पैसठ्ठी हजार हेक्टर बढी जमिनमा सिँचाइ पुर्‍याउने लक्ष्य

तनहुँ, २२ पुस । तनहुँ जिल्लामा रहेका खेतीयोग्य जमिनमा बाह्रैमहिना सिँचाइ सुविधा पुर्‍याउने लक्ष्यका साथ सिँचाइ क्षेत्रमा काम भइरहेको छ । कूल पैसठ्ठी हजार हेक्टर खेतीयोग्य जमिनमध्ये एकाउन्न हजार छ सय चौध हेक्टरमा खेती गरिँदै आएको छ । विभिन्न सिँचाइ योजना सम्पन्न गरी जिल्लामा हाल पाँच हजार सात सय बहत्तर हेक्टर क्षेत्रफल जमिनमा बाह्रैमहिना सिँचाइ […]

सम्बन्धित सामग्री

दश वर्षमा डिजेल विस्थापित गर्ने लक्ष्य

वार्षिक अर्बौं रुपैयाँको पेट्रोलियम पदार्थको आयात गरिरहेको नेपालले केही वर्षभित्रै जाट्रोफामार्फत डिजेललाई विस्थापन गर्न सक्ने देखिएको छ । देशका ४० जिल्लामा भइरहेको जाट्रोफाको व्यावसायिक खेतीबाट उत्पादन हुने बायोडिजेलमार्फत यस्तो सम्भावना बढेको हो । जाट्रोफाको दाना पेलेर निस्कने तेललाई पेट्रोलियम पदार्थको विकल्पका रूपमा प्रयोग गर्न सकिन्छ । क्रिष्टल बायोइनर्जीले देशका ४० जिल्लाका १२ हजार हेक्टरभन्दा बढी जमिनमा स्थानीय साझेदारीमा जाट्रोफाको खेती गरिरहेको छ । ‘सातदेखि दश वर्षभित्र डिजेललाई पूर्ण रूपमा विस्थापित गर्न सक्छौं,’ क्रिष्टल बायोइनर्जी नेपालका प्रबन्ध निर्देशक रमेशकुमार राईले भने, ‘सात वर्षभित्र वार्षिक एक अर्ब लिटर बायोडिजेल उत्पादन गर्न सकिन्छ ।’ कम्पनीले सहकारी, वन उपभोक्ता समूह, कृषक समूह तथा अन्य संघसंस्थाको साझेदारीमा जाट्रोफाको खेती गरिरहेको छ । जाट्रोफाको दानाबाट निस्कने तेललाई डिजेलको विकल्पमा सवारीसाधन, जेनरेटर तथा थर्मल प्लान्टलगायतमा प्रयोग गर्न सकिन्छ । नेपालमा जाट्रोफालाई कहीँ कदम र कहीँ सजिवनको नामले चिनिन्छ । अन्य बाली लाउन नसकिने रुखो स्थानमा सहज तरिकाले यसको खेती गर्न सकिने विशेषज्ञहरू बताउँछन् । राईका अनुसार एक हेक्टर जमिनमा २ हजार ५ सय जाट्रोफाको बिरुवा अटाउँछ । जाट्रोफाको एउटा बोटबाट दाना उत्पादन हुन कम्तीमा तीन वर्ष लाग्छ । एउटा बोटबाट वार्षिक चारदेखि १० किलोसम्म दाना उत्पादन हुने जाट्रोफाका विशेषज्ञ समेत रहेका राई भन्छन् । वर्ष ५ अंक ५१, २०६७, भदौ ७–१३

रुसको सहयोगमा निर्मित सुपरसोनिक क्रुज मिसाइलको भारतमा सफल परीक्षण

१० चैत, काठमाडौं । भारतले रुसको सहयोगमा निर्मित ब्रह्मोस सुपरसोनिक क्रुज मिसाइलको सफल परीक्षण गरेको छ । जमिनबाट जमिनमा प्रहार गर्ने यस मिसाइलको परीक्षण बुधबार अण्डमान र निकोबार द्वीपमा गरिएको थियो । यो सुपरसोनिक क्रुज मिसाइल आवाजको गतीभन्दा तीन गुणा बढी रफ्तारमा उडेर लक्ष्य भेद्न सक्छ । भारतीय अधिकारीहरुका अनुसार परीक्षणको क्रममा यसले लामो दुरीको […]

