तीन परियोजनामा चिनियाँ कम्पनीको अढाई खर्ब लगानी

चाईना मेसिनरी इन्जिनियरिङ कर्पोरेसन (सीईएमसी) ले नेपालको खानेपानी, जलविद्युत्, सडक तथा सुरुङमार्ग निर्माणका लागि करिब अढाई खर्ब रुपैयाँ लगानी गर्ने प्रस्ताव गरेको छ । खानेपानीका पाँच आयोजनामा ९० अर्ब, सडक तथा सुरुङ मार्ग निर्माणमा २७ अर्ब ७५६ मेगावाटको जलाशययुक्त तमोर हाइड्रोपावर आयोजनामा डेढ खर्ब गरी करिब २ खर्ब ६७ अर्ब लगानी गर्ने कम्पनीले प्रस्ताव गरेको हो ।

सम्बन्धित सामग्री

ठूला सडक परियोजनामा चिनियाँ निर्माण कम्पनीको ढिलासुस्ती

नेपालका ठूला तथा रणनीतिक महŒवका सडक परियोजना निर्माणमा चिनियाँ निर्माण कम्पनीले ढिलासुस्ती गर्ने गरेको छ।

पाकिस्तानमा आतंकवादी हमलामा १३ मारिए

इस्लामाबाद : पाकिस्तानको बलुचिस्तानमा भीषण आतंकवादी आक्रमणमा १३ जनाको मृत्यु भएको छ। आक्रमणकारीले चिनियाँ कम्पनीको गाडीलाई निशाना बनाएका थिए।उक्त आक्रमण ग्वादरमा भएको थियो। चीन-पाकिस्ताान इकोनोमिक करिडोर (सीपीईसी) का कैयौँ परियोजनामा काम भइरहेको छ। आक्रमणमा चिनियाँ नागरिक मारिएका छन्। आक्रमणको जिम्मा बलुच लिबरेशन आर्मी (बीएलए) को आत्मघाती दस्ता माजिद ब्रिगेडले लिएको छ।बीएलएले ग्वादर आक्रमणमा १३ जनाको मृत्यु भएको बताएको। मारिनेमध्ये चार चिनियाँ र ९ पाकिस्तानी सैनिक रहेका छन्। यसैगरी आफ्

