हाइ स्प्रिट्स फिटनेस सेन्टर नयाँ व्यवस्थापनका साथ सञ्चालनमा

काठमाडौंको पुरानो बानेश्वरमा हाइ स्प्रिट्स फिटनेस सेन्टर नयाँ व्यवस्थापनका साथ सञ्चालनमा आएको छ।

सम्बन्धित सामग्री

ललितपुर महानगरले पनि गुनासो सुन्न कल सेन्टर स्थापना गर्ने

१० असार, काठमाडौं । ललितपुर महागरपालिकाले पनि कल सेन्टर सञ्चालनमा ल्याउने भएको छ । आगामी आर्थिक वर्ष २०७९/८०को लागि ललितपुर महानगरपालिकाले ल्याएको नीति तथा बजेटमा कल सेन्टर स्थापना गर्ने उल्लेख छ । ‘सेवा प्रवाह वकास व्यवस्थापनका सन्दर्भमा महानगरबासीहरुका गुनासो व्यवस्थापन गर्न कल सेन्टरको स्थापना गरी कार्यान्वयन गरिने छ,’ बजेटमा भनिएको छ । यसअघि नै काठमाडौं […]

अस्पतालजन्य फोहोरलाई आयस्रोत बनाउँदै वीरगञ्ज महानगर

वीरगञ्ज । शहरका अस्पताल र स्वास्थ्य क्लिनिक तथा जाँच केन्द्रहरूबाट निस्किने फोहोर व्यवस्थापनमा चुनौती सामना गरिरहेको वीरगञ्ज महानगरले अब यसलाई आम्दानीको स्रोत बनाएको छ । महानगरले यस्तो फोहोरको सुरक्षित व्यवस्थापनका लागि अस्पतालजन्य फोहोर व्यवस्थापन केन्द्र सञ्चालनमा ल्याएपछि यो सम्भव भएको हो । अस्पतालजन्य फोहोरलाई सुरक्षित तरिकाले व्यवस्थापन गर्न वीरगञ्जको भेडियाहीमा ६ करोड २२ लाखको लागतमा ‘ग्रिन हस्पिटल वेस्ट म्यानेजमेन्ट सेन्टर’ तयार पारिएको छ । एक महीनाअघि मात्रै यो संरचना सञ्चालनमा आएको हो । अब शहरको अस्पतालजन्य फोहोर व्यवस्थापन सहज भएको र पहिला समस्याको रुपमा रहेको यस्तो फोहोर व्यवस्थापन अब महानगरको लागि आम्दानीको स्रोत बनेको नगर प्रमुख विजयकुमार सरावगीले बताए । फोहोर व्यवस्थापन केन्द्रबाट महानगरलाई वार्षिक सवा करोड रुपैयाँभन्दा बढी आम्दानी हुने अनुमान सरावगीले सुनाए । महानगरपालिका क्षेत्रका अस्पताल, क्लिनिक र जाँच केन्द्रबाट फोहोर व्यवस्थापनवापत १ करोड ८७ लाख रुपैयाँ संकलन हुने अनुमान महानगरको छ । त्यसको सञ्चालन र कर्मचारी व्यवस्थापनका लागि ५१ लाख रुपैयाँ खर्च हुने महानगरले बताएको छ । महानगरले नगर क्षेत्रका अस्पताल र यस्तो फोहोर उत्पादन गर्ने अन्यलाई व्यवसायको क्षमताका आधारमा शुल्क तोकेको छ । फोहोर व्यवस्थापन गरिदिएबापत महानगरलाई तोकिएको शुल्क बुझाउनु पर्दछ । यो महानगरको आम्दानीको स्रोत हो । राष्ट्रिय योजना आयोगको सहयोगमा १२ कट्ठा क्षेत्रफलमा निर्माण गरिएको अस्पतालजन्य फोहर व्यवस्थापन केन्द्रमा अहिले नगर क्षेत्रबाट दैनिक रूपमा निस्किने ५ मेट्रिकटन फोहोर व्यवस्थापन भइरहेको महानगरका इन्जिनियर प्रकाश अधिकारीले बताए । यस्तो फोहोरलाई अटो क्लिप प्रणालीबाट सुरक्षित व्यवस्थापन गरिने पनि अधिकारीले जानकारी दिए । वीरगञ्जमा ३० ओटा अस्पताल, स्वास्थ्य क्लिनिक, जाँच केन्द्रलगायतबाट फोहोर उत्सर्जन हुँदै आएको छ । यसअघि यस्तो फोहोर अन्य घरायसी फोहोरजस्तै विसर्जन हुँदै आएको थियो । यसबाट संक्रमण फैलिने जोखिम उच्च थियो । अस्पतालको फोहोर तथा उपचारको क्रममा काँटेर फालिएका मानव अंगहरूलाई यो संरचनामा सुरक्षित रूपमा नष्ट गर्दा संक्रमण फैलिने जोखिम हटेको दाबी महानगरका प्राविधिकहरूको छ ।