बालुवामा ‘माेहर’ फलाउँदै सुनसरीका अस्गर अली (फाेटाे फिचर)

सुनसरी – सुनसरीका किसान अस्गर अली बालुवामा मोहर फलाउने ध्याउन्नमा लाग्नुभएकाे छ । उहाँकाे दैनिकी र लक्ष्य भनेकै कोसीकाे बाढीले बन्जर बनाएको जमिनमा फसल उब्जाउनु हो । कोसी गाउँपालिका ५ कुम्याहीकाे हुर्कीटोलका अली बालुवामा खेती गर्ने नमुना किसानसमेत हुनुहुन्छ । उहाँले यसअघिका बाली भने उठाइ सक्नुभएकाे छ । मनग्य आम्दानी गर्दै आएका अलीले यतिबेला १२ बिघाभन्दा बढी बालुवामा मौसमी खेतीलगायतका बाली लगाउनुभएकाे छ ।  गाउँपालिकाको सहयोगमा भारतकाे राजस्थान भ्रमण गरी सिकेको ज्ञानलाई व्यवहारमा उतारेका अलि यतिबेल...

सुनसरीका किसान ‘बालुवामा हुने खेती’मा आकर्षित

इनरुवा : सुनसरीका किसान बालुवामा उत्पादन हुने खेतीमा आकर्षित भएका छन्।अस्गर अलि बालुवामा मोहर फलाउने ध्याउन्नमा लागेका किसान हुन्। उनको दैनिकी र लक्ष्य भनेकै कोशीको बाढीले बन्जर बनाएको जमिनमा फसल उब्जाउनु रहेको छ।कोशी गाउँपालिका–५ कुम्याही, हुर्कीटोल घर भएका अलि बालुवामा खेती गर्ने नमुना कृषक समेत हुन्। मनग्गे आम्दानी गर्दै आएका अलिले यतिवेला १२ बिघाभन्दा बढी बालुवामा मौसमी खेती लगायतका विभिन्न बाली लगाएका छन्।गाउँपालिकाको सहयोगमा राजस्थान समेतको भ्रमण गरी सिकेको ज्ञानलाई व्यवहारमा उतारेका

ताराखोलाको नीति : बाँझो जमिनमा कृषि

बागलुङ । ताराखोला गाउँपालिकाले बाँझो जमिन सदुपयोग गर्ने नीतिमार्फत काम थालेको छ । गाउँपालिकाले कृषि उत्पादनमा जोड दिँदै ५०० रोपनी जग्गा लिएर आफ्नै उत्पादनको केन्द्र बनाउने योजना अगाडि सारेको हो ।    यसका लागि ६५ रोपनी जमिन १० वर्षका लागि भाडामा लिइसकेको छ । वडा नं ४ को नागबेली खोलामा उक्त जग्गा लिएको अध्यक्ष प्रकाश घर्तीले जानकारी दिए । जग्गा सदुपयोग गरेर आलुखेती गर्ने र किसानलाई नमूना फार्मका रूपमा देखाउने लक्ष्य रहेको उनले सुनाए । ‘हामीले आफ्नो उत्पादन केन्द्र देखाएर अन्य किसानलाई पनि प्रेरित गर्ने भनेका छौं,’ उनले भने, ‘त्यसका लागि जग्गाको खोजीमा लागेका छौं ।’ ताजा तरकारी उत्पादनमा पनि यो अभियान जोडिने बताइएको छ । गाउँपालिकाले समपूरक कोष र विशेष अनुदान समेत जुटाएर यो काम गर्ने लक्ष्य राखेको छ । यो अभियान पूरा गर्न कम्तीमा १० करोडसम्म लाग्ने अनुमान छ । पहिलो चरणमा भने सानो रकमबाटै काम थाल्ने उनले जानकारी दिए । पालिकाले पहिलो वर्ष लिएको घरघरै उद्यमी बनाउने योजनामा यो कार्यक्रम सहयोगी हुनेछ । ताराखोलामा विशेषगरी आलु, मूला, साग, च्याउजस्ता तरकारी खेती हुने गर्छ । साथै मौसमी तरकारीको उत्पादनलाई पनि बजारीकरण गर्ने योजनाअनुसार संकलन र विक्रीको प्रबन्धमा किसानलाई नै अगुवाइ गर्न लगाएको ताराखोला–४ का वडाध्यक्ष जितबहादुर खत्रीले बताए । अलैंची र किबी नगदेबाली पनि यहाँ व्यावसायिक रूपमा उत्पादन भइरहेका छन् । कम्तीमा १० टन अलैंची अहिले पनि उत्पादन भइरहेको स्थानीय इन्द्र रोकाले बताए । कतिपय स्थानमा सिँचाइका आयोजना सञ्चालन गरेमा बाँझो जमिन उपयोग हुने योजना छ ।  चालू वर्ष अर्गल सिँचाइ आयोजना शुरुआत छ । वडा नं १ देखि ५ सम्म सिँचाइका लागि पोखरी निर्माणमा पनि गाउँपालिकाले लगानी गरेको छ । उद्योगतर्फ घरेलु प्रकारका बढी छन्, जसमा ढुंगाखानी, ढाका बुनाइ, नेपाली हाते कागज जस्ता सामान यहाँ उत्पादन भरहेका छन् । भाँगो लगायत मगर ममुदायले लगाउने अन्य पोशाक पनि बनाएर कमाइको माध्यम बनाउनेछन् । उनीहरूलाई सूचीकृत गर्ने, बीउ पूँजी दिएर उत्पादनलाई व्यावसायिक बनाउन लगाउने योजना उनले सुनाए । ताराखोलामा हाल पाइने रातो च्याउलाई व्यवस्थित रूपमा उत्पादन गरेर बजारीकरणमा लगाउन ग्रामीण किसानलाई तालिम समेत दिने योजना छ । हाल भाँगोलाई चटनीका रूपमा प्रयोग गरे पनि सरकारी तहबाट भने गाँजाका रूपमा चित्रण हुँदा बेलाबेला नष्ट गर्नेक्रम चल्छ । संसद्मा गाँजाको व्यावसायिक खेतीलाई अनुमति दिनेगरी कानूनको मस्यौदा तयार भएकाले किसान उत्साही छन् । रासस

