डिप्रोक्स लघुवित्त र सपोर्ट लघुवित्तको शेयर मूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले बिहीवार दुई लघुवित्त कम्पनीको शेयर मूल्य समायोजन गरेको छ । नेप्सेले डिप्रोक्स लघुवित्त वित्तीय संस्था र सपोर्ट लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य समायोजन गरेको हो । डिप्रोक्स लघुवित्तले फागुन १९ गते र सपोर्ट लघुवित्तले फागुन २१ गते बुक क्लोज गर्ने भएसँगै नेप्सेले बुक क्लोजपछिको मूल्य तय गरिदिएको हो । यी दुवै कम्पनीका फागुन १८ गतेसम्म कायम शेयरधनीमात्र साधारण सभामा भाग र लाभांश पाउन योग्य छन् ।  नेप्सेले बिहीवार सपोर्ट लघुवित्तको अन्तिम शेयर मूल्य रू. १ हजार १०० को आधारमा ११ प्रतिशत बोनस शेयरपछिको मूल्य रू. ९९० दशमलव ९९ तोकेको छ । त्यस्तै नेप्सेले बिहीवार डिप्रोक्स लघुवित्तको अन्तिम शेयर मूल्य रू. ८१९ को आधारमा १० प्रतिशत बोनस शेयरपछिको मूल्य रू. ७४४ दशमलव ५५ तोकेको छ । आइतवार यी दुवै कम्पनीको शेयर कारोबार समायोजन मूल्यको आधारमा खुला हुनेछ ।

सम्बन्धित सामग्री

डिप्रोक्स र आदर्श लघुवित्तको एकीकृत कारोबार सुरु

डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेड र आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडको एकीकृत कारोबार सुरु भएको छ । एकीकृत कारोबारको डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडका अध्यक्ष दिपक खनालले आदर्श लघुवित्त वित्तीय संस्था बुद्धनगर शाखाकी असल ग्राहक सदस्य श्रीमति विद्यालक्ष्मी श्रेष्ठलाई एमपासवुक दिई उद्घाटन गरेका छन् । कार्यक्रममा मर्जर तथा एक्विजिसन समितिका संयोजक वासुप्रसाद उपाध्याय र सदश्य […]

डिप्रोक्स लघुवित्त र सपोर्ट लघुवित्तको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज

काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था र सपोर्ट लघुवित्त वित्तीय संस्ताको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज रहेको छ । डिप्रोक्स लघुवित्तले फागुन १९ गते र सपोर्ट लघुवित्तले फागुन २१ गते बुक क्लोज गर्दै छन् । सोही कारण यी दुई कम्पनीका आजसम्म कायम शेयरधनीमात्र लाभांश पाउन र साधारण सभामा भाग लिन योग्य हुनेछन् ।  डिप्रोक्स लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई १० प्रतिशत बोनस शेयर र ११ दशमलव शून्य ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले फागुन ३० गते बोलाएको साधारण सभाले यो प्रस्ताव अनुमोदन गर्नेछ । सभा होटल सेभेन स्टार प्रालि, चितवनमा बिहान ११ बजे शुरू हुने कम्पनीले जानकारी दिएको छ । त्यस्तै सपोर्ट लघुवित्त वित्तीय संस्थाले गत आवको मुनाफाबाट शेयरधनीलाई ११ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ५८ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । यो प्रस्ताव पारितका लागि कम्पनीले चैत ४ गते साधारण सभा बोलाएको छ । सभा दुर्गा पार्टी प्यालेस इटहरी सुनसरीमा बिहान ९ः३० बजे शुरू हुने कम्पनीले जानकारी दिएको हो ।

डिप्रोक्स लघुवित्त २२औँ वर्षमा, २८ कर्मचारीलाई दीर्घ सेवा पदक

डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेड २१ औँ वर्ष पूरा गरी २२औँ वर्षमा प्रवेश गरेको छ । औपचारिक वित्तीय सेवाको पहुँच वाहिररहेका विपन्न ग्रामिण परिवारलाई स्तरीय, दिगो तथा भरपर्दो लघुवित्त सेवा उपलब्ध गराई उनीहरुको आर्थिक अवास्था सुधार्ने मुल उद्देश्य लिई डिप्रोक्स–नेपाल, नविल बैंक लिमिटेड, कृषि विकास बैंक लिमिटेड, नेपाल बैंक लिमिटेड, लुम्बिनी विकास बैंक लिमिटेड (तत्कालिन […]

किसानलाई बाख्रापालन तालिम

ग्राहक सदस्यहरुको क्षमता अभिवृद्धि अन्तर्गत डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले किसानहरुलाई बाख्रापालन तालिम दिएको छ।...