अस्पतालजन्य फोहोरलाई आयस्रोत बनाउँदै वीरगञ्ज महानगर

माघ ४, वीरगञ्ज । शहरका अस्पताल र स्वास्थ्य क्लिनिक तथा जाँच केन्द्रहरूबाट निस्किने फोहोर व्यवस्थापनमा चुनौती सामना गरिरहेको वीरगञ्ज महानगरले अब यसलाई आम्दानीको स्रोत बनाएको छ । महानगरले यस्तो फोहोरको सुरक्षित व्यवस्थापनका लागि अस्पतालजन्य फोहोर व्यवस्थापन केन्द्र सञ्चालनमा ल्याएपछि यो सम्भव भएको हो ।  अस्पतालजन्य फोहरलाई सुरक्षित तरिकाले व्यवस्थापन गर्न वीरगञ्जको भेडियाहीमा ६ करोड २२ लाखको लागतमा ‘ग्रिन हस्पिटल वेस्ट म्यानेजमेन्ट सेन्टर’ तयार पारिएको छ ।  एक महीनाअघि मात्रै यो संरचना सञ्चालनमा आएको हो । अब शहरको अस्पतालजन्य फोहोर व्यवस्थापन सहज भएको र पहिला समस्याको रुपमा रहेको यस्तो फोहोर व्यवस्थापन अब महानगरको लागि आम्दानीको स्रोत बनेको नगर प्रमुख विजयकुमार सरावगीले बताए ।  फोहोर व्यवस्थापन केन्द्रबाट महानगरलाई वार्षिक सवा करोड रुपैयाँभन्दा बढी आम्दानी हुने अनुमान सरावगीले सुनाए । महानगरपालिका क्षेत्रका अस्पताल, क्लिनिक र जाँच केन्द्रबाट फोहोर व्यवस्थापनवापत १ करोड ८७ लाख रुपैयाँ संकलन हुने अनुमान महानगरको छ । त्यसको सञ्चालन र कर्मचारी व्यवस्थापनका लागि ५१ लाख रुपैयाँ खर्च हुने महानगरले बताएको छ । महानगरले नगर क्षेत्रका अस्पताल र यस्तो फोहोर उत्पादन गर्ने अन्यलाई व्यवसायको क्षमताका आधारमा शुल्क तोकेको छ । फोहोर व्यवस्थापन गरिदिएवापत महानगरलाई तोकिएको शुल्क बुझाउनु पर्दछ । यो महानगरको आम्दानीको स्रोत हो ।  राष्ट्रिय योजना आयोगको सहयोगमा १२ कठ्ठा क्षेत्रफलमा निर्माण गरिएको अस्पतालजन्य फोहर व्यवस्थापन केन्द्रमा अहिले नगर क्षेत्रबाट दैनिक रुपमा निस्किने ५ मेट्रिकटन फोहोर व्यवस्थापन भइरहेको महानगरका इञ्जिनीयर प्रकाश अधिकारीले बताए ।  यस्तो फोहरलाई अटो क्लिप प्रणालीबाट सुरक्षित व्यवस्थापन गरिने पनि अधिकारीले जानकारी दिए । वीरगञ्जमा ३० ओटा अस्पताल, स्वास्थ्य क्लिनिक, जाँच केन्द्रलगायतबाट दैनिक रुपमा फोहोर उत्पादन हुँदै आएको छ ।  यसअघि यस्तो फोहोर अन्य घरायसी फोहोरजस्तै विसर्जन हुँदै आएको थियो । यसबाट संक्रमण फैलिने जोखिम उच्च थियो । अस्पतालको फोहोर तथा उपचारको क्रममा काँटेर फालिएका मानव अंगहरूलाई यो संरचनामा सुरक्षित रुपमा नष्ट गर्दा संक्रमण फैलिने जोखिम हटेको दाबी महानगरका प्राविधिकहरूको छ ।