नयाँनयाँ परियोजनामा लगानी गर्दै अस्पताल

काठमाडौं। कोभिड–१९ पछि मुलुकमा सञ्चालित अस्पतालको व्यापार बढेको देखिएको छ । व्यापार बढेसँगै उनीहरुले नयाँनयाँ परियोजनाका साथै सहायक अस्पताल खोल्ने तयारी गरेका छन् ।  विभिन्न रेटिङ कम्पनीले सार्वजनिक गरेको रिपोर्ट हेर्दा पाँचओटा अस्पतालले आर्थिक वर्ष (आव) २०७८/८९ (सन् २०२२) मा ८ अर्ब २८ करोड रुपैयाँ सञ्चालन नाफा कमाएका छन् । यी अस्पतालले आव २०७७/७८ (सन् २०२१) मा ७ अर्ब ३ करोड रुपैयाँ र आव २०७६/७७ (सन् २०२०) मा ६ अर्ब ७२ करोड रुपैयाँ सञ्चालन नाफा कमाएका थिए । कोभिडपछि अस्पतालमा बिरामीको संख्या बढेसँगै व्यापार बढेको हो ।  नोबेल मेडिकल कलेज एन्ड टिचिङ हस्पिटल सन् २००३ देखि सञ्चालित नोबेल मेडिकल कलेज एन्ड टिचिङ हस्पिटल प्रालि विराटनगरमा छ । काठमाडौं विश्वविद्यालयबाट सम्बन्धन प्राप्त नोबेलले एमबीबीएस, पीजी, डीएम, बीडीएस, बीएससीजस्ता कार्यक्रम सञ्चालन गरिरहेको छ । रेटिङ कम्पनी इक्रा नेपालका अनुसार यसका नोबेल क्यान्सर अस्पताल प्रालि, नोबेल एडभान्स इन्भेस्टमेन्ट प्रालि, नोबेल अस्पताल फार्मेसी प्रालि गरी तीनओटा सहायक कम्पनी छन् । कम्पनीको काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेडमा २० प्रतिशत शेयर छ । इक्राका अनुसार नोबेलले सन् २०२२ मा २ अर्ब ६२ करोड रुपैयाँ सञ्चालन नाफा कमाएको छ । २०२१ मा यसको सञ्चालन नाफा २ अर्ब २८ करोड थियो । सन् २०२२ मा नोबेलमा बिरामी संख्या ४१ प्रतिशतले बढेको थियो ।  नोबेलको कुल कर्जा २ अर्ब ६८ करोड रुपैयाँ छ । इक्राले कम्पनीको २ अर्ब ५३ करोड रुपैयाँ दीर्घकालीन कर्जाका लागि डबल बी प्लस र १५ करोड रुपैयाँ अल्पकालीन कर्जाको लागि ए फोर प्लस रेटिङ दिएको छ ।  चिकित्सा शिक्षा आयोगका अनुसार मेडिकल कलेजले एमबीबीएसमा १० प्रतिशत सीट छात्रवृत्तिमा, ५७ प्रतिशत राष्ट्रिय सीट कोटामा र बाँकी ३३ प्रतिशत विदेशी सीट कोटामा छुट्ट्याउनुपर्छ । ५७ प्रतिशत राष्ट्रिय सीट कोटाको शुल्क आयोगले निर्धारण गर्ने भएकाले कलेजले बाँकी ३३ प्रतिशत विदेशी सीटको मात्र शुल्क निर्धारण गर्न पाउँछ ।  शैक्षिक वर्ष सन् २०२१/२२ मा कलेजमा विदेशी सीटमा भर्ना हुने विद्यार्थी ५ प्रतिशतले घटेका छन् । इक्राका अनुसार उक्त वर्ष कलेजमा विदेशी सीटमा २ जना विद्यार्थी मात्र भर्ना भएका छन् । यस्तै स्वास्थ्य बीमा योजनाअन्तर्गतको रकम भुक्तानीमा ढिलाइ हुँदा कम्पनीको तरलतामा दबाब परेको छ । अस्पतालले स्वास्थ्य बीमा योजनाअन्तर्गतको रकम भुक्तानी समयमा नभएको भन्दै सन् २०२३ बाट स्वास्थ्य बीमा कार्यक्रम बन्द गरेको छ ।  कलेजले राष्ट्रिय विद्यार्थी शुल्कको तुलनामा विदेशी एमबीबीएस विद्यार्थीलाई झन्डै २०० प्रतिशत बढी शुल्क लिने भएकाले कलेजमा विदेशी विद्यार्थीको प्रवेशमा कमीले कम्पनीको निकट अवधिमा मार्जिनमा असर गर्ने देखिन्छ । लुम्बिनी मेडिकल कलेज एन्ड टिचिङ हस्पिटल लिमिटेड सन् २००५ देखि सञ्चालित लुम्बिनी मेडिकल कलेज एन्ड टिचिङ हस्पिटल लिमिटेडले काठमाडौं विश्वविद्यालय र सीटीईभीटीबाट सम्बन्धन लिएको छ । यसले एमबीबीएस, पीसीएल, पीजी, बीएससी जस्ता कार्यक्रम सञ्चालन गर्छ ।  