निलबाराहीमा सीई ग्रुपको हाउजिङ र अपार्टमेन्ट, एउटा घरको मूल्य कति ?

सीई ग्रुपले भक्तपुरको निलबाराहीमा हाउजिङ र अपार्टमेन्ट बनाउन सुरु गरेको छ । हाउजिङ भित्रका घरहरुको बुकिङ पनि सुरु भईसकेको छ । ५५ रोपनी जग्गामा बन्ने परियोजनामा ३ अर्ब ५० करोड रुपैयाँ लगानीको अनुमान गरिएको छ । ४८ रोपनी जमिनमा ‘सिंगल स्ट्यान्ड बिल्डिङ र ७ रोपनी क्षेत्रफलमा अपार्टमेन्ट निर्माण हुने ग्रुपले जनाएको छ । घरहरु कति जग्गामा बन्नेछन् ?परियोजनाभित्र ९९ वटा सिंगल घर बन्ने छन् । अपार्टमेन्टमा १ सय बढी युनिट बनाईनेछ । ५ प्रकारका डिजाइनमा बन्ने घरहरु साढे दुई तलाका हुनेछन् । ३ आनादेखि ११ आनासम्म क्षेत्रफलमा फैलिएका घरहरु १५४० स्क्‍वायरफिटदेखि २८ सय वर्गफीटसम्मका हुने कम्पनीले जनाएको छ ।३ वर्षभित्र घरहरु बनाएर बुकिङ गरेरका व्यक्तिहरुलाई हस्तान्तरण गरिसक्ने लक्ष्य सीईले लिएको छ । विशेषतापरियोजनाभित्र पर्याप्त खुला ठाउँ रहने छ । ८ मिटर सम्मको चौडा सडक, पर्याप्त हरियाली क्षेत्र, हेल्थ क्लब लगायतका सुविधाहरु परियोजनाभित्र रहने छन् ।निर्माण सुरु भएको हाउजिङ परियोजना भक्तपुरको बोडेबाट १.५ किलोमिटर दुरीमा पर्छ । मूल्य कति ?सीई ग्रुपका अध्यक्ष बिजयराज भण्डारीले मध्यम वर्गका व्यक्तिहरुका लागि तार्गेट गरेर यो परियोजना निर्माण थालिएको बताएका छन् ।निलबाराही हाउजिङभित्र बन्ने एउटा घरको मूल्य १ करोड ७५ लाख रुपैयाँदेखि सुरु छ । अधिकतम् ४ करोड ३७ लाख रुपैयाँसम्मका घरहरु बन्ने सीई ग्रुपले जनाएको छ । हाउजिङका अधिकांश घरहरु बुकिङ भइसकेका छन् । अपार्टमेन्टको बुकिङ भने खुलाई सकिएको छैन । 

सम्बन्धित सामग्री

वर्षमा ३६१ युनिट अपार्टमेन्ट मात्र किनबेच

सत्तरीको दशकमा नयाँ बहुतले संयुक्त आवासीय परियोजनाहरू निर्माण नहुँदा अपार्टमेन्ट खरिद–बिक्री घट्दै गइरहेको छ । दशकको अन्तिम आर्थिक वर्ष ०७९/८० मा तीन सय ६१ युनिट अपार्टमेन्ट मात्रै किनबेच भएका छन् । जबकि,...

ललितपुरमा अपार्टमेन्ट बनाउँदा घर भासिए, स्थानीय चिन्तित

ललितपुर : जिल्लाको बखुण्डोलमा समिट अपार्टमेन्ट बनाउने क्रममा वरपरका घर भासिएपछि स्थानीय मारमा परेका छन्।गएराति सो अपार्टमेन्ट वरपरका घर भासिएपछि स्थानीय ज्यानै जाने डरले भागाभागसमेत गरेका हुन। नक्सा पास नै नगरी र आफूहरूसँग अनुमति समेत नलिई अपार्टमेन्ट बनाउन सुरु गरेपछि आफूहरूको घर समेत भासिन पुगेको स्थानीयको भनाइ छ। उनीहरूले आफूहरूको बास बस्ने ठाउँ नभएको भन्दै आवश्यक व्यवस्था तत्काल गर्न पनि माग गरेका छन।सो निर्माणाधिन अपार्टमेन्ट वरपरका एक तला जति घरहरू भासिएका छन। डेरा गरेर बस्नेहरू सबै भ

सुकुमबासीका लागि बनाएको अपार्टमेन्ट ८ वर्षदेखि अलपत्र

दुई सय ३३ परिवारलाई राख्न भनी १२ करोड लागतमा तयार अपार्टमेन्ट भूतबंगलामा रूपान्तरण हुँदै, न त सरकारले सुकुमबासी पहिचान गर्न सक्यो, न कार्यविधि नै बनायो काठमाडौं उपत्यकाका सुकुमबासी तथा न्यून आय...

पोखरामा ठडिंदै ‘टाइम सेयरिङ सर्भिस अपार्टमेन्ट’

पर्यटन र आवासलाई सँगसँगै लैजाने गरि यहाँको अतिथि समूहले ठुलो लगानीमा अपार्टमेन्ट बनाईरहेको छ। यो अपार्टमेन्टलाई आवासीय मात्र नभई पर्यटनमा जोड्ने योजना पनि लगानीकर्ताको छ। समूहले अहिले ठूलो लगानीमा यहाँ ‘टाइम सेयरिङ सर्भिस अपार्टमेन्ट’ निर्माण गरिरहेको छ।...

