माओवादी केन्द्रमा जिम्मेवारी हेरफेर, प्रवक्ताको जिम्मेवारी महरालाई

काठमाडौँ- नेकपा माओवादी केन्द्रमा प्रवक्ताको जिम्मेवारी पूर्वसभामुख कृष्णबहादुर महराले पाएका छन् । माओवादी केन्द्रीय कमिटी बैठकले महरालाई प्रवक्ताको जिम्मेवारी दिएको हो । यसअघिका प्रवक्ता नारायणकाजी श्रेष्ठलाई प्रवास समितिको इन्चार्ज बनाइएको छ । केन्द्रीय कार्यालय इञ्चार्ज वर्षमान पुन बनेका छन् भने अर्थमन्त्री जनार्दन शर्मालाई संगठन विभाग प्रमुखको जिम्मेवारी दिइएको छ ।

सम्बन्धित सामग्री

बलभद्र थारुसहित एमाले मोरङका नेता-कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश

नेकपा एमाले नेता बलभद्र थारु माओवादी केन्द्र प्रवेश गरेका छन् । थारुसहित मोरङ एमालेका विभिन्न पदमा सक्रिय नेता कार्यकर्ताहरु माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । उनीहरुलाई आज बिहान खुमलटारमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी प्रवेश गराएका थिए । सो क्रममा अध्यक्ष प्रचण्डले मोरङका महत्वपूर्ण व्यक्तित्व बलभद्र थारुसहितका नेताहरुको प्रवेशले मोरङमा पार्टी थप मजबुद हुने विश्वास व्याक्त गरे । नवप्रवेसीहरुलाई योग्यताअनुसारको जिम्मेवारी दिइने प्रचण्डको भनाइ थियो ।

माओवादी केन्द्रमा आकांक्षी बढेपछि विधानविपरीत २१ सदस्यीय पदाधिकारी

स्थायी समिति, पोलिटब्युरो, नेताका जिम्मेवारी बाँडफाँट अझै टुंगो लागेन काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले महाधिवेशन भएको सात महिनापछि पदाधिकारी टुंगो लगाएको छ ।लामो कसरतपश्चात् माओवादी केन्द्रले पदाधिकारी पाएको हो । तर, स्थायी समिति, पोलिटब्युरो, नेताका जिम्मेवारी बाँडफाँट अझै हुन सकेको छैन । माओवादी केन्द्रको विधानमा १५ सदस्यीय पदाधिकारी रहने व्यवस्था छ । पदाधिकारी, […] The post माओवादी केन्द्रमा आकांक्षी बढेपछि विधानविपरीत २१ सदस्यीय पदाधिकारी appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

माओवादी केन्द्रमा पदाधिकारी चयनमा सकस ! : तनावमा प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र ) को महाधिवेशन सम्पन्न भएको सात महिना बितिसक्दासमेत पदाधिकारी, स्थायी समिति, पोलिटब्युरोसहितको सांगठनिक कार्य टुंगो लगाउन सकेको छैन् । लामो समयको गृहकार्यपश्चात् बिहीबार पदाधिकारी, स्थायी समिति, पोलिटब्युरो, नेताका जिम्मेवारी बाँडफाँटलगायत संरचना टुंगो लगाउने भनिए पनि आकांक्षीको अडानका कारण बैठक नै स्थगित हुन पुग्यो । माओवादी केन्द्र अध्यक्ष पुष्पकमल […]

माओवादी केन्द्रमा प्रवेश गर्ने लहर चलेको छ : प्रचण्ड

काठमाडौं : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विगतमा विभिन्न पार्टीमा रहेका क्रमशः आफ्नो पार्टीमा आउने र केन्द्रीत हुने लहर नै चलेको बताएका छन्।नेपाली कांग्रेस र नेकपा (एमाले)का करिब दुई दर्जन नेता तथा कार्यकर्तालाई सोमवार माओवादी केन्द्रमा प्रवेश गराउँदै उनले माओवादीप्रति जनताको नयाँ उभार देखिएको दाबी गरे। उनले भने, ‘देशैभरि माओवादी केन्द्रमा फर्किने र प्रवेश गर्ने लहर नै चलेको छ।’अध्यक्ष प्रचण्डले नवप्रवेशीहरूलाई पार्टीमा उचित जिम्मेवारी दिइने