इक्रा नेपालका अनुसार लुम्बिनीले वर्ष सन् २०२२ मा १ अर्ब ५७ करोड रुपैयाँ सञ्चालन नाफा कमाएको छ । २०२१ मा यसको सञ्चालन नाफा १ अर्ब ४१ करोड रुपैयाँ थियो ।  इक्राका अनुसार कोभिड महामारीका कारण विद्यार्थी एक ब्याच ढिला भर्ना हुँदा र स्वास्थ्य बीमा योजनाअन्तर्गतको रकम भुक्तानीमा ढिलाइ हुँदा कम्पनीको तरलतामा दबाब परेको छ । पर्याप्त तरलता नहुँदा सन् २०२१ र २०२२ मा कम्पनीको अल्पकालीन कर्जा बढेको छ ।  इक्राका अनुसार लुम्बिनीको दीर्घकालीन कर्जा ३७ करोड ८० लाख र अल्पकालीन कर्जा २३ करोड १० लाख रुपैयाँ छ । इक्राले यसको दीर्घकालीन कर्जाका लागि डबल बी प्लस र अल्पकालीनको लागि ए फोर प्लस रेटिङ दिएको छ ।  यो मेडिकल कलेजले सन् २००८ देखि एमबीबीएस कार्यक्रम सञ्चालन गर्दै आएको छ । इक्राका अनुसार कम्पनीको ८० प्रतिशत आम्दानी एमबीबीएस कार्यक्रमबाट हुन्छ । कलेजमा एमबीबीएस कोर्समा १०० सीट रहेकोमा शतप्रतिशत विद्यार्थी भर्ना हुँदै आएका छन् ।  कम्पनीले रूपन्देहीको देवदह मेडिकल कलेज एन्ड रिसर्च इन्स्टिच्युटको १७ प्रतिशत शेयर प्रिमियममा खरीद गरेको छ । देवदह ४०० बेड क्षमताको छ भने एमबीबीएसमा ५० विद्यार्थीको सीट छ । लुम्बिनी मेडिकल कलेजले आफ्नो सहायक कम्पनी लुम्बिनी अन्तरराष्ट्रिय अस्पताल र अन्य निर्माणाधीन परियोजनामा पनि लगानी गरेको छ ।  अल्का हस्पिटल प्रालि अल्का हस्पिटल प्रालिले सन् १९९५ मा अल्का फार्मेसीमार्फत काम शुरू गरेको थियो । फार्मेसीले आफ्ना सेवा र प्रवद्र्धक विस्तार गर्दै सन् २००२ मा अल्का पोलिक्लिनिक प्राइभेट लिमिटेड शुरू गर्‍यो । सन् २००५ देखि अल्का हस्पिटल प्रालि नामबाट सेवा दिँदै आएको यसले अल्का इन्स्टिच्युट अफ मेडिकल साइन्सेस नर्सिङ कलेज पनि सञ्चालन गरिरहेको छ । कम्पनीको ललितपुरमा दुईओटा अस्पताल जावलाखेल र भनीमण्डलमा छन् । धोबीघाटमा नर्सिङ कलेज छ । कम्पनीमा करीब १०२ डाक्टर र ४६६ सहायक कर्मचारी छन् । रेटिङ कम्पनी केयर रेटिङ्स नेपालका अनुसार अल्काले सन् २०२१ मा ५४ करोड ४० लाख रुपैयाँ सञ्चालन नाफा कमाएको थियो । २०२२ मा कम्पनीको सञ्चालन नाफा २६ प्रतिशतले बढेर ८१ करोड ४० लाख रुपैयाँ पुगेको छ ।  केयर रेटिङ्सका अनुसार सन् २०२२ मा अल्काको ९१ दशमलव ५७ प्रतिशत आम्दानी अस्पताल सञ्चालनबाट, ४ दशमलव ९२ प्रतिशत नर्सिङ कलेजबाट र बाँकी फार्मेसी, क्यान्टिनलगायतबाट भएको छ । अल्काको दीर्घकालीन कर्जा ६३ करोड ३३ लाख रुपैयाँ र अल्पकालीन कर्जा ६५ करोड रुपैयाँ छ । केयर रेटिङ्सले यसको दीर्घकालीन कर्जाका लागि ट्रिपल बी माइनस र अल्पकालीनको लागि ए थ्री रेटिङ दिएको छ । अल्काले सन् २०२२ मा सम्पत्ति खरीदका लागि १० करोड १० लाख रुपैयाँ कर्जा लिएको थियो । कम्पनीको अध्यक्षमा तिलकबहादुर थापा र प्रमोटर निर्देशकमा थापाकी पत्नी विद्या श्रेष्ठ छन् ।  