कृषिमा स्थानीय सरकारको अनुदानबाट रोकिँदै विदेशिनेहरू

स्याङ्जा । फेदीखोला गाउँपालिका–३ का अनिल पौडेल अहिले आफ्नै गाउँघरमा कृषि तथा पशु फार्म सञ्चालन गरेर मनग्य आम्दानी गर्न सफल भएका छन् । वैदेशिक रोजगारका सिलसिलामा तीन वर्ष कतारमा बिताएका २७ वर्षीय पौडेल स्वदेश फर्किएर दुई वर्षदेखि गाउँमै कृषिमा रमाइरहेका छन् ।      पाँच वटा भैंसीबाट आफ्नो व्यवसाय सुरु गरेका पौडेलले यसबाहेक २५ रोपनी जमिनमा टनेल निर्माण गरेर तरकारी खेती गरिरहेका छन् । अहिले पौडेलका महालक्ष्मी कृषि तथा पशु फार्ममा सानाठूला गरेर १३ भैंसी छन् । उनले दैनिक ४० लिटर दूध पोखरा लगेर १ सयदेखि १२० रुपैयाँ प्रतिलिटरमा बिक्री गर्दै आएका छन् । टनेलमा गोलभेडा, काउली, बन्दागोभी, भिन्डी, सागलगायत तरकारी लगाउँदै आएका पौडेलले भने, ‘गाउँघरको आफ्नै जमिन सदुपयोग गरेर वार्षिक चार लाखसम्म आम्दानी गर्न पाएकामा खुसी लागेको छ ।’ देशमा रोजगारी अवसर नभएको भनी दिनहुँजसो हजारभन्दा बढी युवा विदेश गइरहेका बेला यहाँका केही युवा भने आफ्नै गाउँठाउँमा स्वरोजगार बन्ने प्रयास गरिरहेका छन् । आफ्नै लगानीमा केही गर्नेभन्दा पनि अर्कैको काम गरेर आयआर्जन गर्ने भावना विपरीत यहाँका तन्नेरीहरू आफ्नै पसिनामा आफ्नो भविष्य खोज्दै स्वरोजगार बन्ने अभियानमा छन् । स्थानीय तहले किसानलाई लक्ष्य गरेर नीति तथा कार्यक्रम ल्याएपछि त्यस्ता युवाको आकर्षण कृषि पेसामा बढेको छ । गाउँपालिकाले वैदेशिक रोजगारबाट फर्किएर आएका युवालाई स्वरोजगार बनाउने योजनानुसार कृषि तथा पशुपालनका लागि अनुदान दिने नीति बनाएको छ । गाउँपालिकाले उत्पादनमा आधारित १५ प्रतिशत अनुदान दिने र २६ तरकारीमा न्यूनतम समर्थन मूल्य निधारण गरेर किसानलाई अनुदान उपलब्ध गराउँदै आएको पालिका अध्यक्ष घनश्याम सुवेदीले बताए । उनले भने, ‘पालिकाले अधिकतम युवा तथा कृषकलाई कृषिमा व्यावसायिक रूपमा लाग्न हौसला प्रदान गर्ने योजनाअनुसार उत्पादनका आधारमा अनुदान दिने नीति लिएको छ ।’      पालिकाले गाउँठाउँमा रहेको बाँझो जमिनमा खेती गर्ने किसानलाई पनि अनुदान दिँदै आएको छ । सुवेदीका अनुसार बाँझो भएको आफ्नै जमिनमा खेती गर्ने किसानलाई प्रतिरोपनी २ हजार र जमिन भाडामा लिएर खेती गर्ने किसानलाई प्रतिरोपनी २ हजार ५ सयका दरले अनुदान दिँदै आएको छ । गाउँपालिकाले अनुदान दिन थालेसँगै २ हजार सय रोपनी बाँझो जमीनमा खेती हुन थालेको र १० करोड बराबरको थप खाद्यान्न उत्पादन भएको सुवेदीले बताए । उनले भने, ‘बाँझो जमिनमा खेती गर्ने किसानलाई अनुदान दिन सुरु गरिएसँगै खाद्यान्न उत्पादनमा वृद्धि भएको छ, रोजगारी सिर्जनाका साथै खाद्यान्न उत्पादनमा पालिकालाई आत्मनिर्भर बनाउन सहयोग पुगेको छ ।’ गाउँपालिका कृषि शाखा प्रमुख शिशिर पण्डितले ५२६ किसानले बाँझो जमीनमा खेती गर्न सुरु गरेको र ४० देखि ५० हजारसम्म अनुदान पाएको जानकारी दिए । उनले भने, ‘एक मुरी धानसमेत उत्पादन नगर्ने किसानले अहिले बाँझो जमिनमा खेती गरेर २५/३० मुरीसम्म धान फलाएका छन् । यस अभियानले पालिकाभित्र जमिन बाँझो राख्ने प्रवृत्तिलाई निरुत्साहन गर्दै खेतीपातीमा लाग्न किसानलाई उत्साहित बनाएको छ ।’       संयुक्त अरब इमिरेट्समा आठ वर्ष बिताएर नेपाल फर्किएका फेदीखोला–२ का ४६ वर्षीय गंगाधर पौडेल फेरि विदेश जाने योजनामा भएकामा गाउँपालिकाको अनुदान नीति थाहा पाएपछि योजना बदल्दै आफ्नै पाँच रोपनी जमिनमा तरकारी खेती गरेर वार्षिक ३ लाख आम्दानी गर्न सफल भएका छन् । उनले आफ्नो खेतबारीमा हरियो तरकारी साग, काउली, बन्दाका साथै गोलभेडा र आलु खेती गर्दै आएका छन् । गाउँपालिकाको सहयोग पाएपछि आफू वैदेशिक रोजगारलाई छाडेर गाउँघरमै तरकारी खेतीमा लागेको पौडेलले बताए । उनले भने, ‘अर्काको देशमा गएर पसिना बगाउनुभन्दा आफ्नै गाउँघरमा परिवारसँगै बसेर वार्षिक ३–४ लाख रुर्पयाँ कमाउन सकिने भएपछि किन जाने विदेश ? मलाई यहीँ खेतीपाती गर्नुमा खुसी लागेको छ ।’ खेती गर्न चाहनेलाई गाउँपालिकाले अनुदान दिने अनि उत्पादन गरेको वस्तुसमेत घरघरमै पुगेर खरिद गर्ने गरेपछि किसानलाई काम गर्न उत्साहित बनाएको पौडेलको भनाइ थियो । गाउँपालिकाले प्लास्टिक टनेल, हाते ट्रयाक्टर र थोपा सिँचाइ परियोजनाका लागि सहयोग गर्ने गरेको छ । गाउँपालिकाले वैदेशिक रोजगारमा गएर कोभिड–१९ का कारण रोजगारी गुमाएका युवालाई प्रतिव्यक्ति २ लाख ५० हजारका दरले सहयोग गरेको छ । यसरी सहयोग पाउने ११ युवा छन् ।      गाउँपालिकाले पालिकाभित्रका कृषकले उत्पादन गरेका वस्तु ढुवानीका लागि कृषि एम्बुलेन्स सञ्चालनमा ल्याएको छ । किसानले उत्पादन गरेका तरकारीलगायत वस्तु पालिकाले तिनको घरमै पुगेर हातहातमै पैसा बुझाएर बजार मूल्यअनुसार खरिद गरेर सहकारीमार्फत बिक्री गर्ने गरेको छ । पालिकाका पाँच वटै वडामा संकलन केन्द्रको व्यवस्था छ । किसानले उत्पादन गरेको तरकारी न्यून मूल्यमा बेच्नुपर्ने अवस्था आएमा न्यूनतम मूल्यमा अपुग रकम गाउँपालिकाले नै थपेर किसानलाई उपलब्ध गराउँछ । रासस