कोरोना संक्रमित बढेसँगै विराटनगरमा होल्डिङ सेन्टर सञ्चालन गर्ने तयारी

प्रदेश १ मा कोरोना संक्रमितको संख्या दैनिक बढ्न थालेपछि विराटनगरको रानीस्थित होल्डिङ सेन्टर तत्काल सञ्चालनका लागि तयारी थालिएको छ । प्रदेश सरकारले संक्रमितको व्यवस्थापनका लागि भन्दै तत्काल होल्डिङ सेन्टरको एक सय बेड सञ्चालनमा ल्याउने तयारी थालेको हो ।एक हजार क्षमताको होल्डिङ सेन्टर पूर्ण रुपमा सञ्चालनमा आउन अझै २ महिना लाग्ने बताइएको छ । तत्काललाई संक्रमितको व्यवस्थापनका लागि एक सय बेडको व्यवस्थापन गरी होल्डिङ सेन्टर सञ्चालन गर्ने तयारी भइरहेको प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले बताए

आईपीओ जारी गर्ने तयारीमा रहेको नर्भिक अस्पतालले पारित गर्‍यो ५० % लाभांश

पुस २८, काठमाडौं । सर्वसाधारणमा आईपीओ जारी गर्ने तयारीमा रहेको नर्भिक इन्टरनेशनल हस्पिटल पब्लिक लिमिटेड कम्पनीले यस वर्ष ५० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।  पब्लिक लिमिटेड कम्पनीमा रुपान्तरण भएपछिको पहिलो वार्षिक साधारण सभा बुधवार सम्पन्न गरी कम्पनीले ५० प्रतिशत बोनस शेयर वितरणको प्रस्ताव पारित गरेको हो ।  कर प्रयोजनका लागि नगद लाभांशसमेत कम्पनीलेनै व्यवस्थापन गर्ने जानकारी दिएको छ । कम्पनीले आर्थिक वर्ष २०७७/ ७८ को खुद मुनाफाबाट बोनस शेयर वितरण गर्ने प्रस्तावलाई पारित गरेको हो । नर्भिकले हाल कायम चुक्तापूँजी रू. १५ करोडको आधारमा ५० प्रतिशत बोनस शेयर वितरणपछि चुक्तापूँजी रू. २२ करोड ५० लाख पुग्नेछ । कम्पनीले साधारण सभाबाटै हाल रू. ३० करोडमा सीमित अधिकृत पूँजीलाई बढाएर रू.१ अर्ब पुर्‍याउने प्रस्ताव समेत पारित गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७७/ ७८ मा रू. ८ करोड ५६ लाख खुुद मुनाफा आर्जन गरेको थियो । सभाले सञ्चालक समितिका अध्यक्ष राजेन्द्रबहादुर सिंहले प्रस्तुत गरेको वार्षिक प्रतिवेदनसमेत पारित गरेको छ । सभामा अध्यक्ष सिंहले कोरोना भाइरस महामारीको बेलासमेत हस्पिटलले सन्तोषजनक प्रगति गरेको बताए । महामारीको समयमा जनमानसप्रति सर्वसुलभ स्वास्थ्य सेवा उपलब्ध गराइएकोे र नर्भिकले सामाजिक उत्तरदायित्व अन्तर्गत पनि प्रभावकारी कार्यक्रमहरु गरेको उनले बताएका छन् । उनले अस्पतालमा हालै आईभीएफ सेन्टर सञ्चालनमा आएकाले निकट भविष्यमै अन्तरराष्ट्रिय स्तरको स्किन सेन्टर स्थापनाको तयारी भइरहेको समेत बताए । उनले हस्पिटल व्यवस्थापनका लागि आधुनिक सफ्टवेयर निर्माण गरी प्रयोगमा ल्याइने, अस्पतालका सेवालाई आधुनिकीकरण गर्दै लैजाने, हस्पिटल सेवा विस्तारका लागि नयाँ भवन निर्माण प्रक्रिया अगाडि बढाउने र सर्वसाधारणका लागि शेयर निश्कासनको प्रक्रिया अगाडि बढाइने योजनासमेत रहेको बताए । सभामा कम्पनीका संस्थापक अध्यक्ष तथा संरक्षक बसन्तकुमार चौधरी, प्रबन्ध निर्देशक मेगा चौधरी, प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्र तथा सञ्चालक र शेयरधनीको सहभागिता रहेको थियो ।

