नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड', नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल लगायत नेताहरू कांग्रेस महाधिवेशन उद्घाटन समारोहमा पुगेका छन् ।
कांग्रेसलाई महाधिवेशन सफलताको शुभकामना दिन प्रचण्ड र नेपालका अलावा जसपा अध्यक्ष उपेन्द्र यादव, लोसपा अध्यक्ष महन्थ ठाकुर, राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल लगायत नेताहरू भृकुटीमण्डप पुगेका छन् ।
एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पनि निम्तो गरिएको कांग्रेसले जनाएको छ । ओली भने अहिलेसम्म पुगेका छैनन् ।