बी एन्ड सी मेडिकल कलेज टिचिङ हस्पिटल एन्ड रिसर्च सेन्टर प्रालि सन् २०११ मा स्थापित बी एन्ड सी मेडिकल कलेज टिचिङ हस्पिटल एन्ड रिसर्च सेन्टर प्रालि झापा जिल्लामा छ । केयर रेटिङ्स नेपालका अनुसार यसले सन् २०२१ मा ८१ करोड ४० लाख रुपैयाँ सञ्चालन नाफा कमाएको थियो । सन् २०२२ मा सञ्चालन नाफा ४६ दशमलव ९२ प्रतिशतले बढेर १ अर्ब १९ करोड रुपैयाँ पुगेको छ ।  बी एन्ड सीको दीर्घकालीन कर्जा २ अर्ब ६० करोड र अल्पकालीन कर्जा १० करोड रुपैयाँ छ । केयर रेटिङ्सले कम्पनीको दीर्घकालीन कर्जाको लागि डबल बी माइनस र अल्पकालीनका लागि ए फोर रेटिङ दिएको छ । केयर रेटिङ्सका अनुसार बी एन्ड सीले मेडिकल कलेज सञ्चालनका लागि पूर्वाधार विकास गरे पनि सरकारबाट स्वीकृतिमा ढिलाइ हुँदा कर्जा उच्च हुन पुगेको छ ।  अस्पतालको अध्यक्षमा इन्दिरा गिरी, कार्यकारी निर्देशकमा दुर्गा प्रसाई र प्रबन्ध निर्देशकमा डा रामबाबु गिरी छन् । अस्पतालको सन् २०२२ डिसेम्बरको तथ्यांकअनुसार यहाँ ६६ मेडिकल स्टाफ र ६१५ कर्मचारी छन् ।  चितवन मेडिकल कलेज प्रालि चितवनस्थित चितवन मेडिकल कलेज प्रालि चितवन जिल्लाका चिकित्सकहरूको समूहले सन् २००६ मा स्थापना गरेको हो । दन्तचिकित्सा, फोरेन्सिक, नेत्र विज्ञान, रोगविज्ञान, अर्थोडन्टिक्स, पेडोडोन्टिक्स, रेडियो डायग्नोसिस, सर्जरीका साथै आईसीयू, एनआईसीयू लगायत सेवा दिँदै आएको यस अस्पतालमा ७५० बेड छन् ।  रेटिङ कम्पनी केयर रेटिङ्स नेपालका अनुसार कम्पनीले आव सन् २०२२ मा २ अर्ब ७ करोड रुपैयाँ सञ्चालन नाफा गरेको छ । यो वर्ष कम्पनीको सञ्चालन आम्दानीमा ७४ प्रतिशत अस्पताल र २३ प्रतिशत मेडिकल कलेजको योगदान छ । कम्पनीले २०२१ मा १ अर्ब ८७ करोड रुपैयाँ सञ्चालन नाफा कमाएको थियो ।  केयर रेटिङ्सका अनुसार क्यान्सर स्पेसियलिस्ट प्रोजेक्ट र अस्पताल र कलेज भवनसँग सम्बद्ध नवीकरण र परिमार्जन कार्यका कारण कम्पनीको कर्जा बढेको छ । अस्पतालले गत जनवरीबाट १ अर्ब १२ करोड रुपैयाँ लागतमा क्यान्सर स्पेसियलिस्ट केन्द्र शुरू गरेको छ । चितवन मेडिकल कलेजको दीर्घकालीन कर्जा १ अर्ब ३८ करोड रुपैयाँ र अल्पकालीन कर्जा २० करोड रुपैयाँ छ । केयर रेटिङ्सले कम्पनीको दीर्घकालीन कर्जाको लागि ट्रिपल बी माइनस र अल्पकालीनको लागि ए थ्री रेटिङ दिएको छ । अस्पतालले स्वास्थ बीमा कार्यक्रमको भुक्तानी ढिला भएको भन्दै सन् २०२३ बाट स्वास्थ्य बीमा कार्यक्रम बन्द गरेको छ । अस्पतालले स्वास्थ बीमा कार्यक्रम बन्द गर्दा सन् २०२२ (२०७८/८९) को ९ महीनाको तुलनामा सन् २०२३ (२०७९/८०) को सोही अवधीमा आम्दानी ७७ करोड रुपैयाँले घटेको छ ।  अस्पताल अध्यक्षमा डा हरीशचन्द्र न्यौपाने छन् । न्यौपाने भारतको लखनउस्थित १०० बेडको शेखर अस्पताल प्रालिका पनि संस्थापक हुन् । अस्पताल निर्देशकमा डा दयाराम लम्साल र डा गोपेन्द्रप्रसाद देव छन् । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेजले एमबीबीएस र एमडीसहित १२ विभिन्न कार्यक्रम सञ्चालन गर्छ । कम्पनीका अनुसार गत अप्रिलसम्ममा अस्पतालमा १ हजार १०४ मेडिकल स्टाफ र शिक्षा डिभिजनमा १३४ जना संकाय कर्मचारी छन् ।