विदेशीलाई अपार्टमेन्ट किन्न दिनुहुँदैन : दुर्गा पौडेल

राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेलले विदेशीलाई अपार्टमेन्ट किन्न दिन नहुने भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन् । प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा  आर्थिक वर्ष २०७९/०८० को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफलमा सहभागी हुँदै उनले विदेशीलाई अपार्टमेन्ट किन्न दिन नहुने भन्दै यसप्रति सरकारको ध्यानाकर्षण गराएकी हुन् । बजेटमा सीमा अतिक्रमण र भूमि फिर्ता ल्याउने विषय उल्लेख नभएको उनको भनाइ छ ।

विदेशी नागरिकलाई नेपालमा अपार्टमेन्ट खरिदको बाटो खुला

१५ जेठ, काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत विदेशी नागरिकलाई नेपालमा अपार्टमेन्ट खरिदको बाटो खुला गरेको छ । निजी क्षेत्रले लामो समयदेखि उठाउँदै आएको हाउजिङमा विदेशी लगानीको मागलाई सरकारले नयाँ बजेटमार्फत सम्बोधन गरेको हो । निजी क्षेत्रले निर्माण गरेका एक सय युनिट भन्दा माथिका अपार्टमेन्टको २० प्रतिशतले हुन आउने अपार्टमेन्ट अब विदेशी नागरिकलाई विदेशी […]

घरभन्दा अपार्टमेन्ट खर्चिलो हुन्छ

२२ मंसिर, काठमाडौं । शहरी भेगमा पछिल्लो समय अपार्टमेन्ट संस्कृतिको प्रयोग बढ्दो छ । सामान्यतया शहरमा घर किन्न महँगो हुने हुँदा सामूहिक बसोबास गर्ने अवधारणा भएपनि नेपाली परिपाटी फरक छ । नेपालमा अपार्टमेन्ट खरिद गर्न र घर बनाउन खर्चको हिसाबले उस्तै–उस्तै पर्ने गर्छ । तर पनि सुरक्षा लगायतका थप सुविधाको हिसाबले अपार्टमेन्टमा बस्ने संस्कृति पछिल्लो […]

अमेरिका शिफ्ट भएपछि प्रियंका चोपडाले बेचिन् मुम्बईको दुई अपार्टमेन्ट

एजेन्सी। बलिउड नायिका प्रियंका चोपडा अमेरिका शिफ्ट भएपछि मुम्बईमा रहेको दुईवटा अपार्टमेन्ट उनले बेचेकी छन्। उनले यही मार्च महिनामा सात करोड भारतीय रुपैयाँमा ती अपार्टमेन्ट बेचेकी हुन्। सन् २०१८ मा हलिउड अभिनेता निक जोनससँग विवाह गरेपछि प्रियंका अमेरिमा बस्दै आएकी छन्। उनले यस अवधिमा केही हलिउड फिल्ममा समेत काम गरेकी छन्। उनी अमेरिकामा व्यस्त रहँदा मुम्बईको अपार्टमेन्ट प्रयोगमा आएको थिएन्।

असुरक्षित अपार्टमेन्ट, अनुगमन छैन

काठमाडौं उपत्यकालगायत देशका मुख्य सहरी क्षेत्रमा आवास प्रयोजनका लागि निर्माण भएका गगनचुम्बी अपार्टमेन्ट तथा ठूला व्यापारिक भवन आगलागीलगायत प्रकोपको दृष्टिले असुरक्षित देखिएका छन् ।अपार्टमेन्ट तथा ठूला भवनले बढी फाइदा कमाउन तोकिएको मापदण्ड पूरा नगर्ने, मापदण्डविपरीत निर्माण गर्ने तथा कमसल सामग्री प्रयोग गर्दा सुरक्षामा समेत खतरा उत्पन्न भएको हो । अपार्टमेन्ट तथा ठूला भवनको निर्माणका क्रममा मापदण्ड पूरा गरे÷नगरेको विषयमा सम्बन्धित निकायबाट अनुगमन पनि नहुँदा आगलागीलगायतका दृष्टिले त्यस्ता अप

मापदण्ड नै पूरा नभएका राजधानीका अपार्टमेन्ट, छैन अनुगमन !

काठमाडौं उपत्यकालगायत देशका मुख्य सहरी क्षेत्रमा आवास प्रयोजनका लागि निर्माण भएका गगनचुम्बी अपार्टमेन्ट तथा ठूला व्यापारिक भवन आगलागीलगायत प्रकोपको दृष्टिले असुरक्षित देखिएका छन् । अपार्टमेन्ट तथा ठूला भवनले बढी फाइदा कमाउन तोकिएको मापदण्ड पूरा नगर्ने, मापदण्डविपरीत निर्माण गर्ने तथा कमसल सामग्री प्रयोग गर्दा सुरक्षामा समेत खतरा उत्पन्न भएको हो । अपार्टमेन्ट तथा ठूला भवनको निर्माणका क्रममा मापदण्ड पूरा गरे÷नगरेको विषयमा सम्बन्धित निकायबाट अनुगमन पनि नहुँदा आगलागीलगायतका दृष्टिले त्यस्ता अपार्टमेन्ट तथा भवनमा झनै खतरा देख...