एक वर्षमा स्वदेशी र विदेशी लगानी उद्योग सञ्चालनका लागि साढे दुई खर्ब लगानी प्रस्ताव आएको छ । उद्योग विभागका अनुसार गत आर्थिक वर्ष २०७९/८० मा स्वदेशी र विदेशी उद्योग सञ्चालन गर्न दुई खर्ब ५२ अर्ब रुपियाँ लगानी प्रस्ताव आएको हो । गत वर्ष ३२२ वटा स्वदेशी उद्योग दर्ता भई ती उद्योगमार्फत दुई खर्ब १४ अर्ब प्रस्ताव आएको तथ्याङ्क छ । सो अवधिमा सबैभन्दा धेरै १८६ वटा साना उद्योग दर्ता भएका छन् ।