ग्यास ट्याङकरमा करिब १ सय २० केजी गाँजा

पर्सामा ग्यास  ट्याङकरमा करिब १ सय २० केजी गाँजा बरामद भएको छ । वीरगञ्ज महानगरपालिका-२५ आइसिपि गेट नजिक रोकी राखेको भारतीय एनएल ०१ के ०७५४ नम्बरको ग्याँस बोक्ने ट्याङकरबाट करिब १ सय २० केजी अवैध लागूऔषध गाँजा बुधबार दिउँसो प्रहरीले बरामद गरेको हो ।ट्याङकरमा लागूऔषध लुकाई राखेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले बेवारिसे अवस्थामा उक्त गाँजा फेला पारी बरामद गरेको हो । हाल फरार रहेका ट्याङ्कर चालकको प्रहरीले खोजी गरिरहेको छ । यता झापाको भद्रपुर नगरपालिका