डोटी जिल्लामा करिब ११ सय संक्रमित निको

डोटी। जिल्लामा कोरोना संक्रमणको कारण करिब ११ सय संक्रमित निको भएका छन्। जिल्लाका सुचना अधिकारी मधुकृष्ण पौडेलका अनुसार जिल्लामा अहिलेसम्म एक हजार ३३४ संक्रमित संख्या पुगेका छन्। संक्रमणका कारण जिल्लामा १० जनाको मृत्यु भएको उनले बताए।