काठमाडौं : राष्ट्रपतिले नयाँ सरकार बनाउन आह्वान गरेपछि प्रतिपक्षी दलका नेताहरूबीच यतिबेला दौडधूप चलेको छ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष अध्यक्ष उपेन्द्र यादव नयाँ सरकार बनाउन लागिपरेका हुन्।उनीहरुको यो प्रयास सफल हुन नसके एमाले अध्यक्ष केपी शर्मा ओलीकै नेतृत्वमा सरकार बन्ने वा देश निर्वाचनमा जाने स्थिति आउनसक्छ।अहिले जसपाका अर्का अध्यक्ष महन्थ ठाकुर नयाँ सरकार बनाउने पक