सांसदहरूको जिम्मेवारी

संसद् कानून निर्माणको थलो हो । तर, संसद्मा सरकारले ल्याएको विधेयकलाई पारित गर्न वर्षौं लगाउने गरिएको छ भने सांसदहरूले गैरसरकारी विधेयक दर्ताको अभ्यास राम्रोसँग गरिरहेका छैनन् । एकातिर सांसदहरू सरकारले संसद्लाई ‘बिजनेश’ नदिएको आरोप लगाउँछन् भने अर्कातिर आफैले विधेयक बनाएर प्रस्तुत गर्ने प्रवृत्ति त पछिल्लो समय शून्य बराबर नै भएको देखिन्छ । विधेयक बनाए पनि पारित हुने होइन भन्ने सोच केही सांसदमा पाइन्छ तर पारित नै भएन भने पनि त्यसलाई बहसमा ल्याउन पनि विधेयक दर्ता गरिनुपर्छ ।  नेपालको संविधानले राष्ट्रिय महत्त्वका विषयमा सांसदहरूले गैरसरकारी विधेयक पेश गर्न सक्ने व्यवस्था गरेको छ । सुरक्षा निकायसँग सम्बद्ध विधेयकबाहेक सबै क्षेत्रमा गैरसरकारी विधेयक संसद्मा दर्ता गराउन सकिन्छ । हुन त आर्थिक कुरा उल्लेख हुनेबित्तिकै कुनै पनि विधेयक आर्थिक हुने व्यवस्था छ । आर्थिक कुरा उल्लेख नै नहुने विषय नहुने हुँदा गैरसरकारी विधेयक दर्तामा सांसदहरूको चासो नभएको पनि हुन सक्छ । तर, पनि संसद्मा छेउ न टुप्पाका विषयमा कुरा उठाएर बोल्नुभन्दा यस्तो विधेयक प्रस्तुत गर्दा संसद्को गरिमा र महत्त्व बढ्छ । नेपालको संसदीय अभ्यासमा सरकारले विधेयक प्रस्तुत गर्ने र सामान्यता प्रतिपक्षले त्यसको विरोध गर्ने अनि सत्तापक्षले ताली पड्काउने गरेको पाइन्छ । त्यसो हुँदा आफ्नो विधेयक अलपत्र पर्ने डर सांसदहरूमा पैदा भएको पनि हुन सक्छ । खासमा भन्ने हो भने पछिल्लो समयमा सांसद हुन् वा राजनीतिक नेतृत्व, तिनमा अध्ययनशीलताको अभाव निकै खट्किन थालेको छ । त्यही भएर विधेयक बनाउनतिर उनीहरूको रुचि नभएको हो भन्न सकिन्छ । संसद्मा गयो, हाजीर गर्‍यो, टाप कस्यो अनि भत्ता पचायो । यदाकदा आफ्नो निर्वाचन क्षेत्रका समस्याबारे संसद्मा बोलेपछि संसद्मा सक्रिय भूमिका निर्वाह गरेको अनुभव गर्ने सांसदको संख्या अत्यधिक छ । संसद्मा पेश भएका विधेयकको विषयसमेत नबुझी अघिल्लो संसद्मा सांसदले बोलेको समाचार सार्वजनिक भएकै हो । आफ्नो गाउँठाउँमा पुल, कल्भर्ट बनाउन चासो दिँदै हिँड्ने तर कानून निर्माणमा भने खासै चासो नदिने सांसदको संख्या थुप्रै छ । नेपालमा गैरसरकारी विधेयक दर्तै नभएको होइन, दर्ता भएका छन् र केही पारित भएका पनि छन् । हालसम्म संसद्मा १३ ओटा गैरसरकारी विधेयक दर्ता भएको बताइन्छ । विगतमा नेपाल स्वास्थ्य व्यवसायी परिषद् विधेयक २०५३, मानव अधिकार आयोग विधेयक २०५३, कानूनी सहायतासम्बन्धी विधेयक २०५४ संसद्बाट पारित भएको पाइन्छ । त्यसयता फाट्टफुट्ट गैरसरकारी विधेयक संसद्मा दर्ता भए पनि पारित भने भएका छैनन् । संसद् कानून निर्माणको थलो हो । तर, संसद्मा सरकारले ल्याएको विधेयकलाई पारित गर्न वर्षौं लगाउने गरिएको छ भने सांसदहरूले गैरसरकारी विधेयक दर्ताको अभ्यास राम्रोसँग गरिरहेका छैनन् । एकातिर सांसदहरू सरकारले संसद्लाई ‘बिजनेश’ नदिएको आरोप लगाउँछन् भने अर्कातिर आफैले विधेयक बनाएर प्रस्तुत गर्ने प्रवृत्ति त पछिल्लो समय शून्य बराबर नै भएको देखिन्छ । विधेयक बनाए पनि पारित हुने होइन भन्ने सोच केही सांसदमा पाइन्छ तर पारित नै भएन भने पनि त्यसलाई बहसमा ल्याउन पनि विधेयक दर्ता गरिनुपर्छ ।  