प्रचण्ड, माधव नेपाल र उपेन्द्र यादवबीच छुट्टै वार्ता

काठमाडौं, २४ भदौ । सत्तापक्षीय गठबन्धनमा आवद्ध दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपाल र जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवबीच भेटवार्ता भएको छ । प्रचण्डको पहलमा तीन नेताबीच भेटवार्ता भएको हो । हात्तिवनस्थित् एक अपार्टमेन्टमा तीन नेताबीच एमसीसी र मन्त्रिपरिषद् विस्तारबारे छलफल भएको हो […]

सम्बन्धित सामग्री

प्रचण्ड भेट्न खुमलटार पुगे ओली, माधव नेपाल पनि जाँदै

काठमाडाैं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग् भेट गर्न उनको निवास खुमलटारमा पुगेका छन्। अध्यक्ष ओलीका प्रेस संयोजक रामशरण बजगाईंले प्रधानमन्त्रीसँग भेट गर्न खुमलटार पुगेको जानकारी दिए। ओलीले नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालसँग पनि भेटवार्ता गर्ने जनाइएको छ। एकीकृत समाजवादीलाई पनि सरकारमा सहभागी गराउनेबारे पहल भइरहेको छ। त्यसै अनुरुप प्रधानमन्त्री प्रचण्डले बुधबार बिहान जसपा अध्यक्ष उपेन्द्र यादव र अध्यक्ष

आत्मालोचना गरेर गठबन्धन बलियो बनाउने सहमति भएको छ : माधव नेपाल

प्रधानमन्त्री शेरबहादुर देउवा,  माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव गठबन्धनकै पक्षमा रहेको उनले बताए ।

एमालेलाई घाँडो भएपछि प्रचण्ड र माधवलाई पन्छाएका हौँ : बस्नेत

पाल्पा : नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले प्रचण्ड र माधव नेपाल एमालेलाई घाँडो भएपछि पार्टीले नै पन्छाएको बताएका छन्।शनिबार राष्ट्रिय युवा संघ नेपाल रामपुर नगर कमिटीको भेला तथा अधिवेशनको उद्घाटन गर्दै उनले हामीले पन्छाएका ती व्यक्तिहरू अहिले कांग्रेसलाई घाँडो भइरहेको समेत बताए।प्रचण्ड माधव र उपेन्द्र यादव यी तीन नेता र उनका दल काँक्रोको झाल जस्तै थाक्रोबिना फल्न नसक्ने फल जस्तै भएको टिप्पणी गरे।उनीहरूले पहिला एमालेलाई प्रयोग गर्न खोजेका र अहिले कांग्रेसलाई थाक्रो बनाउन खोजिरहेको नेता

कांग्रेस महाधिवेशन उद्घाटन समारोहमा पुगे प्रचण्ड र माधव नेपाल, ओली अझै पुगेनन्

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड', नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल लगायत नेताहरू कांग्रेस महाधिवेशन उद्घाटन समारोहमा पुगेका छन् । कांग्रेसलाई महाधिवेशन सफलताको शुभकामना दिन प्रचण्ड र नेपालका अलावा जसपा अध्यक्ष उपेन्द्र यादव, लोसपा अध्यक्ष महन्थ ठाकुर, राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल लगायत नेताहरू भृकुटीमण्डप पुगेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पनि निम्तो गरिएको कांग्रेसले जनाएको छ । ओली भने अहिलेसम्म पुगेका छैनन् ।

प्रचण्ड, माधव नेपाल, बाबुराम र उपेन्द्रसहितको एकीकृत पार्टी गठनको पहल

काठमाडौं, १९ साउन । देशको राजनीतिमा तिव्र ध्रुवीकरण भइरहँदा चार प्रमुख नेताहरु मिलेर नयाँ दल निर्माणको पहल थालेका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले एकीकृत पार्टी गठनको पहल थालेका हुन् । समाजवादलाई पार्टीको […]

देउवा निवासमा रणनीति बुन्दै प्रचण्ड, माधव नेपाल र उपेन्द्र यादव

काठमाडौं, १६ जेठ । विपक्षी गठबन्धनका शीर्ष नेताहरु अब कसरी अघि बढ्ने भन्नेबारे रणनीति बनाउन छलफलमा जुटेका छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवासमा विपक्षी गठबन्धनका शीर्ष नेताहरु छलफलमा छन् । प्रतिनिधिसभा पूनःस्थापनाको लागि राजनीतिक र कानूनी लडाई लड्ने निर्णय गरेको विपक्षी गठबन्धन आवश्यक परे सडकमा नै जानुपर्ने अवस्था आउन सक्छ भन्दै अहिले छलफलमा […]

माधव नेपाल पनि पुगे बूढानीलकण्ठ

एमालेका नेता माधवकुमार नेपाल प्रधानमन्त्री केपी ओलीविरोधी छलफलमा सहभागी भएका छन् । काँग्रेस सभापति शेरबहादुर देउवाको निमन्त्रणामा नेपाल छलफलका लागि बूढानीलकण्ठ पुगेका हुन् । यसअघि नै माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड बूढानीलकण्ठ पुगिसकेका  छन् । राष्ट्रपतिले नयाँ सरकार गठनका लागि भएको आव्हानपछि अब कसरी अघि बढ्ने भन्नेबारे छलफलका लागि प्रचण्डसहित माधव नेपाल र  उपेन्द्र यादव लगायतलाई पनि बोलाएका हुन् । विपक्षी गठबन्धनले राष्ट्रपतिको आव्हानलाई असंवैधानिक भनेको छ ।

माधव नेपाल निर्णायक, जसपा दोधारमा

काठमाडौं : राष्ट्रपतिले नयाँ सरकार बनाउन आह्वान गरेपछि प्रतिपक्षी दलका नेताहरूबीच यतिबेला दौडधूप चलेको छ।  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष अध्यक्ष उपेन्द्र यादव नयाँ सरकार बनाउन लागिपरेका हुन्।उनीहरुको यो प्रयास सफल हुन नसके एमाले अध्यक्ष केपी शर्मा ओलीकै नेतृत्वमा सरकार बन्ने वा देश निर्वाचनमा जाने स्थिति आउनसक्छ।अहिले जसपाका अर्का अध्यक्ष महन्थ ठाकुर नयाँ सरकार बनाउने पक