डिप्रोक्स लघुवित्त [आधारभूत तथा प्राविधिक विश्लेषण ]

साउन १७, काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले गत आवको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरिसकेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको नाफा अघिल्लो आवको चौथो त्रैमासको तुलनामा गत आवमा १५९ प्रतिशतले वृद्धि भएको हो ।  कम्पनीले अघिल्लो आवमा रू. २७ करोड ४९ लाख ९१ हजार नाफा आर्जन गरेकोमा गत आवमा वृद्धि भएर रू. ७१ करोड ३७ लाख २९ हजार पुगेको हो । गत आवमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा वृद्धि भएकाले नाफा बढेको हो ।  साथै, कम्पनीले रू. ३८ करोड ९८ लाख ५६ हजार खराब कर्जा उठाउन सफल भएकाले पनि नाफा बढ्न टेवा पुगेको देखिन्छ । खुद ब्याज आम्दानी अघिल्लो आवको तुलनामा गत आवमा ४२ प्रतिशत र सञ्चालन नाफा ६५ प्रतिशतले वृद्धि भएको हो ।  अघिल्लो आवको मुनाफाबाट शेयरधनीलाई १५ प्रतिशत बोनस शेयर वितरण गरेपछि चुक्तापूँजी रू. १ अर्ब १५ करोड ६२ लाख पुगेको छ । जगेडामा कम्पनीले रू. १ अर्ब २९ करोड ४५ लाख ७८ हजार सञ्चित गरेको छ ।  गत आवको चौथो त्रैमाससम्ममा कम्पनीले रू. ७ अर्ब ७८ करोड ४० लाख ६ हजार सापटी लिएर, रू. ६ अर्ब ५४ करोड १७ लाख ६७ हजार निक्षेप संकलन गरेर रू. १५ अर्ब २३ करोड ३८ लाख ४१ हजार कर्जा लगानी गरेको हो ।  गत आवमा कम्पनीको खराब कर्जा संकलनमा वृद्धि भएसँगै निष्क्रिय कर्जा घटेको छ । अघिल्लो आवमा कम्पनीको निष्क्रिय कर्जा २ दशमलव ४७ प्रतिशत रहेकोमा गत आवमा घटेर शून्य दशमलव ९२ प्रतिशत कायम भएको हो । प्रतिशेयर आम्दानी रू. ६१ दशमलव ७३,मूल्य आम्दानी अनुपात २७ दशमलव ३१ गुणा, तरलता अनुपात ९ दशमलव ८५ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. २११ दशमलव ९६ रहेको छ । प्राविधिक विश्लेषण : मैनबत्ती चित्र :      २ मे २०२१                                                                                                         १अगष्ट २०२१ स्ट्यान्डर्ड डेभिएशन :              २ मे २०२१                                                                                   १ अगष्ट २०२१ आरएसआई :                   २ मे २०२१                                                                                          १ अगष्ट २०२१ मुभिङ एभरेज : २ मे २०२१                                                                                १ अगष्ट २०२१   निष्कर्ष : कम्पनीको ६४ दिनको कारोबार अवधिको अन्तिम दिनमा लामो टुप्पी भएको सेतो शरीरको मैनबत्ति बनेको छ । सुटिङ स्टार जस्तो देखिने यो आकृतिले बजारमा कम्पनीको हालको प्रवृत्तिमा रिभर्सलको संकेत गर्छ ।  आरएसआई ओभरबौज्ट जोन ७२ दशमलव ८२ विन्दुमा छ । यसले शेयर खरीद चाप उच्च रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन ३६ दशमलव ६३ विन्दुमा छ ।  यसले उतारचढाव सामान्य रहेको देखाउँछ । यस्तो अवस्थामा जोखिम मध्यम हुन्छ भने प्रतिफल पनि मध्यम हुने गर्दछ । त्यस्तै कम्पनीको मुभिङ एभरेज २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एक आपसमा टाढिएका छन् ।  हालको मूल्यरेखा यी दुवै मूल्यरेखा भन्दा माथि छ । आइतवारको शेयरमूल्य रू. १ हजार ८५५देखि बजारको अवस्था परिवर्तन भई मूल्य सस्तिएमा रू. १ हजार ७८९ मा टेवा पाउने देखिन्छ । कम्पनीको यो मूल्य ६४ कारोबार दिन यताकै उच्च रहेको छ ।