नेपालको संविधानले राष्ट्रिय महत्त्वका विषयमा सांसदहरूले गैरसरकारी विधेयक पेश गर्न सक्ने व्यवस्था गरेको छ । सुरक्षा निकायसँग सम्बद्ध विधेयकबाहेक सबै क्षेत्रमा गैरसरकारी विधेयक संसद्मा दर्ता गराउन सकिन्छ । हुन त आर्थिक कुरा उल्लेख हुनेबित्तिकै कुनै पनि विधेयक आर्थिक हुने व्यवस्था छ । आर्थिक कुरा उल्लेख नै नहुने विषय नहुने हुँदा गैरसरकारी विधेयक दर्तामा सांसदहरूको चासो नभएको पनि हुन सक्छ । तर, पनि संसद्मा छेउ न टुप्पाका विषयमा कुरा उठाएर बोल्नुभन्दा यस्तो विधेयक प्रस्तुत गर्दा संसद्को गरिमा र महत्त्व बढ्छ । नेपालको संसदीय अभ्यासमा सरकारले विधेयक प्रस्तुत गर्ने र सामान्यता प्रतिपक्षले त्यसको विरोध गर्ने अनि सत्तापक्षले ताली पड्काउने गरेको पाइन्छ । त्यसो हुँदा आफ्नो विधेयक अलपत्र पर्ने डर सांसदहरूमा पैदा भएको पनि हुन सक्छ । खासमा भन्ने हो भने पछिल्लो समयमा सांसद हुन् वा राजनीतिक नेतृत्व, तिनमा अध्ययनशीलताको अभाव निकै खट्किन थालेको छ । त्यही भएर विधेयक बनाउनतिर उनीहरूको रुचि नभएको हो भन्न सकिन्छ । संसद्मा गयो, हाजीर गर्‍यो, टाप कस्यो अनि भत्ता पचायो । यदाकदा आफ्नो निर्वाचन क्षेत्रका समस्याबारे संसद्मा बोलेपछि संसद्मा सक्रिय भूमिका निर्वाह गरेको अनुभव गर्ने सांसदको संख्या अत्यधिक छ । संसद्मा पेश भएका विधेयकको विषयसमेत नबुझी अघिल्लो संसद्मा सांसदले बोलेको समाचार सार्वजनिक भएकै हो । आफ्नो गाउँठाउँमा पुल, कल्भर्ट बनाउन चासो दिँदै हिँड्ने तर कानून निर्माणमा भने खासै चासो नदिने सांसदको संख्या थुप्रै छ । नेपालमा गैरसरकारी विधेयक दर्तै नभएको होइन, दर्ता भएका छन् र केही पारित भएका पनि छन् । हालसम्म संसद्मा १३ ओटा गैरसरकारी विधेयक दर्ता भएको बताइन्छ । विगतमा नेपाल स्वास्थ्य व्यवसायी परिषद् विधेयक २०५३, मानव अधिकार आयोग विधेयक २०५३, कानूनी सहायतासम्बन्धी विधेयक २०५४ संसद्बाट पारित भएको पाइन्छ । त्यसयता फाट्टफुट्ट गैरसरकारी विधेयक संसद्मा दर्ता भए पनि पारित भने भएका छैनन् । कुनै विषयमा संसद्मा बोल्न हुन्छ भने त्यसका लागि आवश्यक विधेयक बनाएर दर्ता गर्न कसैले रोकेको छैन । त्यसो गर्दा सांसदको महिमा मात्र बढ्ने होइन सिंगो शासन प्रणालीप्रति नै विश्वास बढ्छ । यही पारित नहुने सम्भावना देखेर पनि जागरुक सांसदहरूले गैरसरकारी विधेयक दर्ता नगरेको देखिन्छ । गैरसरकारी विधेयकलाई पारित गराउन सांसदहरूले नै लबिङ गर्नु जरुरी छ । गैरसरकारी विधेयक सरकारी नभएकाले सत्तारूढ र प्रतिपक्षमा विभाजित हुने अवस्था पनि रहँदैन । त्यसैले सबै दलका सांसदहरूलाई आफूले दर्ता गरेको विधेयकको आवश्यकता र महत्त्व बुझाउन सक्नुपर्छ । यसरी विधेयक दर्ता गर्ने क्रम बढ्यो भने सरकारलाई पनि विधेयक दर्ता गर्न दबाब पर्छ । गैरसरकारी विधेयकलाई नै आधार मानेर उसले नयाँ विधेयक ल्याउन पनि सक्छ । संसद् अधिवेशन चल्दा दैनिक १० लाख खर्च हुने अनुमान छ । त्यत्रो रकम खर्च गरेर पनि ऐन नबन्नु भनेको लाजमर्दो अवस्था हो । सांसदहरूले आफ्नो अकर्मण्यता लुकाउन विभिन्न बहाना बनाउने गरेका छन् । कुनै विषयमा संसद्मा बोल्न हुन्छ भने त्यसका लागि आवश्यक विधेयक बनाएर दर्ता गर्न कसैले रोकेको छैन । त्यसो गर्दा सांसदको महिमा मात्र बढ्ने होइन सिंगो शासन प्रणालीप्रति नै विश्वास बढ्छ । कानूनी थिति बसाल्न नखोज्ने तर जीहजुरीमा रमाउने हो भने त्यो सामन्ती अवशेष हो । अहिलेका सांसदहरूमा त्यही सामन्ती अवशेष देखिन्छ । त्यसैले सांसदको काम सरकारले ल्याएको विधेयकमा मात्र ताली पिट्ने होइन, आफैले अध्ययन गरेर मुलुकलाई कुन क्षेत्रमा कानून नहुँदा समस्या भएको छ, त्यससम्बन्धी विधेयक संसद्मा दर्ता गराउने अभ्यास भित्रिन आवश्यक छ । सांसदले आफ्नो यो जिम्मेवारी बिर्सन मिल्दैन ।  यही पारित नहुने सम्भावना देखेर पनि जागरुक सांसदहरूले गैरसरकारी विधेयक दर्ता नगरेको देखिन्छ । गैरसरकारी विधेयकलाई पारित गराउन सांसदहरूले नै लबिङ गर्नु जरुरी छ । गैरसरकारी विधेयक सरकारी नभएकाले सत्तारूढ र प्रतिपक्षमा विभाजित हुने अवस्था पनि रहँदैन । त्यसैले सबै दलका सांसदहरूलाई आफूले दर्ता गरेको विधेयकको आवश्यकता र महत्त्व बुझाउन सक्नुपर्छ । यसरी विधेयक दर्ता गर्ने क्रम बढ्यो भने सरकारलाई पनि विधेयक दर्ता गर्न दबाब पर्छ । गैरसरकारी विधेयकलाई नै आधार मानेर उसले नयाँ विधेयक ल्याउन पनि सक्छ । संसद् अधिवेशन चल्दा दैनिक १० लाख खर्च हुने अनुमान छ । त्यत्रो रकम खर्च गरेर पनि ऐन नबन्नु भनेको लाजमर्दो अवस्था हो । सांसदहरूले आफ्नो अकर्मण्यता लुकाउन विभिन्न बहाना बनाउने गरेका छन् । कुनै विषयमा संसद्मा बोल्न हुन्छ भने त्यसका लागि आवश्यक विधेयक बनाएर दर्ता गर्न कसैले रोकेको छैन । त्यसो गर्दा सांसदको महिमा मात्र बढ्ने होइन सिंगो शासन प्रणालीप्रति नै विश्वास बढ्छ । कानूनी थिति बसाल्न नखोज्ने तर जीहजुरीमा रमाउने हो भने त्यो सामन्ती अवशेष हो । अहिलेका सांसदहरूमा त्यही सामन्ती अवशेष देखिन्छ । त्यसैले सांसदको काम सरकारले ल्याएको विधेयकमा मात्र ताली पिट्ने होइन, आफैले अध्ययन गरेर मुलुकलाई कुन क्षेत्रमा कानून नहुँदा समस्या भएको छ, त्यससम्बन्धी विधेयक संसद्मा दर्ता गराउने अभ्यास भित्रिन आवश्यक छ । सांसदले आफ्नो यो जिम्मेवारी बिर्सन मिल्दैन । 

