किन विस्तार हुन सकेको छैन विज्ञापन क्षेत्र ?

क्लिन फिड लागू भएपश्चात् नेपालको विज्ञापन क्षेत्रमा आमूल परिवर्तन आउँछ भन्ने अपेक्षा गरिएको थियो । हुन पनि उक्त समयमा क्लिन फिड लागू नभएकै कारणले नेपालको विज्ञापन क्षेत्र धराशयी बन्दै गएको र सुधार हुन नसकेको भनेर प्रचार गरिएको थियो । कोभिड अगाडि १५–२० प्रतिशतको दरमा वृद्धि हुँदै गएको नेपाली विज्ञापन बजार त्यसपश्चात् पुन: उक्त गति लिन नसकेको तथ्यांकले देखाउँछ । प्रिन्ट क्षेत्र, रेडियो, टेलिभिजनलगायत क्षेत्रमा विज्ञापन बजार साँघुरो हुँदै गएको अवस्थामा इन्टरनेटबाट हुने विज्ञापन प्रभावकारी हुँदै गएको छ । ठूलै मात्रामा लगानी गरेर काठमाडौंको सडक खण्डमा सोलार बत्तीको जडान गरिएको थियो, तल विज्ञापन राख्ने उद्देश्यका साथ । तर, त्यहाँ समेत उल्लेखीय सहभागिता नदेख्दा, नेपालमा विज्ञापन क्षेत्र फस्टाउन नसकेको स्पष्ट बुझ्न सकिन्छ । हुन त नेपालमा अहिले आर्थिक मन्दी चलिरहेको छ, जसले गर्दा समग्र अर्थतन्त्र नै समस्यामा छ । उद्योग, कलकारखाना बन्द भएको यस समयमा मुख्य विज्ञापनदाताहरू – स्टील, सिमेन्ट, गाडी, मदिरा, वित्तीय संस्थाहरूले विज्ञापनका लागि बजेट घटाएको देखिन्छ । यसले गर्दा स्वाभाविक रूपमा विज्ञापन क्षेत्र संकटमा गएको बुझ्न सकिन्छ । तर, हिजो क्लिन फिड नभएर नेपाली विज्ञापन बजार विस्तार नभएको भनिएझैँ, आज अर्थतन्त्रको अवस्थालाई दोष दिइएको मात्र हो । नेपालमा विज्ञापन क्षेत्र विस्तार नहुनुको पछाडि विभिन्न कारक तत्त्वहरू रहिआएका छन् । सर्वप्रथम त, नेपाली वस्तु र सेवाको गुणस्तरमै प्रश्न उठ्ने गर्छ । जब नेपाली बजारमा विक्री हुने नेपाली वस्तुको माग बढी हुन्छ, तब बल्ल त्यसको विक्री बढी हुन्छ । नेपाली उत्पादन गुणस्तर नहुँदा नेपाली वस्तु र सेवाको जतिसुकै विज्ञापन गरे पनि, आयातित वस्तु र सेवाले बढी बजार प्राप्त गर्छ, जसले गर्दा विज्ञापन गरे पनि नगरे पनि कुनै औचित्य रहँदैन । नेपालमा विज्ञापन र विक्रीबीचको अध्ययन कतै भएको पाइँदैन । त्यसैले विज्ञापनलाई मिडियासँग सम्बन्ध सुमधुर पार्ने एउटा माध्यम र बाध्यताका रूपमा लिने गरिएको छ । फलस्वरूप, विज्ञापन क्षेत्रप्रति आकर्षणभन्दा पनि बोझसरह लिने गरिएको भेटिन्छ । एकपटक हेरिएको वा सुनिएको विज्ञापन पुन: हेर्न वा सुन्न मन नलाग्नाले श्रोता वा दर्शकमा उक्त विज्ञापनप्रति रुचि हुँदैन । रुचिको अभाव हुनुमा विज्ञापन गुणस्तरीय नहुनु एउटा कारण हो । दशकौं पुरानो विज्ञापन अहिले सम्झनु पर्दा केही सीमित विज्ञापन पनि आम मस्तिस्कमा छैन । हिजो जुन वेगमा ‘गोरखकाली टायर’, ‘उपहार चिया’, ‘रारा चाउचाउ’, ‘खुकुरी चुरोट’हरूको विज्ञापन दिमागमा बसेको थियो, आज त्यो छैन । हिजोभन्दा आज विज्ञापन गर्ने तरीका परिवर्तन भइसकेको छ । गुणस्तरहीन विज्ञापन निर्माण हुँदा विज्ञापनले उत्पादकत्व सिर्जना गर्न सकेको छैन । नेपालका