मुस्ताङको स्याउ बजारमा

बागलुङ । दशैंको छेको पारेर मुस्ताङको स्याउ बजारमा आएको छ । उक्त स्याउ असोज १ गतेदेखि विक्रीका लागि बजारमा देखिन थालेको हो । रातो र सेतो रङको स्याउको बागलुङ, कुश्मा, बेनीलगायतका बजारमा विक्री अत्यधिक बढेको छ । धादिङका चन्द्र लामालाई यतिबेला बजारमा स्याउ पुर्‍याउन भ्याइनभ्याइ छ । हरेक वर्ष मुस्ताङको टुकुचेमा बगान ठेक्कामा लिएर उनी बजारमा स्याउँ पु¥याउँछन् । लामाले यस वर्ष पनि बगान ठेक्कामा लिएका छन् । ‘५० लाखमा खरीद गरेको बगानका स्याउ दशैंअघि नै बजारमा पुर्‍याउने लक्ष्य छ,’ उनले भने । उनले टुकुचेमा स्थानीयवासीको बगान ठेक्कामा लिएका हुन् । आफूले दिनमा दुई ट्रकसम्म स्याउ बजार पुर्‍याउने गरेको उनले बताए । बजारमा मुस्ताङको स्याउको माग अत्यधिक छ । लामाजस्तै अन्य व्यवसायीलाई अहिले मुस्ताङको स्याउ काठमाडौं, पोखरा, बागलुङलगायत शहरमा पठाउन भ्याइनभ्याइ छ । बगैंचामा संकलन गरेर बजार पठाउने स्याउ मुस्ताङमै मूल्य प्रतिकिलो ८० देखि १२५ रुपैयाँसम्म पर्छ । दशैं, तिहारको समयमा स्याउ पाक्ने भएकाले यसको खपत बढी हुन्छ । व्यापारीले मुस्ताङको स्याउ प्रतिकिलो २०० देखि २५० रुपैयाँसम्ममा विक्री गर्छन् ।           २०२२ सालमा कृषि मन्त्रालय अन्तर्गतको फल उद्यान विभागले भारतीय राजदूतावासको सहयोगमा भारतको कश्मीरबाट स्याउका बिरुवा ल्याएर वितरण गरेको तथ्यांक छ । सरकारले शुरुआतमा किसानलाई स्याउका बेर्ना बाँडेको थियो । मुस्ताङमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना ‘एप्पल जोन’ कार्यक्रम सञ्चालनमा छ । ‘एप्पल जोन’ कार्यक्रमका प्रमुख सुधीरा थापाका अनुसार मुस्ताङमा एक हजार ४०० हेक्टर जमिनमा स्याउ लगाइएको छ । पाँच सय हेक्टर जमिनमा मात्र अहिले उत्पादन दिने बिरुवा तयार छन् । रासस