सम्बन्धित सामग्री

काभ्रे कांग्रेसको जिम्मेवारी हस्तान्तरण

नेपाली कांग्रेसको जिल्ला कार्यसमिति काभ्रेको जिम्मेवारी हस्तान्तरण सम्पन्न भएको छ। एक कार्यक्रमकाबीच १४औं महाधिवेशनअन्तर्गत जिल्ला अधिवेशनबाट निर्वाचित कार्यसमितिको पदस्थापन तथा जिम्मेवारी हस्तान्तरण गरिएको हो। कार्यक्रममा निवर्तमान जिल्ला सभापति तथा कांग्रेस केन्द्रीय...

एमालेमा जिम्मेवारी बाँडफाँटः अध्यक्ष ओली निकटलाई महत्वपूर्ण जिम्मेवारी

काठमाडौं, पुस ३ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले १०औं महाधिवेशनबाट विभिन्न पदमा निर्वाचित नेताहरूको कार्यविभाजन गर्ने क्रममा आफूनिकट नेतालाई महत्वपूर्ण जिम्मेवारी दिएका छन् । उनले आफूनिकट र पूर्वमाओवादी समूहलाई महत्वपूर्ण जिम्मेवारी र वरीयताक्रममा माथि राख्दा विगतमा माधवकुमार नेपालनिकट रहेका नेतालाई भने ‘बाइपास’ गरेका छन् । अधिकांश उपाध्यक्षलाई नाम मात्रको […]

माओवादीले दियो नारायणकाजीलाई अन्तर्राष्ट्रिय विभागको जिम्मेवारी

नेकपा माओवादी केन्द्रले नेता नारायणकाजी श्रेष्ठलाई अन्तर्राष्ट्रिय विभागको जिम्मेवारी दिएको छ । पछिल्लो समय पार्टी नेतृत्वको जिम्मेवारी बाँडफाँडमा असन्तुष्टि जनाउँदै आएका श्रेष्ठलाई  अन्तर्राष्ट्रिय विभागको जिम्मेवारी दिइएको हो । यसअघि श्रेष्ठलाई प्रवास समन्वय विभागको जिम्मेवारी दिइ अन्तर्राष्ट्रिय विभाग दिइएको थिएन । तर हाल आएर माओवादीले अन्तर्राष्ट्रिय विभागको जिम्मेवारी पनि दिएको हो । यस्तै उपप्रमुखमा सुरेन्द्र कार्की रहेका छन् । यस्तै प्रवास समन्वय समितिको सहइन्चार्जमा लक्ष्मण पन्त

दुई मन्त्रीको जिम्मेवारी हेरफेर

जनकपुर । प्रदेश नं. २ को मन्त्रीमण्डल हेरफेर भएको छ । मुख्यमन्त्री लालबाबु राउतले अर्थ मन्त्रालय र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी हेरफेर गरेको हुन् । राउतले भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी विजय यादव र अर्थ मन्त्रालयको जिम्मेवारी शैलेन्द्र साहलाई दिएका हुन् । तीन दलको सरकार रहेको प्रदेश नं. २ मा […]

माओवादी नेताको जिम्मेवारी बाँडफाट : कसलाई कुन जिम्मेवारी ?

नेकपा माओवादी केन्द्रले नेताहरुको जिम्मेवारी बााडफाँट गरेको छ । भदौ ५ र ६ गते बसेको स्थायी समिति बैठकको छलपलबाट नेताहरुको जिम्मेवारी बाँडफाट भएको परिपत्र माओवादीले सार्वजनिक गरेको छ । माओवादीले पार्टीको...