विज्ञापन एजेन्सीहरू केही सीमित ठूला व्यक्तिहरूको हातमा रहिआएको छ । विज्ञापन नै अध्ययन गरेको भन्दा पनि व्यवसाय सम्हालेको झैं देखिने यो क्षेत्रमा नवीन सोचभन्दा पनि सीमित विज्ञापन खोसाखोस गर्ने होडबाजीमै रमाइरहेको देख्न सकिन्छ । उनीहरूलाई आफ्नो ग्राहक टिकाउन मात्र छ, विज्ञापन क्षेत्र सुधार गर्ने र नवीनतम प्रणाली विकास गर्ने सोच कतै पनि छैन । उद्योगहरूले नाफा आर्जन गरिरहेका छन्, त्यही नाफाबाट आफ्नो भाग खोस्नुपर्छ भन्ने सोच हाबी हुन थालेको देख्न सकिन्छ । यसले गर्दा नेपाली विज्ञापन क्षेत्रले ठूलो उपलब्धि हात पार्न सकेको छैन । पुरातन सोच हाबी भएकै कारण आज उत्पादन हुने विज्ञापन दशकौं पुरानोभन्दा केही फरक देखिँदैन । कुनै पनि क्षेत्र विस्तार हुनका लागि त्यहाँ अतिआवश्यक पक्ष भनेको दक्ष जनशक्ति हो । विज्ञापन क्षेत्र त्यस्तो क्षेत्र हो जहाँ कुनै पनि युवाको उद्देश्य पारिभाषित हुँदैन । बेरोजगारीको चरम सीमामा कतै जागीर नपाएर प्रयास गरूँ न त भनेर प्रवेश गर्नेको थलो मात्र हुन सकेको छ । विज्ञापन क्षेत्र त्यस्तो व्यवस्थित पनि छैन, जसले गर्दा व्यवस्थापन संकायको विद्यार्थीको रहर त्यहाँ काम गर्ने हुँदैन । यसका लागि दुई प्रमुख कारण छन् – वृत्ति विकासको कम स्थान । जुन तहमा प्रवेश गरियो, त्यही तहबाट जागीरबाट बिदा हुनुपर्ने अवस्था छ । जसरी बैंक प्रवेश गर्ने युवाले उक्त बैंकको नायब प्रमुख कार्यकारीसम्मको सपना देख्न सक्छ, विज्ञापन क्षेत्रमा उक्त अवसर छैन, जसले आकर्षण गर्दैन । त्यसै गरी, दोस्रो कारण भनेको त्यहाँको व्यवस्थापनको समस्या हो । एउटा स्नातकोत्तर उत्तीर्ण गरेको युवा, एसएलसी पासको मातहतमा बसेर काम गर्नुपर्ने अवस्था छ, अझ न्यून तलबमा । अनि कसरी होस् उक्त क्षेत्रमा दक्ष जनशक्ति ? माथिल्ला वर्गको उच्च पारिश्रमिक र नाफा, नवप्रवेशीलाई न्यून ज्याला भएपश्चात् यस क्षेत्रमा अध्ययन गर्ने विद्यार्थी, रुचि राख्ने वर्ग भए तापनि यसै क्षेत्रलाई आफ्नो कार्यथलो बनाउँछु भनी संकल्प राख्नेहरूको अभाव रहिआएको छ ।  छिमेकी मुलुक भारतमा विज्ञापन क्षेत्रमा वार्षिक ३० खर्बभन्दा बढीको कारोबार हुने गरेको छ । यस क्षेत्रमा प्रवेश मात्र गर्न पनि उच्च प्रतिस्पर्धा रहिआएको अवस्थामा नेपालमा यो क्षेत्र विस्तार हुन नसकेकै हो । अर्थतन्त्रमा ठूलो योगदान पुर्‍याएको यस क्षेत्रमा धेरै परिवार आश्रित समेत रहन जान्छन, तर यसको विकास नहुँदा यहाँ कुनै सम्भावना नदेख्नु शायद स्वाभाविक पनि हो । मात्र एउटा अर्थहीन वेबसाइट राखेर, अवार्ड कार्यक्रम गर्न मात्र उभिएको एडभरटाइजिङ एशोसिएशन अफ नेपाल (आन)ले आफ्नो कार्यक्षेत्र विस्तार गर्न सक्नुपर्छ र सशक्त उभिन सक्नुपर्छ । दक्ष जनशक्तिको खोज गरी यो क्षेत्रलाई गति प्रदान गर्न सक्नुपर्छ । अनि मात्र यस क्षेत्रले एउटा बलियो स्थान प्राप्त गर्नेछ । रेग्मी बैंकर हुन् ।   

