सुख्खा मौसम सुरु भएसँगै रसुवाको वन क्षेत्रमा डढेलो लाग्न थालेको छ । शनिबारदेखि लामटाङ राष्ट्रिय निकुञ्ज क्षेत्र र वन क्षेत्रमा डढेलो लाग्न थालेको हो । वन क्षेत्रमा पर्ने गोसाइँकुण्ड गाउँपालिका-१ रोङ्गादेखि दाहालफेदी सामुदायिक वन र नाकथलीको लेकको जंगलमा शनिबार बिहानदेखि डढेलो लागेको डिभिजन वन कार्यालय रसुवाका प्रमुख अनिल रेग्मिले जानकारी दिए । ‘रोङ्गामा निर्माणाधीन लाङटाङ भोटेकोसी जलविद्युत आयोजनाको ड्यामभन्दा माथि दाहालफेदी सामुदायिक वनमा शनिबार बिहानदेखि आगलागी सुरु भएको हो,’ उनले भ