मुस्ताङको स्याउ आयो बजारमा

असोज १६, मुस्ताङ । चाडपर्वका बेला बागलुङ, पर्वत, म्याग्दीलगायतका जिल्लामा एउटा चलन छ, ‘कोशेलीमा मुस्ताङको स्याउ’ । दसैँको बेला त मुस्ताङको स्याउको कोशेली झनै चल्छ ।  दशैँको छेको पारेर मुस्ताङको स्याउ बजारमा आएको छ । उक्त स्याउ असोज १ गतेदेखि विक्रीका लागि बजारमा देखिन थालेको हो । रातो र सेतो रङको स्याउको बागलुङ, कुश्मा, बेनीलगायतका बजारमा विक्री अत्यधिक बढेको छ ।  धादिङका चन्द्र लामालाई यतिबेला बजारमा स्याउ पुर्‍याउन भ्याइनभ्याई छ । हरेक वर्ष मुस्ताङको टुकुचेमा बगान ठेक्कामा लिएर उनले स्याउ बारमा पुर्‍याउँछन् । लामाले यसवर्ष पनि बगान ठेक्कामा लिएका छन् ।  ‘रू. ५० लाखमा खरीद गरेको बगानका स्याउ दसैँअघि नै बजारमा पुर्‍याउने लक्ष्य छ’, उनले भने । उनले टुकुचेमा स्थानीयवासीको बगान ठेक्कामा लिनुभएको हो । ‘दसैँपछि बजारमा माग घट्छ, कोशेलीकै कारण दसैँका बेला बजारमा स्याउ राम्रोसँग विक्री हुन्छ’, लामाले भने, ‘‘दिनमा दुई ट्रकसम्म स्याउ बजार पु¥याउने गरेको छु ।’ बजारमा मुस्ताङको स्याउको माग अत्यधिक छ । लामाजस्तै अन्य व्यवसायीलाई अहिले मुस्ताङको स्याउ काठमाडौं, पोखरा, बागलुङलगायतका सहरमा पठाउन भ्याइनभ्याई छ । बगैंचामा संकलन गरेर बजारमा पठाउँदा मुस्ताङमै मूल्य प्रतिकिलो रू. ८० देखि रू. १२५ सम्म पर्छ ।  दसैँ तिहारको समयमा स्याउ पाक्ने भएकाले यसको खपत बढी हुन्छ । ‘यहाँ मुस्ताङको स्याउ पाइन्छ’ अधिकांश फलफुलका पसलमा यही  लेखेर टाँस्ने गरेको स्याउ व्यवसायी पल डिसी बताउँछन् । व्यापारीले मुस्ताङको स्याउ प्रतिकिलो रू. २०० देखि रू. २५० सम्ममा बिक्री गर्छन् ।   विसं २०२२ मा कृषि मन्त्रालयअन्तर्गतको फल उद्यान विभागले भारतीय राजदूतावासको सहयोगमा भारतको कश्मीरबाट स्याउका बिरुवा ल्याएर वितरण गरेको तथ्यांक छ । सरकारले सुरुआतमा किसानलाई स्याउका बेर्ना बाँडेको थियो । वर्षभरि खान चाना बनाएर सुकाउने चलन छ ।  प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना ‘एप्पल जोन’ कार्यक्रम सञ्चालनमा छ । ‘एप्पल जोन’ कार्यक्रमका प्रमुख सुधीरा थापाका अनुसार मुस्ताङमा एक हजार ४०० हेक्टर जमिनमा स्याउ लगाइएको छ । ५०० हेक्टर जमिनमा मात्र अहिले उत्पादन दिने बिरुवा तयार छन् । रासस

निलबाराहीमा सीई ग्रुपको हाउजिङ र अपार्टमेन्ट, एउटा घरको मूल्य कति ?