सम्बन्धित सामग्री

किसानलाई आलु खेतीतर्फ आकिर्षत गर्न क्षेत्र विस्तार

ढोरपाटन (बागलुङ), ५ चैत । बागलुङ जिल्लाका निसीखोला, ढोरपाटन र ताराखोला क्षेत्र आलु उत्पादनमा प्रसिद्ध छन् । यी ठाउँबाहेक बागलुङका अन्य क्षेत्रमा पनि आलु खेती हुँदै आएको छ । बागलुङ आलु खेतीका लागि उर्वर भएकाले कृषि ज्ञान केन्द्रले यस वर्षदेखि क्षेत्र विस्तार गर्न थालेको छ । ज्ञान केन्द्रले चालु आर्थिक वर्षमा तीन करोड ५० लाख […]

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन भन्सार क्षेत्र विस्तार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन भन्सार जाँच क्षेत्र विस्तार गरिएको छ । विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार विगतमा साँघुरो भई भीडभाड हुने उक्त क्षेत्र विस्तारसँगै यात्रुलाई सहज हुने भएको छ । “अन्तर्राष्ट्रिय टर्मिनलको आगमन भन्सार क्षेत्र साँघुरो भई यात्रुलाई असहज भइरहेकामा सो क्षेत्रको विस्तार भएको छ, प्रस्थानको ‘चेक इन’ क्षेत्रसमेत विस्तार गर्न लागिएको छ”, महाप्रबन्धक तिवारीले …

गुल्मीमा कफी, सुन्तला, बाख्रा र मकैका लागि क्षेत्र विस्तार गरिँदै

गुल्मी – गुल्मीका १२ वटै पालिकामा कफी, सुन्तला, बाख्रा र मकैको क्षेत्र विस्तार गरिने भएको छ । प्रधानमन्त्री तथा कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ गुल्मीको आयोजनामा सञ्चालित जोन तथा सुपर जोन कार्यक्रमअन्तर्गत ३२ वटा वडामा क्षेत्र विस्तार गरिने भएकाे हो ।  अनुगमन समितिले गुल्मीकाे चन्द्रकोट गाउँपालिकाअन्तर्गत वडा नम्बर २, ३ र ४, कालीगण्डकीको १ र ४, सत्यवतीको ८, छत्रकोटको १ र २, रुरुक्षेत्रको ४, गुल्मीदरबार गाउँपालिकाको १ र रेसुङ्गा नगरपालिकाको १४ सहित ११ वटा वडामा सुन्तला जात फलफूलका लागि क्षेत्र विस्तार गरिने...

सिँचाइ क्षेत्र विस्तार गर्दै माडी नगरपालिका

काठमाडौँ- चितवनको माडी नगरपालिकाले सिँचाइ क्षेत्र विस्तार गर्ने भएको छ । कृषि क्षेत्रलाई प्राथमिकतामा राखेको माडी नगरपालिकाले यस आर्थिक वर्षमा पनि बोरिङमार्फत किसानका खेत खेतमा पानी पुर्‍याउने भएको हो । माडी नगरपालिकाको कृषि शाखा प्रमुख किरणप्रसाद उपाध्यायका अनुसार साविकका कुलो मासिँदै गएपछि नगरपालिका पछिल्लो चार वर्षयता बोरिङ निर्माणमा केन्द्रित भएको छ । चार वर्षको अवधिमा माडी […]