उत्पादनमूलक, कृषि र सेवा क्षेत्रका ४२ कम्पनीको ‘इकोसिस्टम’ विकास गर्ने सहमति

काठमाडौं । उत्पादनमूलक, कृषि र सेवा क्षेत्रसँग सम्बन्धित कम्पनीहरूको ‘इकोसिस्टम’ विकासका लागि दुईओटा संस्थाबीच सहमति भएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघ र नेपाल विकास अनुसन्धान प्रतिष्ठानबीच सहकार्यका लागि समझदारी भएको हो । सातओटै प्रदेशबाट उत्पादनमूलक, कृषि र सेवा क्षेत्रका दुई/दुईओटा गरी ४२ ओटा कम्पनी छनोट गरेर उक्त संख्याका कम्पनीको इकोसिस्टम विकास गर्न सहमति भएको महासंघले बताएको छ । आइतवार काठमाडौंमा यी दुई संस्थाले सोसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेका छन् । समझदारीअनुसार जिल्ला जिल्लामा गएर त्यहाँका साना तथा मझौला उद्योगीहरूसँग छलफल गरिने, उनीहरूका समस्या, बजार, मानव संसाधन, उत्पादनलगायत विषयमा अनुसन्धान गरिने नेपाल विकास अनुसन्धान प्रतिष्ठानका अध्यक्ष प्रा.डा. नवराज खतिवडाले बताए । उद्योग क्षेत्रमा देखिएका नयाँ प्रविधिहरू, मूल्य शृंखला र उद्योग प्रवर्द्धनका विषयमा पनि उद्यमीलाई जानकारी गराउने उनको भनाइ छ । यी क्षेत्रमा संलग्न कम्पनीहरूको विकास गरी सफल उद्यम बनाउन पाइलट परियोजना सञ्चालन गर्ने उद्देश्य छ । उत्पादनमूलक, कृषि र सेवा क्षेत्रका उद्यमीको इकोसिस्टम विकास गरी उत्पादकत्व बढाउन हाललाई कुनै निश्चित भौगोलिक क्षेत्रमा रहेका उद्योगहरूलाई छनोट गर्ने सहमति भएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघका पूर्वअध्यक्ष श्यामप्रसाद गिरीले अहिलेको अवस्थामा उद्योग व्यवसाय नै संकटमा पर्ने अवस्था आएको बताए । सरकार, दातृ निकाय र महासंघले दिने तालीम तथा अन्य सुविधाका विषयमा पनि समीक्षा हुनुपर्ने उनको भनाइ छ । उत्पादकत्व बढाउन सरकारी निकायहरू र राष्ट्रिय तथा अन्तरराष्ट्रिय संघसंस्थामा प्रतिष्ठान र महासंघले पहल गर्ने सहमति भएको छ । उत्पादनमूलक, कृषि, डिजिटल सेवा तथा अन्य क्षेत्रका उद्यमीको व्यवसाय विकास र प्रवर्द्धन गर्ने क्रममा दुवै पक्षले आफूसँग भएको विज्ञता, स्रोतसाधन र जनशक्ति परिचालन गर्नेछन् । अनुसन्धान, आवश्यक रणनीति निर्माणको नेतृत्व प्रतिष्ठानले गर्नेछ । आवश्यकता अनुसार संघ, प्रदेश र स्थानीय तहका तीनओटै सरकारसँग छलफल, लबिङ र नयाँ परियोजना प्राप्त गर्न वा भइरहेका परियोजनामा सहयोग जुटाउन संयुक्त पहल गरिने समेत सम्झौतामा उल्लेख छ ।