माओवादी केन्द्रमा जिम्मेवारी हेरफेर, प्रवक्ताको जिम्मेवारी महरालाई

काठमाडौँ- नेकपा माओवादी केन्द्रमा प्रवक्ताको जिम्मेवारी पूर्वसभामुख कृष्णबहादुर महराले पाएका छन् । माओवादी केन्द्रीय कमिटी बैठकले महरालाई प्रवक्ताको जिम्मेवारी दिएको हो । यसअघिका प्रवक्ता नारायणकाजी श्रेष्ठलाई प्रवास समितिको इन्चार्ज बनाइएको छ । केन्द्रीय कार्यालय इञ्चार्ज वर्षमान पुन बनेका छन् भने अर्थमन्त्री जनार्दन शर्मालाई संगठन विभाग प्रमुखको जिम्मेवारी दिइएको छ ।

माओवादी प्रवक्ताको जिम्मेवारी महरालाई

नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महरालाई प्रवक्ताको जिम्मेवारी दिएको छ। सभामुखबाट पदमुक्त भएपछि पार्टीमा प्रभावकारी भूमिका नपाएका उनलाई माओवादीले हालै सम्पन्न केन्द्रीय कमिटी बैठकबाट प्रवक्ताको जिम्मेवारी दिएको हो।

गृह प्रवक्ताको जिम्मेवारी फणिन्द्र पोखरेललाई

गृह मन्त्रालयको प्रवक्ताको जिम्मेवारी सहसचिव फणिन्द्रमणि पोखरेलले जिम्मेवारी पाएका छन् ।  कारागार व्यवस्थापन विभागका महानिर्देशक रहेका पोखरेललाई प्रवक्ता जिम्मेवारी दिएको हो ।  उनलाई प्रवक्ताका साथै शान्ति सुरक्षा महाशाखाको प्रमुखको जिम्मेवारीसमेत दिइएको छ ।  शुक्रवारको निर्णयले पोखरेललाई प्रवक्ता र हाल प्रवक्ता रहेका जनकराज दाहाललाई कारागार व्यवस्थापन विभागको जिम्मेवारी दिइएको छ ।  तराई र पहाडका ७ वटा प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीसमेत सम्हालिसकेका पोखरेललाई अब्बल प्रशासकको रुपमा लिइन्छ ।

गण्डकी प्रदेशमा मन्त्रीलाई जिम्मेवारी

गण्डकी, १३ असार: गण्डकी प्रदेशमा गत जेठ २९ गते गठित मन्त्रिपरिषद्का सदस्यलाई मन्त्रालयको जिम्मेवारी दिइएको छ । मुख्यमन्त्रीका सिफारिसमा प्रदेश प्रमुख सीताकुमारी पौडेलले मन्त्रीद्वय कुमार खड्का र मधुमाया अधिकारीलाई मन्त्रालयको जिम्मेवारी सुम्पिनुभएको छ । मन्त्री खड्कालाई शिक्षा, संस्कृति, विज्ञान, प्रविधि तथा सामाजिक विकास मन्त्रालय तथा अधिकारीलाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको जिम्मेवारी प्रदान गरिएको प्रदेश प्रमुखको […]

प्रदेश २ मा प्रभुको जिम्मेवारी ज्वालालाई

काठमाडौं ।  नेकपा एमालेको १० औं महाधिवेशन आयोजक कमिटीको बैठकले नेताहरुको जिम्मेवारी हेरफेर तथा बाँडफाँट गरेको छ । बैठकले कार्य विभाजनअनुसार २ सय ६५ जना नेताहरुलाई जिम्मेवारी दिइएको छ ।बैठकले महाधिवेशन आयोजक कमिटीका सदस्यहरुको जिम्मेवारी बाँडफाँड समेत गरेको  हो  । महाधिवेशन आयोजक कमिटीका सदस्यहरुलाई भूगोल, विभाग र जनसंगठनको विभिन्न जिम्मेवारी दिइएको हो ।जसअनुसार प्रदेश २ को प्रदेश इन्चार्जको जिम्मेवारी रघुवीर महासेठले पाएका छन् भने प्रदेश अध्यक्षबाट माओवादी केन्द्र परित्याग गरेका प