डिप्रोक्स लघुवित्त र सपोर्ट लघुवित्तको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज

काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था र सपोर्ट लघुवित्त वित्तीय संस्ताको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज रहेको छ । डिप्रोक्स लघुवित्तले फागुन १९ गते र सपोर्ट लघुवित्तले फागुन २१ गते बुक क्लोज गर्दै छन् । सोही कारण यी दुई कम्पनीका आजसम्म कायम शेयरधनीमात्र लाभांश पाउन र साधारण सभामा भाग लिन योग्य हुनेछन् ।  डिप्रोक्स लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई १० प्रतिशत बोनस शेयर र ११ दशमलव शून्य ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले फागुन ३० गते बोलाएको साधारण सभाले यो प्रस्ताव अनुमोदन गर्नेछ । सभा होटल सेभेन स्टार प्रालि, चितवनमा बिहान ११ बजे शुरू हुने कम्पनीले जानकारी दिएको छ । त्यस्तै सपोर्ट लघुवित्त वित्तीय संस्थाले गत आवको मुनाफाबाट शेयरधनीलाई ११ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ५८ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । यो प्रस्ताव पारितका लागि कम्पनीले चैत ४ गते साधारण सभा बोलाएको छ । सभा दुर्गा पार्टी प्यालेस इटहरी सुनसरीमा बिहान ९ः३० बजे शुरू हुने कम्पनीले जानकारी दिएको हो ।

सम्बन्धित सामग्री

डिप्रोक्स लघुवित्तको १०.५३ प्रतिशत लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज

काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रस्ताव गरेको कुल १० दशमलव ५३ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले प्रस्तावित लाभांशसहित अन्य विविध प्रस्ताव पारितका लागि चैत २५ गते २२औं वार्षिक साधारण सभा बोलाएको छ । उक्त सभा प्रयोजनका लागि कम्पनीले चैत १५ गते एक दिन बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा चैत १४ गतेसम्म कायम शेयरधनी मात्र लाभांश प्राप्त गर्न र सभामा भाग लिन योग्य हुनेछन् ।  कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट यस वर्ष कुल १० दशमलव ५३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । हाल कायम चुक्ता पूँजी १ अर्ब ५५ करोड १० लाख ८८ हजार रुपैयाँका आधारमा १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ५३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव कम्पनीले गरेको हो । यस वर्ष कम्पनीले गत वर्षभन्दा कम लाभांश वितरण गर्न लागेको हो । गत वर्ष कम्पनीले १० प्रतिशत बोनस शेयर र कर प्रयोजन समेतका लागि ११ दशमलव शून्य ५३ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । यस वर्षको १० प्रतिशत बोनस शेयर वितरणपछि कम्पनीको चुक्ता पूँजी १ अर्ब ७० करोड ६१ लाख ९६ हजार रुपैयाँ कायम हुनेछ । कम्पनीले चितवनको सौराहास्थित पार्क सफारी रिसोर्टमा बिहान १० बजे सभा गर्ने निर्णय गरेको हो । सभाले गत आर्थिक वर्ष ०७९/८० को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरण पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषयलाई अन्तिम रूप दिनेछ ।

डिप्रोक्स लघुवित्तको लाभांश सुरक्षित गर्ने अन्तिम दिन सोमवार

असोज १०, काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने अन्तिम दिन सोमवारसम्म रहेको छ ।  कम्पनीले शेयरधनी दर्ता पुस्तिका असोज १२ गतेदेखि २३ गतेसम्म बन्द गर्ने भएसँगै असोज ११ गतेसम्म कायम शेयरधनीले लाभांश र साधारण सभामा भाग लिन पाउनेछन् ।  कम्पनीले २० प्रतिशत बोनस शेयर र १ दशमलव ०५३५ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने निर्णय गरेको छ । उक्त लाभांश पारित गर्न कम्पनीले असोज २३ गते साधारण सभा बोलाएको छ ।कम्पनीले सभा बिहान ११ बजे चितवन गार्डेन रिर्सोट भरतपुर, चितवनमा हुने बताएको छ । साथै कम्पनीले शेयर संरचना र कर्मचारी पद समायोजनको विषमा नाडेप लघुवित्तसँग असहति भएकाले मर्जर प्रक्रिया अघि नबढेको र मर्जर गर्न नसकिने भएकोले यो विषय राष्ट्र बैंकलाई जानकारी गराएको उल्लेख गरेको छ । सोही कारण अहिलेसम्म भए गरेका कामलाई अनुमोदन गर्ने र अहिलेसम्मका काम नियमन निकायहरुको निर्देशन अनुसार गराउनलाई सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि सभाले पारित गर्नेछ ।  सभाले सर्वसाधारण शेयरधनीको तर्फबाट तीन जना सञ्चालकको निर्वाचन गर्ने र अन्य कुनै वित्तीय संस्थाहरुसँग गाभ्न र गाभिन परेमा त्यसको सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि पारित गर्नेछ ।