कोषलाई पूर्वाधार परियोजनामा लगानी गर्न अर्थमन्त्रीको सुझाव

काठमाडौं (अस) । अर्थमन्त्री जनार्दन शर्माले नागरिक लगानी कोषको लगानीयोग्य रकमलाई राष्ट्रिय पूर्वाधार परियोजनामा परिचालन गरिनुपर्ने बताएका छन् । कोषको ३२ औं वार्षिकोत्सव उद्घाटन गर्दै अर्थमन्त्री शर्माले बैंक तथा वित्तीय संस्थामा रकम राख्ने कार्य अन्त्य गर्नुपर्नेमा जोड दिए । कोषजस्तै संस्थाहरुले सिर्जना गरेको रकमलाई प्रभावकारी बनाउनुपर्ने भन्दै मन्त्री शर्माले अहिले मुलुकलाई १७/२० खर्बको लगानी जुटाउन आवश्यक रहेको बताए । नेपाल वायु सेवा निगमलाई कोषले प्रवाह गरेको ऋण सम्बन्धमा मन्त्री शर्माले जमानत बसेर लिएको ऋणको जिम्मेवारी सरकारले नै पूरा गर्ने भए पनि सम्बन्धित संस्थालाई जिम्मेवार बनाउन आवश्यक रहेको धारणा व्यक्त गरे । बजारबाट पैसा हराइरहेको विषयमा सरकारले चासो राखिरहेको उनको भनाइ छ । आयातमा भएको वृद्धिले शोधनान्तर स्थितिमा समस्या आएको बताउँदै शर्माले भने, ‘उत्पादनमा लगानी गर्दै निर्यातलाई सन्तुलित बनाउनुपर्छ ।’ कार्यक्रममा नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले शेयर बजारलाई व्यवस्थित गर्न संस्थागत सुशासन आवश्यक भएको बताए  । शेयर बजारमा लगानी कोषको भूमिका महत्वपूर्ण  हुने हुँदा कोषसँग सहकार्य गर्न बोर्ड तयार रहेको उनले जानकारी दिए । उक्त अवसरमा कोषका कार्यकारी निर्देशक रमण नेपालले कोषले अहिले विभिन्न १२ वटा कार्यक्रममा करीब ८ लाखभन्दा बढी सहभागीलाई आबद्ध गराई आफ्नो सेवा देशभर पुर्‍याइरहेको बताए । कोषको चुक्ता पुँजी ३ अर्ब २७ करोड पुगेको छ भने चालू आर्थिक वर्षको पुस मसान्तसम्म खुद मौज्दात रकम १ खर्ब ८४ अर्ब ९० करोड रुपैयाँ रहेको छ । यो अवधिमा कोषले १ खर्ब ८३ अर्ब ९१ करोड रुपैयाँ लगानी गरेको छ । कोषले पुँजी बजारमा संस्थागत लगानी भित्र्याउने उद्देश्यले नागरिक स्टक डिलर कम्पनी स्थापना भई सञ्चालनमा आइसकेको छ । कम्पनीमा कोषको ५१ प्रतिशत शेयर स्वामित्व रहेको छ भने पुनर्बीमा कम्पनीको १० प्रतिशत र नेपाल टेलिकमको ९ प्रतिशत शेयर स्वामित्व रहेको छ । बाँकी ३० प्रतिशत सर्वसाधारणलाई छुटयाइएको छ । कोषका विभिन्न कार्यलाई थप व्यवस्थित गर्न कार्यविधिलाई कार्यान्वयनमा ल्याइसकेको उनले जानकारी दिए । सञ्चालक ईश्वरीप्रसाद अर्यालले कोषमा सीमित जनशक्ति रहे पनि सञ्चालनदेखि कोष नाफामा गएको बताए ।

