मुस्ताङको स्याउ आयो बजारमा

असोज १६, मुस्ताङ । चाडपर्वका बेला बागलुङ, पर्वत, म्याग्दीलगायतका जिल्लामा एउटा चलन छ, ‘कोशेलीमा मुस्ताङको स्याउ’ । दसैँको बेला त मुस्ताङको स्याउको कोशेली झनै चल्छ ।  दशैँको छेको पारेर मुस्ताङको स्याउ बजारमा आएको छ । उक्त स्याउ असोज १ गतेदेखि विक्रीका लागि बजारमा देखिन थालेको हो । रातो र सेतो रङको स्याउको बागलुङ, कुश्मा, बेनीलगायतका बजारमा विक्री अत्यधिक बढेको छ ।  धादिङका चन्द्र लामालाई यतिबेला बजारमा स्याउ पुर्‍याउन भ्याइनभ्याई छ । हरेक वर्ष मुस्ताङको टुकुचेमा बगान ठेक्कामा लिएर उनले स्याउ बारमा पुर्‍याउँछन् । लामाले यसवर्ष पनि बगान ठेक्कामा लिएका छन् ।  ‘रू. ५० लाखमा खरीद गरेको बगानका स्याउ दसैँअघि नै बजारमा पुर्‍याउने लक्ष्य छ’, उनले भने । उनले टुकुचेमा स्थानीयवासीको बगान ठेक्कामा लिनुभएको हो । ‘दसैँपछि बजारमा माग घट्छ, कोशेलीकै कारण दसैँका बेला बजारमा स्याउ राम्रोसँग विक्री हुन्छ’, लामाले भने, ‘‘दिनमा दुई ट्रकसम्म स्याउ बजार पु¥याउने गरेको छु ।’ बजारमा मुस्ताङको स्याउको माग अत्यधिक छ । लामाजस्तै अन्य व्यवसायीलाई अहिले मुस्ताङको स्याउ काठमाडौं, पोखरा, बागलुङलगायतका सहरमा पठाउन भ्याइनभ्याई छ । बगैंचामा संकलन गरेर बजारमा पठाउँदा मुस्ताङमै मूल्य प्रतिकिलो रू. ८० देखि रू. १२५ सम्म पर्छ ।  दसैँ तिहारको समयमा स्याउ पाक्ने भएकाले यसको खपत बढी हुन्छ । ‘यहाँ मुस्ताङको स्याउ पाइन्छ’ अधिकांश फलफुलका पसलमा यही  लेखेर टाँस्ने गरेको स्याउ व्यवसायी पल डिसी बताउँछन् । व्यापारीले मुस्ताङको स्याउ प्रतिकिलो रू. २०० देखि रू. २५० सम्ममा बिक्री गर्छन् ।   विसं २०२२ मा कृषि मन्त्रालयअन्तर्गतको फल उद्यान विभागले भारतीय राजदूतावासको सहयोगमा भारतको कश्मीरबाट स्याउका बिरुवा ल्याएर वितरण गरेको तथ्यांक छ । सरकारले सुरुआतमा किसानलाई स्याउका बेर्ना बाँडेको थियो । वर्षभरि खान चाना बनाएर सुकाउने चलन छ ।  प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना ‘एप्पल जोन’ कार्यक्रम सञ्चालनमा छ । ‘एप्पल जोन’ कार्यक्रमका प्रमुख सुधीरा थापाका अनुसार मुस्ताङमा एक हजार ४०० हेक्टर जमिनमा स्याउ लगाइएको छ । ५०० हेक्टर जमिनमा मात्र अहिले उत्पादन दिने बिरुवा तयार छन् । रासस

सम्बन्धित सामग्री

मुक्तिनाथको दर्शन गर्दै मुस्ताङको स्याउ कोसेली

अहिले मुस्ताङमा लटरम्मै स्याउ पाकेको छ । मुखै रसाउने स्वादिलो स्याउ पाकेर डाँडापाखा रंगीन बन्दा असाध्यै मनमोहक देखिन्छ, यो सिजनमा मुक्तिनाथ । मुक्तिनाथको दर्शन गरेपछि घर फर्किंदा आशीर्वादसँगै कोसेलीको रूपमा स्याउ ल्याउने गरिन्छ । त्यसैले यो मुस्ताङ घुम्ने र स्याउ चाख्ने सबैभन्दा उपयुक्त समय हो । त्यसैले, सामान्यतः अक्टोबरदेखि डिसेम्बरसम्म मुस्ताङमा पर्यटकको भीडभाड देखिन्छ । […]

कोसेलीमा ब्राण्ड बनेको मुस्ताङको स्याउ

गलकोट – बागलुङका हरेक फलफूल पसलमा मुस्ताङको स्याउ पाइन्छ । अघिपछि भारत र चीनबाट आएको स्याउ बिक्री गर्ने यहाँका व्यापारीहरुले समेत दसैँ तिहारमा मुस्ताङको स्याउको ठूलो मात्रामा कारोबार गर्छन् । दसैँ तिहारको अवसरमा बागलुङेहरुले कोसेलीका रूपमा मुस्ताङको स्याउ आफन्तको घरमा पठाउने चलन छ । हिमालपारिको जिल्ला मुस्ताङबाट आयात गरिएको च्याङ्ग्रा र स्याउ नवविवाहित जोडीले कोसेलीका […]

बागलुङ बजार भित्रियो मुस्ताङको स्याउ

काठमाडौँ,२७ भदौ । भदौको अन्तिम साता सुरु भएसँगै मुस्ताङको स्याउ बागलुङ, कुश्मा, बेनीलगायतका नजिकका बजारमा देखिन थालेको छ । चाडपर्वका बेला बागलुङ, पर्वत, म्याग्दी र आसपासका जिल्लामा मुस्ताङको स्याउको माग हुन्छ । यहाँ एउटा चलन छ, ‘कोशेलीमा मुस्ताङको स्याउ’ । दसैँका बेला त अझै बढी मुस्ताङी स्याउको कोशेली चल्छ । चाहे मुस्ताङ बसेर गाउँ फर्किने […]

मुस्ताङको स्याउ बागलुङमा

बलेवा– भदौको अन्तिम साता सुरु भएसँगै मुस्ताङको स्याउ बागलुङ, कुश्मा, बेनीलगायतका नजिकका बजारमा देखिन थालेको छ ।  चाडपर्वका बेला बागलुङ, पर्वत, म्याग्दी र आसपासका जिल्लामा मुस्ताङको स्याउको माग हुन्छ । यहाँ एउटा चलन छ, ‘कोशेलीमा मुस्ताङको स्याउ’ । दसैँका बेला त अझै बढी मुस्ताङी स्याउको कोशेली चल्छ । चाहे मुस्ताङ बसेर गाउँ फर्किने हुन् वा […]

मुस्ताङको स्याउ बजारसम्म पुर्‍याउन समझदारी

मुस्ताङ – स्याउको राजधानीका रूपमा परिचित मुस्ताङको स्याउ यस पटक भने असोजको पहिलो सातामै बजार झर्ने भएको छ । सरोकारवाला निकाय र स्थानीय कृषकबीच समझदारी गरी यसै महिनाको २५ गतेदेखि स्याउ टिप्न र बिक्री वितरण गर्न खुला गरिएको हो । स्याउ यतिबेला बोटमा राताम्मे भएका छन् । सडक सञ्जालले छोएको र बेनी–जोमसोम सडक हुँदै मुस्ताङको […]

मुस्ताङको स्याउ बजारसम्म पुर्याउन समझदारी

स्याउको राजधानीका रूपमा परिचित मुस्ताङको स्याउ यस पटक भने असोजको पहिलो सातामै बजार झर्ने भएको छ । सरोकारवाला निकाय र स्थानीय कृषकबीच समझदारी गरी यसै महिनाको २५ गतेदेखि स्याउ टिप्न र बिक्री वितरण गर्न खुला गरिएको हो ।स्याउ यतिबेला बोटमा राताम्मे भएका छन् । सडक सञ्जालले छोएको र बेनी–जोमसोम सडक हुँदै मुस्ताङको थासाङ गाउँपालिका–२ कोबाङदेखि उकालो लागेपछि बाटो आसपासमा राताम्मे स्याउ अवलोकन गर्न पाइन्छ । मुस्ताङ घुम्न आएका पर्यटकले गाडी रोकेर सेल्फी खिच्ने, भिडियो बनाउनेसँगै कोसेलीका रूपमा

काठमाडौंमा आयातित भन्दा आधा सस्तोमा पाइन्छ जुम्ला र मुस्ताङको स्याउ

काठमाडौंमा आयाति भन्दा आधा सस्तोमा गुणस्तरीय जुम्ला र मुस्ताङको स्याउ पाइने नेपाली स्याउ बिक्री गर्दै आइरहेका व्यापारीहरु बताउँछन् ।

छ अर्बको स्याउ आयात : मुस्ताङको स्याउ ‘कोल्डस्टोर’मा

रसिला र स्वादिला स्याउको राजधानी मानिने हिमालपारिको जिल्ला मुस्ताङमा उत्पादन हुने मुस्ताङी स्याउ भण्डारणका लागि ‘कोल्डस्टोर’को व्यवस्था भएपछि नेपाली उपभोक्ताहरुले बेमौसममा पनि मुस्ताङी स्याउ खान पाउने भएका छन् । मुस्ताङका स्याउ उत्पादक कृषकहरुले आर्थिक वर्ष २०७७/७८ मा ‘एप्पल जोन’को ५० प्रतिशत अनुदानमा कोल्डस्टोर खरिद गरेर स्याउलाई सुरक्षित भण्डारण गर्न थालेपछि बेसिजनमा पनि स्याउ खान पाइने […]

दशैंको छेको पारेर मुस्ताङको स्याउ बजारमा

बागलुङैं, असोज १८। दशैंको छेको पारेर मुस्ताङको स्याउ बजारमा आएको छ । उक्त स्याउ असोज १ गतेदेखि विक्रीका लागि बजारमा देखिन थालेको हो । रातो र सेतो रङको स्याउको बागलुङ, कुश्मा, बेनीलगायतका बजारमा विक्री अत्यधिक बढेको छ । धादिङका चन्द्र लामालाई यतिबेला बजारमा स्याउ पुर्‍याउन भ्याइनभ्याइ छ । हरेक वर्ष मुस्ताङको टुकुचेमा बगान ठेक्कामा लिएर […]

मुस्ताङको स्याउ बजारमा

बागलुङ । दशैंको छेको पारेर मुस्ताङको स्याउ बजारमा आएको छ । उक्त स्याउ असोज १ गतेदेखि विक्रीका लागि बजारमा देखिन थालेको हो । रातो र सेतो रङको स्याउको बागलुङ, कुश्मा, बेनीलगायतका बजारमा विक्री अत्यधिक बढेको छ । धादिङका चन्द्र लामालाई यतिबेला बजारमा स्याउ पुर्‍याउन भ्याइनभ्याइ छ । हरेक वर्ष मुस्ताङको टुकुचेमा बगान ठेक्कामा लिएर उनी बजारमा स्याउँ पु¥याउँछन् । लामाले यस वर्ष पनि बगान ठेक्कामा लिएका छन् । ‘५० लाखमा खरीद गरेको बगानका स्याउ दशैंअघि नै बजारमा पुर्‍याउने लक्ष्य छ,’ उनले भने । उनले टुकुचेमा स्थानीयवासीको बगान ठेक्कामा लिएका हुन् । आफूले दिनमा दुई ट्रकसम्म स्याउ बजार पुर्‍याउने गरेको उनले बताए । बजारमा मुस्ताङको स्याउको माग अत्यधिक छ । लामाजस्तै अन्य व्यवसायीलाई अहिले मुस्ताङको स्याउ काठमाडौं, पोखरा, बागलुङलगायत शहरमा पठाउन भ्याइनभ्याइ छ । बगैंचामा संकलन गरेर बजार पठाउने स्याउ मुस्ताङमै मूल्य प्रतिकिलो ८० देखि १२५ रुपैयाँसम्म पर्छ । दशैं, तिहारको समयमा स्याउ पाक्ने भएकाले यसको खपत बढी हुन्छ । व्यापारीले मुस्ताङको स्याउ प्रतिकिलो २०० देखि २५० रुपैयाँसम्ममा विक्री गर्छन् ।           २०२२ सालमा कृषि मन्त्रालय अन्तर्गतको फल उद्यान विभागले भारतीय राजदूतावासको सहयोगमा भारतको कश्मीरबाट स्याउका बिरुवा ल्याएर वितरण गरेको तथ्यांक छ । सरकारले शुरुआतमा किसानलाई स्याउका बेर्ना बाँडेको थियो । मुस्ताङमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना ‘एप्पल जोन’ कार्यक्रम सञ्चालनमा छ । ‘एप्पल जोन’ कार्यक्रमका प्रमुख सुधीरा थापाका अनुसार मुस्ताङमा एक हजार ४०० हेक्टर जमिनमा स्याउ लगाइएको छ । पाँच सय हेक्टर जमिनमा मात्र अहिले उत्पादन दिने बिरुवा तयार छन् । रासस