डिप्रोक्स लघुवित्त २१औं वर्षमा

डिप्रोक्स लघुवित्त वित्तीय संस्था २१औं वर्षमा प्रवेश गरेको छ । चितवनको भरतपुरमा केन्द्रीय कार्यालय रहेको संस्थाले क्षेत्रियस्तरमा कारोबार सुरु गरेपनि २१ वर्षमा प्रवेश गर्दा राष्ट्रियस्तरको वित्तीय संस्था बन्न पुगेको कम्पनीको दावी छ ।हाल संस्थाको चुक्ता पुँजी एक अर्ब ३८ करोड ७४ लाख रहेको र ७१ जिल्लामा १४९ शाखा कार्यालयमार्फत करिव एक लाख ४० हजार भन्दा […]

डिप्रोक्स लघुवित्त २१औं वर्षमा प्रवेश

हाल संस्थाको चुक्तापुँजी १ अर्ब ३८ करोड ७४ लाख रूपैयाँ पुगेको छ। कम्पनीले हाल देशभरका एक सय ४९ शाखामार्फत सेवा प्रदान गर्दै आएको छ।...

डिप्रोक्स लघुवित्तको लाभांश घोषणा, कति दिँदैछ बोनस ?

१७ भदौ, काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । गत आर्थिक वर्ष २०७७/ ७८ को मुनाफाबाट शेयरधनीलाई २१ दशमलव शून्य ५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । कम्पनीले २० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १ दशमलव शून्य ५ प्रतिशत नगद लाभांशसमेत गरी कुल २१ दशमलव शून्य ५ […]

डिप्रोक्स लघुवित्त [आधारभूत तथा प्राविधिक विश्लेषण ]

साउन १७, काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले गत आवको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरिसकेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको नाफा अघिल्लो आवको चौथो त्रैमासको तुलनामा गत आवमा १५९ प्रतिशतले वृद्धि भएको हो ।  कम्पनीले अघिल्लो आवमा रू. २७ करोड ४९ लाख ९१ हजार नाफा आर्जन गरेकोमा गत आवमा वृद्धि भएर रू. ७१ करोड ३७ लाख २९ हजार पुगेको हो । गत आवमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा वृद्धि भएकाले नाफा बढेको हो ।  साथै, कम्पनीले रू. ३८ करोड ९८ लाख ५६ हजार खराब कर्जा उठाउन सफल भएकाले पनि नाफा बढ्न टेवा पुगेको देखिन्छ । खुद ब्याज आम्दानी अघिल्लो आवको तुलनामा गत आवमा ४२ प्रतिशत र सञ्चालन नाफा ६५ प्रतिशतले वृद्धि भएको हो ।  अघिल्लो आवको मुनाफाबाट शेयरधनीलाई १५ प्रतिशत बोनस शेयर वितरण गरेपछि चुक्तापूँजी रू. १ अर्ब १५ करोड ६२ लाख पुगेको छ । जगेडामा कम्पनीले रू. १ अर्ब २९ करोड ४५ लाख ७८ हजार सञ्चित गरेको छ ।  गत आवको चौथो त्रैमाससम्ममा कम्पनीले रू. ७ अर्ब ७८ करोड ४० लाख ६ हजार सापटी लिएर, रू. ६ अर्ब ५४ करोड १७ लाख ६७ हजार निक्षेप संकलन गरेर रू. १५ अर्ब २३ करोड ३८ लाख ४१ हजार कर्जा लगानी गरेको हो ।  गत आवमा कम्पनीको खराब कर्जा संकलनमा वृद्धि भएसँगै निष्क्रिय कर्जा घटेको छ । अघिल्लो आवमा कम्पनीको निष्क्रिय कर्जा २ दशमलव ४७ प्रतिशत रहेकोमा गत आवमा घटेर शून्य दशमलव ९२ प्रतिशत कायम भएको हो । प्रतिशेयर आम्दानी रू. ६१ दशमलव ७३,मूल्य आम्दानी अनुपात २७ दशमलव ३१ गुणा, तरलता अनुपात ९ दशमलव ८५ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. २११ दशमलव ९६ रहेको छ । प्राविधिक विश्लेषण : मैनबत्ती चित्र :      २ मे २०२१                                                                                                         १अगष्ट २०२१ स्ट्यान्डर्ड डेभिएशन :              २ मे २०२१                                                                                   १ अगष्ट २०२१ आरएसआई :                   २ मे २०२१                                                                                          १ अगष्ट २०२१ मुभिङ एभरेज : २ मे २०२१                                                                                १ अगष्ट २०२१   निष्कर्ष : कम्पनीको ६४ दिनको कारोबार अवधिको अन्तिम दिनमा लामो टुप्पी भएको सेतो शरीरको मैनबत्ति बनेको छ । सुटिङ स्टार जस्तो देखिने यो आकृतिले बजारमा कम्पनीको हालको प्रवृत्तिमा रिभर्सलको संकेत गर्छ ।  आरएसआई ओभरबौज्ट जोन ७२ दशमलव ८२ विन्दुमा छ । यसले शेयर खरीद चाप उच्च रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन ३६ दशमलव ६३ विन्दुमा छ ।  यसले उतारचढाव सामान्य रहेको देखाउँछ । यस्तो अवस्थामा जोखिम मध्यम हुन्छ भने प्रतिफल पनि मध्यम हुने गर्दछ । त्यस्तै कम्पनीको मुभिङ एभरेज २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एक आपसमा टाढिएका छन् ।  हालको मूल्यरेखा यी दुवै मूल्यरेखा भन्दा माथि छ । आइतवारको शेयरमूल्य रू. १ हजार ८५५देखि बजारको अवस्था परिवर्तन भई मूल्य सस्तिएमा रू. १ हजार ७८९ मा टेवा पाउने देखिन्छ । कम्पनीको यो मूल्य ६४ कारोबार दिन यताकै उच्च रहेको छ ।