अनमोल केसी अम्पायर कन्सलटेन्सीका दूत नियुक्त, फिल्म परियोजनामा पनि सहकार्य गर्ने

काठमाडौं । अम्पायर कन्सलटेन्सी एन्ड भिजा सेन्टरले अभिनेता अनमोल केसीलाई व्यवसायिक दूतको रुपमा नियुक्त गरेको छ । बुधबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा सेन्टरका प्रमुख स्वतन्त्रप्रताप शाह र केसीले सम्झौता पत्रमा हस्ताक्षर गरे । ब्रान्ड एम्बेसडरमा नियुक्त भएबापत केसीले कम्पनीको व्यवसायिक गतिविधिमा भाग लिनेछन् । साथै, भविष्यमा फिल्म निर्माणसहितका परियोजनामा समेत सहकार्य गर्ने जानकारी समेत दुबैजनाले […]

नेपाल टेलिकम र कर्मचारीबीच २९ बुँदे सम्झौता, आन्दोलन स्थगित

काठमाडौँ । विभिन्न मुद्दा उठाउँदै आन्दोलनरत नेपाल टेलिकमका कर्मचारीले आन्दोलन स्थगित गर्ने भएका छन् । कम्पनीसँग शनिबार २९ बुँदे सम्झौता भएपछि कर्मचारीले आन्दोलन स्थगित गर्न सहमत भएका हुन् । टेलिकमको सञ्चालक समितिले पारित गरेको कर्मचारी विनियमावलीप्रति असन्तुष्ट कर्मचारी युनियनहरुले कम्पनीको आम्दानी खस्किएको र ठूला परियोजनामा भएका लगानीले प्रतिफल दिन नसकेको लगायतका मुद्दा उठाउँदै धर्ना बसेका […]

रेल परियोजनामा आर्थिक सङ्कट भएको चीनको आरोपको बङ्गलादेशद्वारा खण्डन

बङ्गलादेशमा रेल परियोजनामा आर्थिक कोषको सङ्कटका कारण काम नभएको भन्ने चिनियाँ कम्पनीको आरोपको बङ्गलादेशले खण्डन गरेको छ।

सांसदले गरे आफ्नै कम्पनीको ठेक्का शिलान्यास

प्रतिनिधिसभाका नवनिर्वाचित एक सांसदले आफ्नै कम्पनीले ठेक्का पाएको सडकखण्डको सोमबार शिलान्यास गरेका छन् । पर्सा ३ का सांसद हरिनारायण रौनियार पप्पु कन्स्ट्रक्सनका सञ्चालक हुन्, जुन कम्पनी ढिलासुस्ती र गुणस्तरहीनताका कारण विभिन्न परियोजनामा ‘कालो सूची’ मा पर्दै आएको छ ।