पोखरा मेयरका काँग्रेस बागी उम्मेदवार विमल कार्कीले मनोनयन फिर्ता लिएनन्

पोखरा महानगरपालिकाको मेयरमा बागी उम्मेदवारी दिएका काँग्रेसका विमल कार्कीले मनोनयन फिर्ता लिएनन् । काँग्रेस तथा गठबन्धनको निर्देशनविपरीत उनले मनोनयन फिर्ता नलिएका हुन् ।  काँग्रेसले आफ्ना बागी उम्मेदवारलाई मनोनयन फिर्ता लिन निर्देशन दिएको थियो । तर, उनले जानीजानी फिर्ता नलिएको बताएका छन् ।निर्वाचन आयोगले शुक्रबार बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म मनोनयन फिर्ता लिन समय दिएको थियो । तर, काँग्रेस पोखराका पूर्वसभापति समेत उनले आफ्नो उम्मेदवारी फिर्ता लिएनन् । उनले गठबन्धन कुनै हालतमा स्वीकार्ने

सम्बन्धित सामग्री

काँग्रेस नसच्चिए नयाँ पार्टी खोल्छु : मेयर साह

जनकपुरधाम उपमहानगरपालिकाका नवनिर्वाचित मेयर मनोजकुमार साहले नेपाली काँग्रेस नसच्चिएमा नयाँ पार्टी खोल्ने संकेत गरेका छन् । मेयरमा निर्वाचित भएपछि सोमबार मतदातालाई धन्यवाद दिँदै साहले काँग्रेस नसच्चिएमा नयाँ पार्टी खोल्ने संकेत दिएका हुन् ।साह काँग्रेसका बागी उम्मेदवार हुन् । पाँच दलीय गठबन्धनमा काँग्रेसलाई जनकपुरधाम उपमहानगरको मेयर नपरेपछि स्वतन्त्र उम्मेदवारी दिएका साहले काँग्रेसमा पुनः जाने भन्ने कुरा सम्भव नरहेको बताए ।  उनले काँग्रेसले निजी स्वार्थ पूरा गर्न कम्युनिष्टहरूसँग गठबन्धन गरे

महोत्तरीको बर्दिबासमा काँग्रेसका बागीको बर्चस्व

बर्दिबास नगरपालिकाको वडा न.१३ मा काँग्रेसका बागी उम्मेदवार लक्ष्युमण सिंह वडा अध्यक्षमा विजयी भएका छन् । जेब्रा चिन्हवाट प्रल्हाद क्षेत्री प्यानलमा काँग्रेस बाट बागी उम्मेदवार दिएका सिंह निकटम प्रतिद्वन्द्वीलाई ३६ मतले उछिन्दै विजयी भएका हुन् ।निर्वाचन अधिकृत भुपेन्द्र सापकोटाका अनुसार सिंहले ४४७ मत प्राप्त गरेका छन् भने  निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवारले ४११ मत प्राप्त गरेका छन् । बर्दिबास नगरपालिकाको वडा न.७,८,१ र १३ मा मतगणना गर्दा वडा न.८ मा माओवादी केन्द्रले जित हासिल

खोटाङमा काँग्रेसद्वारा बागी उम्मेदवारमाथि कारवाही

नेपाली काँग्रेस खोटाङले पार्टी तथा गठबन्धनका आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दर्ता गराउनेलाई कारवाही गरेको छ ।  काँग्रेसले पार्टी तथा गठबन्धनका आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवार बनेका तीन जना नेतालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी पाँच वर्षका लागि कारबाही गरेको जनाएको छ । कारवाहीमा पर्नेमा ऐँसेलुखर्क गाउँपालिकाको अध्यक्ष पदका बागी उम्मेदवार कांग्रेसका गाउँपालिका सभापति सन्तवीर तामाङ, दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेमा वडाध्यक्षको बागी उम्मेदवार बनेका पूर्व गा

भरतपुरका बागीसँग रामचन्द्र पौडेलको भेटवार्ता

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले चितवनको भरतपुर महानगरपालिकामा गठबन्धनका बागी उम्मेदवार जगन्नाथ पौडेललाई भेटेका छन् ।  पौडेलले  भरतपुरको होटल सिराँगचुलीमा बागी उम्मेदवार जगन्नाथसँगै प्रस्तावक कृष्णलाल सापकोटा, समर्थक मीना खरेल र पूर्वसांसद भीमबहादुर श्रेष्ठसँग भेटवार्ता गरेका  हुन् ।गठबन्धनको चुनावीसभालाई सम्बोधन गर्न भरतपुर पुगेका पौडेलले उनीहरुलाई भेटेर उम्मेदवारी फिर्ता लिन आग्रह गरेका थिए । जवाफमा उनीहरुले काँग्रेस जोगाउन स्वतन्त्र उम्मेदवारी दिएको भन्दै फिर्ता

भरतपुरका उम्मेदवार पौडेलसहित काँग्रेसका बागी उम्मेदवार स्वतः निष्कासित

काठमाडौँ । नेपाली काँग्रेसका शुक्रवार अपराह्न ५ बजेभित्र उम्मेदवारी फिर्ता नलिने बागी उम्मेदवार स्वतः पार्टीबाट निष्कासनमा परेका छन् । भरतपुर उपमहानगरपालिकामा काङ्ग्रेसबाट बागी उम्मेदवारी दिएका जगन्नाथ पौडेलसहित नेताहरू काँग्रेसको निर्णयअनुसार स्वतः निष्कासनमा परेका हुन् । काँग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले शुक्रवार विज्ञप्ति निकाल्दै बागी उम्मेदवारलाई उम्मेदवारी फिर्ता लिन भनेका थिए। काँग्रेसले विद्रोही उम्मेदवार, निजको प्रस्तावक र […]

तनहुँमा काँग्रेस नेताहरुले दिए सामूहिक राजीनामा

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको गृहजिल्लामा काँग्रेस नेताहरूले धमाधम राजीनामा दिन थालेका छन् । टिकट वितरणमा असन्तुष्ट बनेका आकांक्षीहरूले राजीनामासँगै बागी उम्मेदवार दिएका हुन् । काँग्रेसबाट सधारण सदस्यसमेत नरहने गरेर कारबाहीमा परेका पूर्व सहमहामन्त्री गोविन्दराज जोशी समूहको नेकपा एमालेसँग तालमेल अर्कोतिर टिकट वितरणमा असन्तुष्टले धमाधम राजीनामा दिन थालेसँगै काँग्रेस चेपुवामा परेको छ ।दमौलीमा मंगलबार पत्रकार सम्मेलन गर्दै व्यास नगरपालिकाको मेयरका आकांक्षी भए पनि टिकट नपाएका काँग्र

ललितपुर महानगरको उपमेयरमा काँग्रेसका बागी उम्मेदवार

काठमाडौं । सत्ता गठबन्धन दलको निर्णय अवज्ञा गर्दै ललितपुर महानगरको उपमेयरमा काँग्रेस नेता सुविन कुमार शाक्यले स्वतन्त्र उम्मेदवारी दिएका छन् । गठबन्धनको निर्णय विपरित शाक्यले सोमबार उम्मेदवारी दिएका हुन् । गठबन्धनको भागबण्डामा ललितपुर महानगरको मेयर काँग्रेस र उपमेयर माओवादी केन्द्रको भागमा परेको छ ।