतिशत, जलविद्युतको शून्य दशमलव ३९ प्रतिशत र लगानी समूहको शून्य दशमलव २२ प्रतिशत परिसूचक बढेको छ ।  यो साता समग्र धितोपत्र कारोबार मापक नेप्से परिसूचक सामान्य अंकले घटेपनि उत्पादन तथा प्रशोधन समूहको परिसूचकमा भने आकर्षक वृद्धि देखिएको छ । यो समूहअन्तर्गत सूचीकृत सर्वोत्तम सिमेन्ट लिमिटेडको शेयर मूल्य पहिलो कारोबार दिनदेखि नै सकारात्मक सर्किट लेभलमा वृद्धि भएसँगै समग्र समूहगत परिसूचकमा सकारात्मक प्रभाव परेको हो ।  हालसम्म सर्वोत्तम सिमेन्टको सात दिन कारोबार भएको छ । चैत ५ गते धितोपत्र दोस्रो बजारमा सूचीकृत भएको कम्पनीको शेयर कारोबार चैत ६ गतेदेखि भएको हो । प्रतिकित्ता ५५६ रुपैयाँमा पहिलो कारोबार भएको सर्वोत्तम सिमेन्टको शेयर मूल्य सातांै कारोबार दिनसम्म आइपुग्दा १ हजार ८२ रुपैयाँ ७० पैसा कायम भएको छ । यो साता लघुवित्त समूहको परिसूचक सर्वाधिक घटेको छ । लघुवित्तको ३ प्रतिशत परिसूचक घटेको हो । त्यस्तै वित्तको २ दशमलव १४ प्रतिशत, विकास बैंकको २ दशमलव शून्य ७ प्रतिशत, निर्जीवन बीमाको १ दशमलव ९९ प्रतिशत, बैंकिङको १ दशमलव ८७ प्रतिशत, जीवन बीमाको १ दशमलव ६५ प्रतिशत, व्यापारिकको १ दशमलव ५९ प्रतिशत, अन्यको शून्य दशमलव ६८ प्रतिशत र होटल तथा पर्यटन समूहको शून्य दशमलव शून्य ६ प्रतिशत परिसूचक घटेको छ ।  स्रोत : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ।

सेयर बजारमा सक्रिय लगानीकर्ता बढे, कारोबार दुई वर्षयताकै उच्च

२ माघ, काठमाडौं । गएको वैशाख २८ गते जम्मा ५२ करोड रुपैयाँबराबर सेयर कारोबार भएको थियो । आठ महिनापछि मंगलबार कारोबार रकम ८ अर्ब २ करोडबराबरको भयो । यो रकम करिब दुई वर्षयताकै उच्च हो । यसअघि २०७८ माघ २० मा ८ अर्ब ६१ करोड रुपैयाँबराबर कारोबार भएको थियो । पछिल्ला दिनमा दैनिक सेयर कारोबार […]

नेप्से दोहोरो अंकले वृद्धि हुँदा कारोबार रकम ५ अर्ब नाघ्यो

२१ असोज, काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार पनि सेयर बजार परिसूचक नेप्से बढेर बन्द भएको छ । दिनभर उतारचढाव भएको नेप्से करिब १ प्रतिशतले वृद्धि हुँदा कारोबार रकम पनि ५ अर्ब नाघेको छ । लगातार बढेको बजारमा बिहीबार नाफा बुक गर्ने लगानीकर्ता र बजार बढ्ने आशामा नयाँ लगानीकताकर्ता प्रवेशले तीव्र उतारचढाव देखियो । […]

सेयर बजारमा सामान्य गिरावट, लगानीकर्ता निष्क्रिय बन्दा कारोबार रकम घट्दै

१४ मंसिर, काठामाडौं । साताको चौथो कारोबार दिन बुधबार सेयर बजारमा सामान्य गिरावट भएको छ । सामान्य उतारचढाव देखिएको बजारमा लगानीकर्ता सक्रिय नहुँदा परिसूचकमा पनि ठूलो घटबढ भएन भने कारोबार रकम पनि घट्दै गएको छ । बुधबार बजार परिसूचक नेप्से ३.५१ अंक (०.१८ प्रतिशत) ले गिरावट भएर १९४९.८५ अंकमा बन्द भएको छ । नेप्सेसँगै अधिकाम्स […]

‘फेष्टिभ मुड’मा सेयर बजार, ४८ करोडको कारोबार

सेयर बजारमा ‘फेष्टिभ मुड’ देखिएको छ । नेपालीको ठूलो चाडपर्व मध्येको दशैं सुरु भएकोले लगानीकर्ता निस्क्रिय भएका छन् । यसैकारण कारोबार रकम घटेको छ ।नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आज बजार मापक नेप्से परिसूचक ६.४१ अंकले बढेर १८३७.४६ अंकमा पुगेको छ । परिसूचक सामान्य रुपमा बढेको भएपनि कारोबार रकम भने उत्साहजनक छैन । आज जम्मा ४८ करोड ५४ लाख रुपैयाँ बराबरका १३ लाख ७० हजार कित्ता सेयर खरिद विक्री भएका छन् ।नेप्सेका अनुसार मन्दाकिनी हाइड्रोको सेयर मूल्य ९.२ प्रतिशतले बढेको छ । यस्तै,

बजारमा प्रोफिट बुक गर्ने लगानीकर्ता सकिएसँगै कारोबार रकम पनि तीन अर्बमा सीमित

साताको अन्तिम दिन नेप्सेमा झिनो अंकको सुधार  : प्रोफिट बुुक घटेसँगै कारोबार रकम पनि तीन अर्बमा सीमित साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से सूूचकमा झिनो अंकले सुधार आएको छ । पछिल्लो समय...

सेयर बजारमा भारी गिरावट, लगानीकर्ता चिन्तित

काठमाडौँ– सेयर बजारमा भारी गिरावट आएको छ । बुधबारको कारोबारमा बजार मापन गर्ने इन्डेक्ससँगै करोबार रकम पनि घटेको छ । इन्डेक्ससँगै निरन्तर कारोबार रकम घट्दा बजार कता जाँदैछ भन्ने तर्फ लगानीकर्ता चिन्तित बन्न थालेका छन् । बुधबार बजार मापन गर्ने सूचक ३८.४५ अंकले घटेर परिसूचक २७७६.६१ बिन्दूमा रोकिएको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने […]

सेयर बजारमा फर्किए लगानीकर्ता : ६८ प्रतिशतले कारोबार रकममा वृद्धि

सेयर बजारमा लगानीकर्ता पुनः आकर्षित हुन थालेका छन् । गत साता दैनिक औसत कारोबार रकममा करिब ६८ प्रतिशतले वृद्धि भएर सात अर्ब १३ करोड रुपैयाँको कारोबार भएको छ । साताभरमा कारोबार रकम...

सेयर बजारमा दिनदिनै नयाँ रेकर्ड, बिहीबार धेरै कमाउनेमा विकास बैंकका लगानीकर्ता

नेप्सेको आजको अंक अहिलेसम्मकै उच्च हो। यस दिन कारोबार रकम पनि बढेको छ।

पौने १५ अर्बको सेयर कारोबार, जलविद्युतका लगानीकर्ता मालामाल

आइतबार सेयर कारोबार रकम अहिलेसम्मकै उच्च भएको छ। यस दिन १४ अर्ब ७६ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ।