नेपाली उत्पादन प्रवर्द्धनको कार्यक्रममा चीनको बिस्कुट, भारतको कपमा चिया !

२९ भदौं, काठमाडौं । ‘….कार्यक्रम चल्दै गर्दा यहाँ विस्कुटका पोका आए, त्यो चाइनिज रहेछ, कपमा चिया आयो यो चियाको कप हिन्दुस्तानमा बनेको छ । कार्यक्रमः नेपाली उत्पादन तथा उपभोग, खाजाः चाइनिज बिस्कुट र भारतीय कपमा चिया !’ पूर्वमूख्य सचिव विमल कोइरालाले यस्तो बताइरहँदा बुधबार अपरान्ह उद्योग मन्त्रालयको सभाहलमा हाँसोको फोहोरा फुट्यो । ‘हामी नयाँ नायाँ […]

सम्बन्धित सामग्री

निकासीमा अनुदानको प्रभाव

सरकारले स्वदेशी उत्पादन वृद्धि र निर्यातलाई प्रोत्साहन गरेर वैदेशिक व्यापारघाटा कम गर्ने तथा रोजगारी सृजना गर्ने उद्देश्यअनुरूप नेपाली उत्पादन विदेश निर्यात गर्नेलाई नगद अनुदान दिने नीति लिएको छ । यस्तो अनुदान बढ्दै गए पनि त्यसले निर्यात बढाउन कत्तिको मद्दत गरेको छ भन्ने विषयमा भने अध्ययन गरेको छैन । तर, अनुदान दिएपछि निर्यात वृद्धिसँगै रोजगारी पनि बढ्न आवश्यक हुन्छ ।  निश्चय नै अनुदान निर्यात प्रोत्साहनका लागि निकै प्रभावकारी छ । उसले उद्योगीलाई उत्साह थपेको छ र मुनाफामा सहयोग गरी मूल्यमा प्रतिस्पर्धा गर्न पनि केही सहज बनाएको छ । अनुदानले कस्ता वस्तुको निर्यात कति परिमाणमा बढ्यो, अनुदानको अनुपातमा तिनले कति रोजगारी सृजनामा सहयोग पुर्‍यायो भन्नेमा अध्ययन हुन जरुरी छ । यस्तो अध्ययनले अनुदानको प्रभावकारिताको वास्तविकता थाहा हुन्छ । कुन क्षेत्रमा कति सहयोग पुगेको छ भन्ने ठोस तथ्य प्राप्त हुन्छ । यस्तो तथ्यांकको विश्लेषण गरेर कुनै क्षेत्रमा अनुदान बढाउनु उपयुक्त हुन्छ भने कुनैमा घटाउनुपर्ने पनि हुन सक्छ । कुनै क्षेत्रलाई अनुदान नचाहिने पनि हुन सक्छ । तर, सरकारले निर्यातको अनुपातमा निश्चित अनुदान दिँदै आएको छ । त्यो अनुदान पनि निकासीकर्ताले सजिलै पाउँदैनन् । अनेक झन्झट ब्यहोर्नु पर्छ, निकै ढिला प्राप्त हुन्छ । यही भएर कतिपय निकासीकर्ताले अनुदानको मागसमेत नगरेको पाइन्छ । सरकारले दिनुपर्ने अनुदान समयमा दिँदा त्यसको प्रभावकारिता पक्कै पनि बढी हुन्छ । त्यसतर्फ ध्यान जानु अवाश्यक छ ।  हुन त अनुदानले मात्रै निर्यात बढाउँदैन भन्ने भनाइ पनि पाइन्छ । उद्योगी व्यवसायीले निर्यात गर्नुको प्रयोजन अनुदान होइन, मुनाफा नै हो । अनुदानकै लागि भनेर कुनै उद्योगीले उत्पादन गर्ने र निर्यात गर्ने पनि होइन । तर, यस्तो अनुदानको रकमले उद्योगीहरूलाई थोरै भए पनि मुनाफामा सहयोग गर्छ । त्यसैले धेरै देशले अनुदान दिने नीति लिएको पाइन्छ ।  अब अनुदान नीतिमा केही परिवर्तन गर्नु आवश्यक छ । पहिलो त निकासी विन्दुमै निर्यात अनुदान उपलब्ध गराउन सकिन्छ । अथवा वस्तु निर्यातको निश्चित अवधिपछि अनुदान दिने गर्न सकिन्छ । सरकारले अनुदानको रकम समयमा नै निकासा गरी यथाशक्य शीघ्र निर्यातकर्ताले पाउने व्यवस्था मिलाउनुपर्छ ।  अब अनुदान नीतिमा केही परिवर्तन गर्नु आवश्यक छ । पहिलो त निकासी विन्दुमै निर्यात अनुदान उपलब्ध गराउन सकिन्छ । अथवा वस्तु निर्यातको निश्चित अवधिपछि अनुदान दिने गर्न सकिन्छ । चालू आवको बजेटमार्फत गरिएको नगद अनुदान ८ प्रतिशतसम्म पुर्‍याउने घोषणा कार्यान्वयनमा आएको छ । अहिले निर्यातमा दिने नगद प्रोत्साहनको न्यूनतम सीमा ४ प्रतिशत छ । अहिले विभिन्न ३६ प्रकारका वस्तुको निर्यातमा नगद अनुदान दिने गरिएको छ । नेपालबाट निर्यात हुने प्रशोधित चिया, प्रशोधित कफी, हस्तकला र काष्ठकलाका वस्तु, प्रशोधित छाला र छालाजन्य उत्पादन, हाते कागज तथा त्यसबाट उत्पादित सामान, प्रशोधित जडीबुटी तथा सारयुक्त तेल, प्रशोधित पत्थर तथा पत्थरजडित गरगहना, अल्लोबाट उत्पादित सामान, मिनरल वाटर, बेसार, तरकारी, पुष्प, प्रशोधित मह, प्रशोधित अलैंची र प्रशोधित अदुवाले नगद अनुदान पाउँछन् । त्यस्तै कपडा, तयारी पोशाक, गलैंचा र ऊनीका सामान, च्यांग्रा पश्मिना तथा त्यसबाट उत्पादित सामान, स्वदेशी प्रशोधित जुट तथा जुटका उत्पादन, सुनचाँदीका गरगहना, स्वदेशी अर्धप्रशोधित छाला, औषधि, फेल्ट, पोलिस्टर/यार्न/फाइवर भिस्कोस यार्न/एक्रेलिक यार्न/कटन यार्न, तामाका सामान र फुटवेयरले पनि अनुदान पाइरहेका छन् । यो वर्षदेखि सिमेन्ट, क्लिंकर, स्टील निकासीकर्तालाई पनि अनुदान दिने नीति सरकारको छ । यही कारण सिमेन्टको निकासी बढेको देखिन्छ ।  अब विदेशी मुद्रा आर्जन गर्ने स्रोत मानिएको पर्यटन व्यवसायलाई भ्याट छूट दिनुपर्छ । यसरी लगानीकर्ताको लागत कम पर्ने खालको प्रोत्साहन नीतिलाई निरन्तरता दिनु आवश्यक छ र यसमा रहेका झन्झट पनि हटाइनुपर्छ । अनुदान नीतिको प्रभावबारे पनि तत्काल अध्ययन थालिहाल्नुपर्छ ।

किन विस्तार हुन सकेको छैन विज्ञापन क्षेत्र ?

क्लिन फिड लागू भएपश्चात् नेपालको विज्ञापन क्षेत्रमा आमूल परिवर्तन आउँछ भन्ने अपेक्षा गरिएको थियो । हुन पनि उक्त समयमा क्लिन फिड लागू नभएकै कारणले नेपालको विज्ञापन क्षेत्र धराशयी बन्दै गएको र सुधार हुन नसकेको भनेर प्रचार गरिएको थियो । कोभिड अगाडि १५–२० प्रतिशतको दरमा वृद्धि हुँदै गएको नेपाली विज्ञापन बजार त्यसपश्चात् पुन: उक्त गति लिन नसकेको तथ्यांकले देखाउँछ । प्रिन्ट क्षेत्र, रेडियो, टेलिभिजनलगायत क्षेत्रमा विज्ञापन बजार साँघुरो हुँदै गएको अवस्थामा इन्टरनेटबाट हुने विज्ञापन प्रभावकारी हुँदै गएको छ । ठूलै मात्रामा लगानी गरेर काठमाडौंको सडक खण्डमा सोलार बत्तीको जडान गरिएको थियो, तल विज्ञापन राख्ने उद्देश्यका साथ । तर, त्यहाँ समेत उल्लेखीय सहभागिता नदेख्दा, नेपालमा विज्ञापन क्षेत्र फस्टाउन नसकेको स्पष्ट बुझ्न सकिन्छ । हुन त नेपालमा अहिले आर्थिक मन्दी चलिरहेको छ, जसले गर्दा समग्र अर्थतन्त्र नै समस्यामा छ । उद्योग, कलकारखाना बन्द भएको यस समयमा मुख्य विज्ञापनदाताहरू – स्टील, सिमेन्ट, गाडी, मदिरा, वित्तीय संस्थाहरूले विज्ञापनका लागि बजेट घटाएको देखिन्छ । यसले गर्दा स्वाभाविक रूपमा विज्ञापन क्षेत्र संकटमा गएको बुझ्न सकिन्छ । तर, हिजो क्लिन फिड नभएर नेपाली विज्ञापन बजार विस्तार नभएको भनिएझैँ, आज अर्थतन्त्रको अवस्थालाई दोष दिइएको मात्र हो । नेपालमा विज्ञापन क्षेत्र विस्तार नहुनुको पछाडि विभिन्न कारक तत्त्वहरू रहिआएका छन् । सर्वप्रथम त, नेपाली वस्तु र सेवाको गुणस्तरमै प्रश्न उठ्ने गर्छ । जब नेपाली बजारमा विक्री हुने नेपाली वस्तुको माग बढी हुन्छ, तब बल्ल त्यसको विक्री बढी हुन्छ । नेपाली उत्पादन गुणस्तर नहुँदा नेपाली वस्तु र सेवाको जतिसुकै विज्ञापन गरे पनि, आयातित वस्तु र सेवाले बढी बजार प्राप्त गर्छ, जसले गर्दा विज्ञापन गरे पनि नगरे पनि कुनै औचित्य रहँदैन । नेपालमा विज्ञापन र विक्रीबीचको अध्ययन कतै भएको पाइँदैन । त्यसैले विज्ञापनलाई मिडियासँग सम्बन्ध सुमधुर पार्ने एउटा माध्यम र बाध्यताका रूपमा लिने गरिएको छ । फलस्वरूप, विज्ञापन क्षेत्रप्रति आकर्षणभन्दा पनि बोझसरह लिने गरिएको भेटिन्छ । एकपटक हेरिएको वा सुनिएको विज्ञापन पुन: हेर्न वा सुन्न मन नलाग्नाले श्रोता वा दर्शकमा उक्त विज्ञापनप्रति रुचि हुँदैन । रुचिको अभाव हुनुमा विज्ञापन गुणस्तरीय नहुनु एउटा कारण हो । दशकौं पुरानो विज्ञापन अहिले सम्झनु पर्दा केही सीमित विज्ञापन पनि आम मस्तिस्कमा छैन । हिजो जुन वेगमा ‘गोरखकाली टायर’, ‘उपहार चिया’, ‘रारा चाउचाउ’, ‘खुकुरी चुरोट’हरूको विज्ञापन दिमागमा बसेको थियो, आज त्यो छैन । हिजोभन्दा आज विज्ञापन गर्ने तरीका परिवर्तन भइसकेको छ । गुणस्तरहीन विज्ञापन निर्माण हुँदा विज्ञापनले उत्पादकत्व सिर्जना गर्न सकेको छैन । नेपालका विज्ञापन एजेन्सीहरू केही सीमित ठूला व्यक्तिहरूको हातमा रहिआएको छ । विज्ञापन नै अध्ययन गरेको भन्दा पनि व्यवसाय सम्हालेको झैं देखिने यो क्षेत्रमा नवीन सोचभन्दा पनि सीमित विज्ञापन खोसाखोस गर्ने होडबाजीमै रमाइरहेको देख्न सकिन्छ । उनीहरूलाई आफ्नो ग्राहक टिकाउन मात्र छ, विज्ञापन क्षेत्र सुधार गर्ने र नवीनतम प्रणाली विकास गर्ने सोच कतै पनि छैन । उद्योगहरूले नाफा आर्जन गरिरहेका छन्, त्यही नाफाबाट आफ्नो भाग खोस्नुपर्छ भन्ने सोच हाबी हुन थालेको देख्न सकिन्छ । यसले गर्दा नेपाली विज्ञापन क्षेत्रले ठूलो उपलब्धि हात पार्न सकेको छैन । पुरातन सोच हाबी भएकै कारण आज उत्पादन हुने विज्ञापन दशकौं पुरानोभन्दा केही फरक देखिँदैन । कुनै पनि क्षेत्र विस्तार हुनका लागि त्यहाँ अतिआवश्यक पक्ष भनेको दक्ष जनशक्ति हो । विज्ञापन क्षेत्र त्यस्तो क्षेत्र हो जहाँ कुनै पनि युवाको उद्देश्य पारिभाषित हुँदैन । बेरोजगारीको चरम सीमामा कतै जागीर नपाएर प्रयास गरूँ न त भनेर प्रवेश गर्नेको थलो मात्र हुन सकेको छ । विज्ञापन क्षेत्र त्यस्तो व्यवस्थित पनि छैन, जसले गर्दा व्यवस्थापन संकायको विद्यार्थीको रहर त्यहाँ काम गर्ने हुँदैन । यसका लागि दुई प्रमुख कारण छन् – वृत्ति विकासको कम स्थान । जुन तहमा प्रवेश गरियो, त्यही तहबाट जागीरबाट बिदा हुनुपर्ने अवस्था छ । जसरी बैंक प्रवेश गर्ने युवाले उक्त बैंकको नायब प्रमुख कार्यकारीसम्मको सपना देख्न सक्छ, विज्ञापन क्षेत्रमा उक्त अवसर छैन, जसले आकर्षण गर्दैन । त्यसै गरी, दोस्रो कारण भनेको त्यहाँको व्यवस्थापनको समस्या हो । एउटा स्नातकोत्तर उत्तीर्ण गरेको युवा, एसएलसी पासको मातहतमा बसेर काम गर्नुपर्ने अवस्था छ, अझ न्यून तलबमा । अनि कसरी होस् उक्त क्षेत्रमा दक्ष जनशक्ति ? माथिल्ला वर्गको उच्च पारिश्रमिक र नाफा, नवप्रवेशीलाई न्यून ज्याला भएपश्चात् यस क्षेत्रमा अध्ययन गर्ने विद्यार्थी, रुचि राख्ने वर्ग भए तापनि यसै क्षेत्रलाई आफ्नो कार्यथलो बनाउँछु भनी संकल्प राख्नेहरूको अभाव रहिआएको छ ।  छिमेकी मुलुक भारतमा विज्ञापन क्षेत्रमा वार्षिक ३० खर्बभन्दा बढीको कारोबार हुने गरेको छ । यस क्षेत्रमा प्रवेश मात्र गर्न पनि उच्च प्रतिस्पर्धा रहिआएको अवस्थामा नेपालमा यो क्षेत्र विस्तार हुन नसकेकै हो । अर्थतन्त्रमा ठूलो योगदान पुर्‍याएको यस क्षेत्रमा धेरै परिवार आश्रित समेत रहन जान्छन, तर यसको विकास नहुँदा यहाँ कुनै सम्भावना नदेख्नु शायद स्वाभाविक पनि हो । मात्र एउटा अर्थहीन वेबसाइट राखेर, अवार्ड कार्यक्रम गर्न मात्र उभिएको एडभरटाइजिङ एशोसिएशन अफ नेपाल (आन)ले आफ्नो कार्यक्षेत्र विस्तार गर्न सक्नुपर्छ र सशक्त उभिन सक्नुपर्छ । दक्ष जनशक्तिको खोज गरी यो क्षेत्रलाई गति प्रदान गर्न सक्नुपर्छ । अनि मात्र यस क्षेत्रले एउटा बलियो स्थान प्राप्त गर्नेछ । रेग्मी बैंकर हुन् ।

अलैंचीमा मूल्यअभिवृद्धि

‘कालो सुन’ उपनामले चिनिएको अलैंचीको व्यावसायिक खेती भए पनि त्यसलाई प्रशोधन गरी मूल्य अभिवृद्धि गर्न नसक्दा उच्च मूल्यमा निर्यात हुन सकेको छैन । चालू आवमा अलैंचीको मूल्य निकै बढ्दा किसानहरू उत्साहित भएका छन् । तर यो मूल्य विगतको भन्दा अझै कम देखिन्छ । गत आवमा यसको मूल्य घटेको थियो । तर, अहिले बढेको मूल्यले अलैंचीको विगतको मूल्यलाई भेट्न सकेको छैन ।  कुनै बेला प्रतिमन १ लाख ४० हजार रुपैयाँसम्ममा विक्री भएको अलैंची गतवर्षसम्म घटेर २५ देखि २७ हजारमा खरीद विक्री भयो । चालू आवमा त्यसको झन्डै दोब्बर बढेर प्रतिमन ६० हजार पुगेको छ । यसरी हेर्दा अलैंची खेतीप्रति विगतमा जस्तो आकर्षण थियो त्यो अहिले घटेको छ । कतिपय किसानले त अलैंची खेती गर्न छाडेको समेत पाइन्छ । त्यसैले अलैंची निर्यातमा सुधार ल्याउन अलैंचीलाई प्रशोधन गरी उच्च मूल्यमा बेच्न सक्नुपर्छ या त खाडी मुलुकमा यसको निर्यात गर्न सक्नुपर्छ । नेपालले सीधै खाडी मुलुक पठाउन प्रारम्भिक प्रयास गरेको पाइन्छ । खाडी मुलुकको गुणस्तर चिह्न हलाल प्राप्त गरेकाले त्यसतर्फ निर्यातको बाटो खुले पनि त्यहाँका व्यवसायीसँग नेपालीले सम्पर्क गर्न नसक्दा निर्यात हुन सकेको छैन । अलैँची निर्यात गर्न त्यहाँ कार्यरत राजदूतले आर्थिक कूटनीतिमा ध्यान दिन सक्नुपथ्र्यो । तर, त्यसो नहुँदा नेपाली उत्पादन भारत गएर त्यहाँबाट खाडीमा निर्यात भइरहेको छ जसको उच्च लाभ नेपाली किसानले पाउन सकेका छैनन् ।  नेपालमा ४५ जिल्लामा १८ हजार ४ सय हेक्टर जमीनमा अलैंची खेती भइरहेको छ । अलैंची प्रशोधनदेखि नै गुणस्तरमा ध्यान दिन नसक्दा उचित मूल्य पाउन नसकेको देखिन्छ । नेपालमा एउटामात्रै अलैंची प्रशोधन उद्योग छ जसले अलैंचीको पाउडर, दाना बनाउँछ । अलैंचीको तेल निकै महँगो हुन्छ । अलैंचीबाट तेल निकालेर बेच्ने हो भने उच्च मूल्य आउँछ ।  नेपाली अलैंचीको बजार भारत हो । भारतमा अलैंची उत्पादन बढी भयो भने त्यहाँका व्यापारीले नेपाली उत्पादनलाई थोरै पैसा दिने गरेका छन् । यसपटक अलैंची उत्पादन घटेकाले गतवर्षको भन्दा दोब्बर बढी मूल्य पाएको छ । त्यसैले यस्तो अस्थिर बजार र अप्रशोधित कमोडिटीको निर्यातबाट किसान र व्यापारीले राम्रो लाभ पाउन सक्दैनन् । नेपालमा प्रशोधन उद्योग खोल्नुपर्छ । अलैंचीबाट बन्न सक्ने वस्तुहरू केके हुन् ती बनाएर बेच्दा मूल्य बढी पाइन्छ ।  अलैंची सुकाउने प्रविधिदेखि त्यसको तेल उत्पादनसम्मले फरक फरक मूल्य पाउँछ । अलैंची मात्र होइन, चिया, कफी जस्ता सबै खाले कृषि उपजको निर्यात गर्दा त्यसको उचित मूल्य प्राप्त गर्न केके गर्न सकिन्छ भन्ने किसानदेखि व्यापारीसम्मलाई तालीम दिनुपर्छ । अन्तरराष्ट्रिय बजारमा प्रशोधन गरी पठाउँदा बढी लाभ हुने भएकाले यस्तो प्रशोधन उद्योग खोल्न सरकारले प्रोत्साहन गर्ने नीति लिनुपर्छ । नीतिगत र प्रक्रियागत सहजीकरण गरेर निजीक्षेत्रलाई यसमा प्रोत्साहन गर्न सकिन्छ । त्यसैले अब नेपाली उत्पादनको निर्यात भारतीय बजारका साथै कहाँ कहाँ बढी मूल्य पाइन्छ, केकस्तो प्रशोधन गरेर पठाउँदा बढी मूल्य पाइन्छ भन्ने कुरामा सरकारले पनि अध्ययन गर्नुपर्छ र किसानहरूलाई यसमा सहयोग गर्नुपर्छ ।

सार्वजनिक निकायमा नेपाली उत्पादन प्रयोग गर्नुपर्ने

सबै मन्त्रालय मातहतका निकाय तथा आयोगले आयोजना गर्ने अतिथि सत्कार एवं चिया–खाजामा अनिवार्य नेपाली उत्पादन प्रयोग गर्नुपर्ने भएको छ । उद्योग मन्त्रालयले शुक्रबार जारी गरेको विज्ञप्तिमा सरकार मातहतका निकाय तथा अन्य आयोगलाई अतिथि सत्कार एवं चिया खाजामा नेपाली उत्पादन प्रयोग गर्न भनिएको छ ।

सबै सरकारी निकायमा स्वदेशी उत्पादनमात्रै प्रयोग गर्न उद्योग मन्त्रालयको परिपत्र

काठमाण्डाै – उद्योग, वणिज्य तथा आपूर्ति मन्त्रालयले मातहतका निकायलाई स्वदेशी उत्पादनका वस्तुमात्रै प्रयोग गर्न परिपत्र गरेको छ । सार्वजनिक निकायमा स्वदेशी वस्तुको उपयोग गर्नेसम्बन्धी निर्देशिका २०७१ को प्रभावकारी कार्यान्वयन गर्न भन्दै मन्त्रालयले आज शुक्रवार एक परिपत्र जारी गर्दै सबै तहका सरकार, मन्त्रालय, आयोग र सार्वजनिक कार्यालयहरूलाई स्वदेशी वस्तु अनिवार्य प्रयोग गर्न अनुरोध गरेको हो । परिपत्रअनुसार मन्त्रालय मातहतका निकाय तथा आयोगहरूले आयोजना गर्ने अतिथि सत्कार एवम् चिया खाजामा अनिवार्यरूपमा नेपाली उत्पादन प्रयोग गर्नुपर्नेछ ।...

कनेक्टिभिटी र क्षेत्रीय मूल्य शृंखला विकासका सम्भावनाबारे छलफल

काठमाडौं । नेपाल, भारतको उत्तरपूर्वी क्षेत्र तथा अन्य दक्षिण एसियाली देशहरूबीच कनेक्टिभिटी र क्षेत्रीय मूल्य शृंखला विकासका सम्भावनाबारे काठमाडौंमा छलफल गरिएको छ । नेपाल भ्रमणमा आएको भारतको उत्तरपूर्वी विकास वित्त निगम लिमिटेड (नेडफी) र नेपाल उद्योग वाणिज्य महासंघबीच मंगलवार साँझ भएको भेटवार्तामा उक्त विषयमा छलफल भएको हो । बैठकमा दुुई देशबीचको व्यापार, लगानीको पछिल्लो अवस्था र व्यापारमा भएको सुधारका विषयमा छलफल भएको महासंघले बताएको छ । छलफलमा दुुई देशले प्रयोग गर्दै आएका व्यापारिक नाकाहरूमा रहेका अवरोध हटाउनुपर्ने, आयात निर्यात थप सहजीकरण गर्नुपर्ने र लगानी विस्तारमा रहेका समस्या समाधानमा द्विपक्षीय पहल गर्नुपर्ने भारतीय टोलीले बताएको थियो । साथै आयात निर्यातसम्बन्धी नीतिगत समस्या, पूर्वाधार, सीमा सुरक्षा, प्राविधिक तालमेल आदि विषयमा पनि छलफल भएको थियो । छलफलमा महासंघका अध्यक्ष शेखर गोल्छाले नेपाल–भारतबीच विशिष्टीकृत सम्बन्ध रहेको र आर्थिक विकासको प्रयासमा पनि नेपालले सधैं भारतीय सहयोगको अपेक्षा गरेको बताए । दुुई देशबीचको व्यापारिक नाकाहरूको अवस्था अत्यन्त कमजोर रहेको र चिया, अलैंची, अदुवा लगायत नेपाली कृषि उत्पादन भारतीय ब्राण्डको नाममा विश्व बजारमा जाने गरेको भन्दै उनले यसमा भारतीय पक्षबाट उदारतापूर्वक सहयोग हुनुुपर्ने बताए । कृषि उत्पादन परीक्षणको नाममा गैरभन्सार अवरोध सृजना गरिँदा नेपाली निर्यातकर्ताले ठूलो नोक्सानी बेहोर्नुपरेको अध्यक्ष गोल्छाले उल्लेख गरे । अहिले भारतले गहुँ निर्यातमा प्रतिबन्ध लगाउँदा नेपाली उद्योगहरू समस्यामा परेको जानकारी समेत उनले गराए । नेपाली उत्पादन भारतीय बजारसहित बंगलादेश लगायत तेस्रो मुलुकमा सहज निकासीमा भारतीय पक्षबाट सहयोग हुनुुपर्ने, निर्यात नाकाहरूको विस्तार तथा स्तरीकरणमा सहयोग हुनुपर्ने अध्यक्ष गोल्छाले बताए । यसअघि जस्तो सुकै अवस्थामा आपसी व्यापार भए पनि अबको समयमा क्षेत्रीय कनेक्टिभिटी विस्तार गर्दै आर्थिक गतिविधि र लगानी प्रवद्र्धन स्मार्ट तरीकाले गर्नुपर्ने धारणा उनले राखे । सो अवसरमा नेडफीका अध्यक्ष पीभीएसएलएन मूर्तिले भारतको उत्तरपूर्वी क्षेत्रमा औद्योगिक, पूर्वाधार, कृषि सम्बद्ध परियोजना स्थापना गर्न संस्थाले लघु, साना, मझौला र ठूला उद्यमलाई वित्तीय सहायता प्रदान गर्दै आएको बताए । यसमा नेपालसँग पनि कसरी सहकार्य गर्न सकिन्छ भन्ने अध्ययनका लागि आफूहरू नेपाल भ्रमणमा आएको उनले जानकारी दिए । यस्तै जवाहरलाल नेहरू विश्वविद्यालयका वरिष्ठ प्राध्यापक महेन्द्र पी लामाले दुवै देशबीच रहेका नीतिगत, संरचनागत, पूर्वाधार, कार्य तौरतरीका र प्रविधि आदिमा रहेका असमानता कम गरी आर्थिक विकासका माध्यमबाट आपसी लाभ लिन सकिने बताए ।

बहराइनको रमजान बजारमा नेपाली हस्तकला र परिकारको प्रवर्द्धन

काठमाडौं । बहराइनस्थित नेपाली राजदूतावासले मुस्लिम धर्मावलम्बीहरूको पर्व रमादान (रमजान)को अवसरमा त्यहाँको रमादान बजारमा नेपाली हस्तकला तथा परिकारहरूको प्रवर्द्धन गरेको छ । रमादान बजारमा विभिन्न हस्तकला सामग्री, चिया, पस्मिना सललगायत नेपाली उत्पादन तथा सेलरोटी, अचार, मःम, खाजा सेटलगायत परिकारको प्रवर्द्धन गरेको दूतावासले जनाएको छ । बहराइनको सार मलमा रमादानको अवसरमा दक्षिण एसिया...

बहराइनको रमजान बजारमा नेपाली हस्तकला र परिकारको प्रवर्द्धन

काठमाडौं । बहराइनस्थित नेपाली राजदूतावासले मुस्लिम धर्मावलम्बीहरूको पर्व रमादान (रमजान)को अवसरमा त्यहाँको रमादान बजारमा नेपाली हस्तकला तथा परिकारहरूको प्रवर्द्धन गरेको छ । रमादान बजारमा विभिन्न हस्तकला सामग्री, चिया, पस्मिना सललगायत नेपाली उत्पादन तथा सेलरोटी, अचार, मःम, खाजा सेटलगायत परिकारको प्रवर्द्धन गरेको दूतावासले जनाएको छ । बहराइनको सार मलमा रमादानको अवसरमा दक्षिण एसिया...