डिप्रोक्स लघुवित्त र नेपाल लाइफ इन्स्योरेन्सको बोनस शेयर सूचीकृत

असार २७, काठमाडौं । आइतवार नेपाल लाईफ र डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ ।  नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ३१ प्रतिशत बोनस शेयर बापतको १ करोड ७० लाख ३८ हजार ९८ दशमलव ५१ कित्ता र डिप्रोक्स लघुवित्तले १५ प्रतिशत बोनस शेयर बापतको १५ लाख ८ हजार १५० दशमलव ३६१८ कित्ता शेयर सूचीकृत गराएको हो ।  सोमवारदेखि कारोबार योग्य हुने यो शेयर सम्बन्धीत शेयरधनीहरुले भने आफ्नो हितग्राही खातामा जम्मा भएपछि मात्र कारोबार गर्न सक्नेछन् । नेपाल लाईफले यस वर्ष ३१ प्रतिशत बोनस शेयरसँगै कर प्रयोजनका लागि २० प्रतिशत नगद लाभांश समेत वितरण गर्ने प्रस्ताव गत माघ २८ गतेको वार्षिक साधारण सभामार्फत पारित गरेको थियो । वार्षिक साधारण सभाबाट पारित गरेको पाँच महीनामा नेपाल लाईफको बोनस शेयर सूचीकृत भएको हो ।  त्यस्तै, डिप्रोक्स लघुवित्तले १५ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेत ५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव चैत २० गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित गरेको थियो । दुवै कम्पनीले बोनस शेयर कर प्रयोजनका लागि समेत नगद लाभांश दिने प्रस्ताव पातिर गरेकाले शेयरधनीहरुले बोनस शेयर बापतको कर बुझाउनु पर्ने छैन ।

डिप्रोक्स लघुवित्तको सञ्चालकमा दाहाल नियुक्त

डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले स्वतन्त्र सञ्चालकमा श्यामकृष्ण दाहाललाई नियुक्त गरेको छ । कम्पनीको जेठ ११ गते बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो ।दाहाललाई जेठ ११ गतेदेखि आगामी ४ वर्षका लागि स्वतन्त्र सञ्चालकमा नियक्त गरेको कम्पनीले नेप्सेमार्फत जानकारी गराएको हो ।