सीई ग्रुपले भक्तपुरको निलबाराहीमा हाउजिङ र अपार्टमेन्ट बनाउन सुरु गरेको छ । हाउजिङ भित्रका घरहरुको बुकिङ पनि सुरु भईसकेको छ । ५५ रोपनी जग्गामा बन्ने परियोजनामा ३ अर्ब ५० करोड रुपैयाँ लगानीको अनुमान गरिएको छ । ४८ रोपनी जमिनमा ‘सिंगल स्ट्यान्ड बिल्डिङ र ७ रोपनी क्षेत्रफलमा अपार्टमेन्ट निर्माण हुने ग्रुपले जनाएको छ । घरहरु कति जग्गामा बन्नेछन् ?परियोजनाभित्र ९९ वटा सिंगल घर बन्ने छन् । अपार्टमेन्टमा १ सय बढी युनिट बनाईनेछ । ५ प्रकारका डिजाइनमा बन्ने घरहरु साढे दुई तलाका हुनेछन् । ३ आनादेखि ११ आनासम्म क्षेत्रफलमा फैलिएका घरहरु १५४० स्क्‍वायरफिटदेखि २८ सय वर्गफीटसम्मका हुने कम्पनीले जनाएको छ ।३ वर्षभित्र घरहरु बनाएर बुकिङ गरेरका व्यक्तिहरुलाई हस्तान्तरण गरिसक्ने लक्ष्य सीईले लिएको छ । विशेषतापरियोजनाभित्र पर्याप्त खुला ठाउँ रहने छ । ८ मिटर सम्मको चौडा सडक, पर्याप्त हरियाली क्षेत्र, हेल्थ क्लब लगायतका सुविधाहरु परियोजनाभित्र रहने छन् ।निर्माण सुरु भएको हाउजिङ परियोजना भक्तपुरको बोडेबाट १.५ किलोमिटर दुरीमा पर्छ । मूल्य कति ?सीई ग्रुपका अध्यक्ष बिजयराज भण्डारीले मध्यम वर्गका व्यक्तिहरुका लागि तार्गेट गरेर यो परियोजना निर्माण थालिएको बताएका छन् ।निलबाराही हाउजिङभित्र बन्ने एउटा घरको मूल्य १ करोड ७५ लाख रुपैयाँदेखि सुरु छ । अधिकतम् ४ करोड ३७ लाख रुपैयाँसम्मका घरहरु बन्ने सीई ग्रुपले जनाएको छ । हाउजिङका अधिकांश घरहरु बुकिङ भइसकेका छन् । अपार्टमेन्टको बुकिङ भने खुलाई सकिएको छैन ।

निलबाराहीमा सीई ग्रुपको हाउजिङ र अपार्टमेन्ट, एउटा घरको मूल्य कति ?

सीई ग्रुपले भक्तपुरको निलबाराहीमा हाउजिङ र अपार्टमेन्ट बनाउन सुरु गरेको छ । हाउजिङ भित्रका घरहरुको बुकिङ पनि सुरु भईसकेको छ । ५५ रोपनी जग्गामा बन्ने परियोजनामा ३ अर्ब ५० करोड रुपैयाँ लगानीको अनुमान गरिएको छ । ४८ रोपनी जमिनमा ‘सिंगल स्ट्यान्ड बिल्डिङ र ७ रोपनी क्षेत्रफलमा अपार्टमेन्ट निर्माण हुने ग्रुपले जनाएको छ । घरहरु कति जग्गामा बन्नेछन् ?परियोजनाभित्र ९९ वटा सिंगल घर बन्ने छन् । अपार्टमेन्टमा १ सय बढी युनिट बनाईनेछ । ५ प्रकारका डिजाइनमा बन्ने घरहरु साढे दुई तलाका हुनेछन् । ३ आनादेखि ११ आनासम्म क्षेत्रफलमा फैलिएका घरहरु १५४० स्क्‍वायरफिटदेखि २८ सय वर्गफीटसम्मका हुने कम्पनीले जनाएको छ ।३ वर्षभित्र घरहरु बनाएर बुकिङ गरेरका व्यक्तिहरुलाई हस्तान्तरण गरिसक्ने लक्ष्य सीईले लिएको छ । विशेषतापरियोजनाभित्र पर्याप्त खुला ठाउँ रहने छ । ८ मिटर सम्मको चौडा सडक, पर्याप्त हरियाली क्षेत्र, हेल्थ क्लब लगायतका सुविधाहरु परियोजनाभित्र रहने छन् ।निर्माण सुरु भएको हाउजिङ परियोजना भक्तपुरको बोडेबाट १.५ किलोमिटर दुरीमा पर्छ । मूल्य कति ?सीई ग्रुपका अध्यक्ष बिजयराज भण्डारीले मध्यम वर्गका व्यक्तिहरुका लागि तार्गेट गरेर यो परियोजना निर्माण थालिएको बताएका छन् ।निलबाराही हाउजिङभित्र बन्ने एउटा घरको मूल्य १ करोड ७५ लाख रुपैयाँदेखि सुरु छ । अधिकतम् ४ करोड ३७ लाख रुपैयाँसम्मका घरहरु बन्ने सीई ग्रुपले जनाएको छ । हाउजिङका अधिकांश घरहरु बुकिङ भइसकेका छन् । अपार्टमेन्टको बुकिङ भने खुलाई सकिएको छैन ।