जसपा केन्द्रीय सदस्य लक्ष्मण सिंह माओवादी प्रवेश

डडेल्धुरा : जनता समाजवादी पार्टी, नेपाल (जसपा)का केन्द्रीय सदस्य लक्ष्मण सिंह नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन्। शनिबार नेकपा (माओवादी केन्द्र)को प्रदेश कार्यालय धनगढीमा प्रदेश इन्चार्ज खगराज भट्ट र राष्ट्रियसभा सदस्य जगत पार्कीले उनलाई पार्टी प्रवेश गराएका हुन्। सिंह डडेल्धुराबाट जसपा केन्द्रीय सदस्य थिए। माओवादीमा प्रवेश गरेका सिंहलाई पार्टीमा कुनै न कुनै जिम्मेवारी दिनेबारेमा छलफल भइरहेको नेकपा माओवादी केन्द्र डडेल्धुराका संयोजक मानसिंह मालले बताए।आफू माओवादीमा प्रवेश गरेसँगै

माओवादी केन्द्रका १२ युवाले पाए पार्टी केन्द्रीय प्रतिनिधिको जिम्मेवारी

१७ मंसिर, काठमाडौं । नेकपा (माओवादी केन्द्र ) को स्थायी समितिको बैठकबाट ९ जना पूर्वविद्यार्थी नेतासहित १२ जनाले केन्द्रीय प्रतिनिधिको जिम्मेवारी पाएका छन्।माओवादी केन्द्रमा केन्द्रीय प्रतिनिधिले पार्टी केन्द्रीय समितिको बैठकमा भाग लिएर केन्द्रीय भूमिका निर्बाह गर्न पाउँछन्। बिहीबार पार्टी मुख्यालय पेरिसडाँडामा बसेको बैठकले १२ युवाहरूलाई केन्द्रीय प्रतिनिधिको जिम्मेवारी दिने निर्णय गरेको पार्टी प्रवक्ता कृष्णबहादुर महराले […]

नेपाल पक्षलाई सुइँको नदिई पूर्वमाओवादीका २३ नेता एमाले केन्द्रीय सदस्यमा मनोनित

काठमाडौं । पूर्वमाओवादी केन्द्रका नेताहरु रामबहादुर थापा, टोपबहादुर रायमाझी, लेखराज भट्टसहित २३ जना नेकपा (एमाले) को कन्द्रीय सदस्यमा मनोनित भएका छन् । शुक्रबार नेकपा एमालेको केपी शर्मा ओली पक्षको केन्द्रीय समितिको भेलाले पूर्वमाओवादी केन्द्रमा रहेर ओलीतर्फ खुलेका २३ जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेको नेकपा एमालेका स्थायी समिति सदस्य सुवास नेम्वाङले जानकारी दिनुभएको छ । सरकारमा गृहमन्त्री रहेका रामबहादुर थापासहित टोपबहादुर रायमाझी, मणि थापा, प्रभु शाह, गौरीशंकर चौधरी लगायतका नेताहरु माओवादी केन्द्रमा नफर्की ओली पक्षमै रहने निर्णय गरेका थिए। तर, सो बैठकमा नेपाल पक्षका कुनै पनि केन्द्रीय सदस्यलाई खबर गरिएको थिएन। केन्द्रीय सदस्य मनोनीत गरेको बारे माधव नेपाल पक्षले कुनै जानकारी नभएको बताएको छ। बैठकले नेताहरुको जिम्मेवारी परिवर्तन गर्नुका साथै आगामी मंसिरमा महाधिवेसन गर्ने निर्णयसमेत गरेको छ। यस्तै, अध्यक्ष र महासचिवबाहेक सबै पद खारेज गरेको छ । पुनर्थापनापछि नेकपा (एमाले) केन्द्रीय कमिटिको पहिलो बैठक चैत ७ गते बस्दैछ । यसअघि चैत १ गतेका लागि तय गरिएको बैठक ७ गते बस्नेगरी सारिएको हो । केन्द्रीय कमिटिको बैठक बस्नुअघि केन्द्रीय समिति, स्थायी समितिमा बहुमत पु¥याउने गरी ओलीले एकलौटी मनोनीत गरेको बताइन्छ । बैठक धुम्बाराहीस्थित केन्द्रीय कार्यालयमा बस्नेछ। एमालेले केही दिनअघि नै केन्द्रीय कार्यालयबाट नेकपाको बोर्ड हटाएर आफ्नो साइनबोर्ड राखिसकेको छ। सर्वोच्च अदालतले पुष्पकमल दाहाल प्रचण्ड र केपी शर्मा ओली अध्यक्ष रहेको नेपाल कम्युनिस्ट पार्टी (ने क पा) खारेज गरेपछि यसमा मिसिएका पहिलेकै दुई दल नेकपा एमाले र नेकपा माओवादी केन्द्र पुनः अस्तित्वमा आएका हुन्।