वीरगञ्जमा सञ्चालनमा आयो अस्पतालजन्य फोहोर व्यवस्थापन केन्द्र

मंसिर २८, वीरगञ्ज  । वीरगञ्ज महानगरपालिकाले निर्माण गरेको अस्पालजन्य फोहोर व्यवस्थापन केन्द्र सोमवारदेखि सञ्चालनमा आएको छ ।  वीरगञ्जका अस्पतालहरूले उत्पादन गर्ने फाहोर व्यवस्थापनका लागि यो संरचना तयार पारिएको हो ।  राष्ट्रिय योजना आयोग र महानगरको ६ करोड २२ लाख रुपैयाँको लागतमा वीरगञ्ज–१६ मा निर्माण भएको सो ‘ग्रिन हस्पिटल वेस्ट म्यानेजमेन्ट सेन्टर’ को वीरगञ्ज महानगरका प्रमुख विजयकुमार सरावगीले उद्घाटन गरेका हुन् । वीरगञ्ज महानगर क्षेत्रका अस्पताल तथा स्वास्थ्य संस्थाबाट निस्किएको फोहोर पदार्थ, मानव अङ्गलगायतलाई अत्याधुनिक उपकरणबाट व्यवस्थापन गर्न सेन्टरको निर्माण गरिएको प्रमुख सरावगीले बताए ।  अस्पतालजन्य फोहोरको उचित व्यवस्थापनका लागि सेन्टर सहयोगी सावित हुने विश्वास सरावगीले व्यक्त गरे ।  ‘अस्पतालजन्य फाहोरको व्यवस्थित विसर्जन नहुँदा नगरवासीको स्वास्थ्यमा नकरात्मक असर पर्दै आएको थियो । अब यो समस्याको अन्त्य हुनेछ,’ सरावगीले भने ।  उद्घाटन समारोहमा नारायणी अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डा वीरेन्द्रबहादुर प्रधानले वीरगञ्जमा फोहोर व्यवस्थापन केन्द्र पहिलो पटक सञ्चालमा आएकोमा खुशी व्यक्त गरे ।

गोरखामा २४ साउनसम्म थपियो निषेधाज्ञा

काठमाडौं। गोरखा जिल्लामा २४ साउनसम्म निषेधाज्ञा थपिएको छ। कोरोना महामारी नियन्त्रणका लागि जिल्लाको कोरोना रोकथाम, नियन्त्रण तथा व्यवस्थापनका लागि गठित जिल्ला स्तरीय कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्रको सिफारिसमा जिल्लाभित्र निषेधाज्ञा थप गरिएको हो । यो अवधिमा जिल्लाभर जिल्लाभित्र सभा, सम्मेलन, गोष्ठी, तालिम, भेला, जात्रा तथा महोत्सव, डान्स सेन्टर, सैलुन लगायतका क्षेत्र सञ्चालनमा रोक लगाइएको छ।

वीरगन्ज महानगरपालिकाले अस्पतालबाट निस्कने फोहोर व्यवस्थापनका लागि संरचना बनाउने

कृष्णउदास खनाल,वीरगन्ज । वीरगन्ज महानगरपालिकाले अस्पतालजन्य फोहोर व्यवस्थापन गर्न हस्पिटल वेस्ट म्यानेजमेन्ट सेन्टर निर्माण थालेको छ । महानगरले हालै सञ्चालनमा ल्याएको फोहोरमैला व्यवस्थापन केन्द्रमा अस्पतालजन्य फोहोर व्यवस्थापनका लागि बेग्लै संरचनाको तयारी गरेको हो । अस्पतालबाट निस्किने फोहोरलाई सुरक्षित तरिकाले व्यवस्थापन गरिनुपर्नेमा अहिलेसम्म यो अभ्यासमा छैन । अस्पतालको फोहोरबाट रोगको संक्रमण फैलिने भन्दै विगतमा सर्वोच्च अदालतले […]