नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी र उपेन्द्र यादव–बाबुराम भट्टराईको जनता समाजवादी पार्टीसँग पार्टी एकताको लागि छलफल भइरहेको बताएका छन् ।
माओवादी केन्द्रले आयोजना गर्न लागेको राष्ट्रिय सम्मेलनबारे जानकारी गराउन प्रचण्डले आयोजना गरेको सम्पादकहरूसँगको छलफलमा उनले संसदभित्र र संसद बाहिर रहेका पार्टीहरूका बीच एकताको लागि छलफल भइरहेको बताएका हुन् ।
‘माधव नेपालसँग त्यत्रो दूरी छैन । एउटै मान्यतामा संगठन बनाएका छौं । यसले पनि नजिक ल्याउँछ । ढिलोछिटो...