निकुञ्ज क्षेत्र विस्तार गर्न लागेको भन्दै विरोध

हेटौंडाः सरकारले वाग्मती प्रदेशको राजधानी हेटौंडाको तीन वटा वडामा पर्सा राष्ट्रिय निकुञ्चको क्षेत्र विस्तार गर्न लागेको भन्दै विरोध प्रदर्शन सुरु भएको छ। शुक्रबार निकुञ्जले हेटौंडाको वडा नम्बर १२, १३ र १४ का साथै मनहरी गाउँपालिकाको वडा नम्बर १ र २ मा आफ्नो क्षेत्र विस्तार गर्न लागेको भन्दै स्थानीयले निकुञ्जविरुद्ध विरोध…

सुन्तलाका बोट मरेपछि नयाँ क्षेत्र विस्तार

तनहुँ, ४ माघ: सुन्तला पकेट क्षेत्रका रुपमा परिचित बन्दीपुर र आँबुखैरेनीमा सुन्तलाका बोट मर्दै जान थालेपछि अन्यत्र क्षेत्र विस्तार कार्य थालिएको छ । उक्त स्थानमा रहेका सुन्तलाको बोट मर्दै गएपछि कास्कीको नेपाल कृषि अनुसन्धान परिषद (नार्क) लुम्लेबाट आएको प्राविधिक टोलीले सुन्तला बोटको पिसिआर परीक्षण गर्दा भाइरस देखिएपछि नयाँ स्थानमा क्षेत्र विस्तार कार्य अघि बढाइएको हो […]

छ लेन सडक विस्तार: धरान बजारमा अन्यौल, दुहवीमा बजार क्षेत्र छाड्ने टुंगो

व्यापारिक मार्ग विस्तार आयोजना अन्तर्गत चीन र भारतसँगको सोझो ‘लिङ्क’ रोडको रुपमा विराटनगर–धरान सडक खण्ड निर्माणमा धरानको बजार क्षेत्र सडक विस्तारमा अन्यौल भएको छ।...

संरक्षित क्षेत्र विस्तार भए आन्दोलन गर्ने फेकोफनकोे चेतावनी

सामुदायिक वन उपभोक्ता महासंघ फेकोफनले संरक्षित क्षेत्र विस्तार भए आन्दोलन गर्ने चेतावनी दिएको छ । महासंघले संरक्षण क्षेत्र विस्तार गर्दा सामुदायिक वन उपभोक्ताहरूको वन पैदावार उपभोगको अधिकार खोसिने भन्दै आन्दोलन गर्ने चेतावनी दिएको हो । काठमाडौं, ललितपुर, मकवानपुर र धादिङको फूलचोकी–चन्द्रागिरी क्षेत्र,धादिङको रुवी उपत्यकासहितको उत्तरी क्षेत्र, संखुवासभा, तेह्थुम र ताप्लेजुङ्गको तीनजुरे–मिल्के–जलजले लगायतका क्षेत्रमा वन संरक्षण […]

संरक्षित क्षेत्र घोषणा र विस्तार तत्काल रोक्न माग

सामुदायिक वन उपभोक्त महासंघले संरक्षित क्षेत्र निकुञ्ज, आरक्ष, संरक्षण क्षेत्र, मध्यवर्ति क्षेत्र, वातावरण संरक्षण क्षेत्र र वन संरक्षण क्षेत्र विस्तार तथा घोषणा गर्ने कार्य तत्काल रोक्न सरकारसँग माग गरेका छन् ।

पर्यापर्यटन बढाउन संरक्षित क्षेत्र विस्तार गरिने

सरकारले संरक्षित क्षेत्र विस्तार गर्ने तयारी गरिरहेको छ । मध्यपहाडी क्षेत्रमा संरक्षित क्षेत्र विस्तार गरेर वन्यजन्तु जोगाउन र पर्यापर्यटन विकासका लागि संरक्षित क्षेत्रको क्षेत्रफल बढाउने तयारी भएको हो ।हिमाली क्षेत्र र तराई भूभागमा संरक्षित क्षेत्र विस्तार भए पनि पहाडी क्षेत्रमा भने शिवपुरी राष्ट्रिय निकुञ्जमात्रै छ । पहाडी क्षेत्रमा पनि संरिक्षत क्षेत्र विस्तार गरेर पर्यापर्यटन बढाउने […]