बेलायती राजदूतसँग परिसंघको छलफल, निर्यात प्रवद्र्धन र लगानी अभिवृद्धिमा जोड

नेपाल उद्योग परिसंघले  बेलायतका लागि नवनियुक्त राजदूत ज्ञानचन्द्र आचार्यसँग छलफल गरेको छ  । छलफलमा परिसंघले नेपाली वस्तुको निर्यात अभिवृद्धि गर्न, बेलायती लगानी बढाउने वातावरण सिर्जना गर्न र विकासशील राष्ट्रमा नेपालको स्तरोन्नतीपछि बेलायती बजारमा नेपाली वस्तुको सुविधायुक्त प्रवेशको वातावरण सिर्जना गर्न  राजदूत ज्ञानचन्द्र आचार्यसँग आग्रह गरेको छ । बेलायतका लागि नेपाली राजदूत नियुक्त भएका आचार्यसँगको छलफलमा परिसंघले नेपालको पूर्वाधार क्षेत्रमा लगानीको ठूलो आवश्यकता रहेको भन्दै त्यसतर्फ बेलायती लगानीकर्ता आकर्षित गर्न पहल गर्नुपर्नेमा जोड दिएको हो । छलफलका क्रममा परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले विकासशील राष्ट्रमा नेपालको स्तरोन्नतीपछि नेपालले पाइरहेको व्यापार सुविधा कटौती हुन सक्ने भन्दै त्यसको निरन्तरताका लागि पहल गर्न राजदूत आचार्यसँग आग्रह गरे । उनले बेलायती पर्यटकका लागि नेपाल उत्कृष्ट भ्रमण गन्तव्य हुन सक्ने भएकाले पर्यटन प्रवद्र्धनमा काम गर्नुपर्नेमा पनि जोड दिए  । ‘नेपाल र बेलायतबीच सिधा हवाई सम्पर्क स्थापित गर्न सक्दा त्यसले पर्यटन प्रवद्र्धन र नेपाली वस्तुको निर्यातमा योगदान दिन सक्छ,’ उनले भने, ‘नेपाललाई शैक्षिक गन्तव्यको रूपमा पनि विकास गर्न सकिन्छ, हामीसँग त्यसको पर्याप्त संभावना छ ।’छलफलमा नवनियुक्त राजदूत आचार्यले नेपालमा उत्पादन हुने वस्तुहरूको बेलायती बजारमा प्रवद्र्धनका लागि आफूले काम गर्ने बताए  । उनले बेलायतमा नेपाली गलैँचा, हस्तकला, तयारी पोशाक, चिया, कफी जस्ता वस्तुको अधिक संभावना रहेको र नेपाली वस्तुहरूमाथि बेलायती नागरिकको विश्वास पनि रहेकाले त्यस्ता वस्तुको निर्यात प्रवद्र्धनमा निजी क्षेत्रसँग मिलेर काम गर्ने उल्लेख गरे। बेलायतले नेपाल जस्ता देशहरूमा आर्थिक÷सामाजिक विकासका लागि अनुदानका कार्यक्रम अघि बढाइरहेको भन्दै उनले पूर्वाधार विकासमा त्यो उपयुक्त हुने बताए । राजदूत आचार्यले नेपाल उद्योग परिसंघले आयोजना गर्ने पूर्वाधार सम्मेलनमा बेलायती लगानीकर्ता सहभागी गराउन पहल गर्ने पनि उल्लेख गरे  । ‘दुई देशबीचको आर्थिक सम्बन्धलाई थप बलियो बनाउन राजनीतिक तहमा नै संयन्त्र विकास गरी काम गर्ने सोच अघि बढाएका छौँ,’ उनले भने, ‘त्यसमार्फत पनि दुई देशबीचको आर्थिक कुटनीति बलियो बनाउने र नेपालमा लगानी बढाउन तथा नेपाली वस्तुको निर्यात अभिवृद्धि गर्न सकिन्छ ।’ नेपाल र बेलायतबीच ऐतिहासिक सम्बन्ध रहेको र यो सम्बन्धलाई नेपालको आर्थिक विकासमा उपयोग गर्ने गरी आफूले रणनीति तयार गर्ने उनको भनाइ छ । छलफलमा परिसंघका निवर्तमान अध्यक्ष सतिशकुमार मोरले नेपालको जलविद्युत, खनिज, पर्यटन, शिक्षा र स्वास्थ्य गरी पाँचवटा क्षेत्र बेलायती लगानीकर्ताका लागि आकर्षक क्षेत्र हुन सक्ने औँल्याए  । नेपालमा उत्पादन हुने वस्तुलाई भारतमा भन्सार छुट सुविधासहित निर्यात गर्न सकिने भएकाले लगानीकर्ताले बजारको चिन्ता लिनु नपर्ने उनको भनाइ छ । यसैगरी परिसंघका उपाध्यक्ष कृष्णप्रसाद अधिकारी, हस्तकला महासंघका अध्यक्ष सुरेन्द्र भाइ शाक्य, गलैँचा उत्पादक संघका महासचिव अशोक अग्रवाल एवं गलैँचा निर्यातकर्ता राहुल शाक्य र तयारी पोशाक उत्पादक एवं निर्यातकर्ता बलराम गुरुङले नेपाली उत्पादन प्रवद्र्धनका लागि बेलायतस्थित दूतावासमा प्रदर्शनी केन्द्र स्थापना गर्न आग्रह गरे । उनीहरूले बेलायतमा नेपाली उत्पादन प्रवद्र्धनका लागि वार्षिक कार्यक्रम नै तय गरी व्यापार मेला आयोजना गर्न पनि सुझाव दिए । बेलायती उद्योगी र नेपाली उद्योगीबीच आपसी सम्बन्ध स्थापित गराउन दूतावासले पहल गर्नुपर्नेमा पनि जोड दिए ।

गोर्खाली चियासहित नेपाली उत्पादनलाई यूएईमा भित्र्याउँदै 'फ्यामकल नेपाल'

यूएई –  संयुक्त अरब इमिरेट्स यूएईको बजारमा अब 'गोर्खाली लिभ्स ग्रीन टी' चियासहित नेपाली उत्पादन आउने भएको छ । 'फ्यामकल नेपाल' नामक कम्पनीले नेपाली उत्पादनलाई यूएई ल्याउने तयारी गरेकाे हाे । कम्पनीले काठमाण्डौमा रहेकाे यूएई दूतावासमा यस विषयमा छलफल गरेकाे जनाएकाे छ । ​ नेपालका लागि यूएईका राजदूत सैइद हमदान अल नक्बीसँग भेट गरी नेपाली उत्पादन अलैँची, चिया, जडिबुटी, अत्तर, मर-मसला लगायतका सामाग्रीहरु यूएईमा पुर्‍याइ व्यापार मार्फत पर्यटन प्रवर्द्धन गर्...