अस्पतालजन्य फोहोरलाई आयस्रोत बनाउँदै वीरगञ्ज महानगर

वीरगञ्ज । शहरका अस्पताल र स्वास्थ्य क्लिनिक तथा जाँच केन्द्रहरूबाट निस्किने फोहोर व्यवस्थापनमा चुनौती सामना गरिरहेको वीरगञ्ज महानगरले अब यसलाई आम्दानीको स्रोत बनाएको छ । महानगरले यस्तो फोहोरको सुरक्षित व्यवस्थापनका लागि अस्पतालजन्य फोहोर व्यवस्थापन केन्द्र सञ्चालनमा ल्याएपछि यो सम्भव भएको हो । अस्पतालजन्य फोहोरलाई सुरक्षित तरिकाले व्यवस्थापन गर्न वीरगञ्जको भेडियाहीमा ६ करोड २२ लाखको लागतमा ‘ग्रिन हस्पिटल वेस्ट म्यानेजमेन्ट सेन्टर’ तयार पारिएको छ । एक महीनाअघि मात्रै यो संरचना सञ्चालनमा आएको हो । अब शहरको अस्पतालजन्य फोहोर व्यवस्थापन सहज भएको र पहिला समस्याको रुपमा रहेको यस्तो फोहोर व्यवस्थापन अब महानगरको लागि आम्दानीको स्रोत बनेको नगर प्रमुख विजयकुमार सरावगीले बताए । फोहोर व्यवस्थापन केन्द्रबाट महानगरलाई वार्षिक सवा करोड रुपैयाँभन्दा बढी आम्दानी हुने अनुमान सरावगीले सुनाए । महानगरपालिका क्षेत्रका अस्पताल, क्लिनिक र जाँच केन्द्रबाट फोहोर व्यवस्थापनवापत १ करोड ८७ लाख रुपैयाँ संकलन हुने अनुमान महानगरको छ । त्यसको सञ्चालन र कर्मचारी व्यवस्थापनका लागि ५१ लाख रुपैयाँ खर्च हुने महानगरले बताएको छ । महानगरले नगर क्षेत्रका अस्पताल र यस्तो फोहोर उत्पादन गर्ने अन्यलाई व्यवसायको क्षमताका आधारमा शुल्क तोकेको छ । फोहोर व्यवस्थापन गरिदिएबापत महानगरलाई तोकिएको शुल्क बुझाउनु पर्दछ । यो महानगरको आम्दानीको स्रोत हो । राष्ट्रिय योजना आयोगको सहयोगमा १२ कट्ठा क्षेत्रफलमा निर्माण गरिएको अस्पतालजन्य फोहर व्यवस्थापन केन्द्रमा अहिले नगर क्षेत्रबाट दैनिक रूपमा निस्किने ५ मेट्रिकटन फोहोर व्यवस्थापन भइरहेको महानगरका इन्जिनियर प्रकाश अधिकारीले बताए । यस्तो फोहोरलाई अटो क्लिप प्रणालीबाट सुरक्षित व्यवस्थापन गरिने पनि अधिकारीले जानकारी दिए । वीरगञ्जमा ३० ओटा अस्पताल, स्वास्थ्य क्लिनिक, जाँच केन्द्रलगायतबाट फोहोर उत्सर्जन हुँदै आएको छ । यसअघि यस्तो फोहोर अन्य घरायसी फोहोरजस्तै विसर्जन हुँदै आएको थियो । यसबाट संक्रमण फैलिने जोखिम उच्च थियो । अस्पतालको फोहोर तथा उपचारको क्रममा काँटेर फालिएका मानव अंगहरूलाई यो संरचनामा सुरक्षित रूपमा नष्ट गर्दा संक्रमण फैलिने जोखिम हटेको दाबी महानगरका प्राविधिकहरूको छ ।

सम्बन्धित सामग्री

बिरामीसित सुमधुर व्यवहार गर्न वीरगञ्ज महानगर प्रमुख सिंहको निर्देशन

वीरगञ्ज – वीरगञ्ज महानगर प्रमुख राजेशमान सिंहले स्वास्थ्यकर्मीलाई बिरामीसित सुमधुर व्यवहार गर्न निर्देशन दिएका छन्। आइतबारदेखि महानगरमा सुरु भएको मेयर घरदैलो स्वास्थ्य कार्यक्रमको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले स्वास्थ्य संस्थामा आउने सेवाग्राही तथा बिरामीसित सुमधुर व्यवहार गर्न स्वास्थ्यकर्मीलाई निर्देशन दिएका थिए। स्वास्थ्यकर्मीको सही र सुमधुर व्यवहारले गर्दा बिरामीको आधा रोग निको हुने उनको भनाइ छ। […]

वीरगञ्ज महानगर कार्यपालिकामा जसपा कांग्रेस गठबन्धन विजयी

२० वैशाख, वीरगञ्ज । वीरगञ्ज महानगर कार्यपालिका सदस्यको निर्वाचन सम्पन्न भएको छ । ५ महिला सदस्य र ३ जना दलित वा अल्पसंख्यक सदस्य गरी ८ जना कार्यापालिका सदस्यका लागि निर्वाचन भएको हो । शुक्रबार भएको निर्वाचनबाट ८ वटै सदस्य पदमा जसपा र नेपाली काँग्रेसको गठबन्धनका उम्मेदवारहरु निर्वाचित भएका छन् । दलित वा अल्पसंख्यक सदस्यमा काँग्रेसका […]

वीरगञ्ज महानगर प्रमुख र उपप्रमुखमा गठबन्धनका उम्मेदवारको फराकिलो अग्रता

पर्सा । वीरगञ्ज महानगर प्रमुख र उपप्रमुखमा सत्तारुढ गठबन्धनका उम्मेदवारले फराकिलो अग्रता बनाएका छन् । मेयरमा जसपा नेपालबाट उम्मेदवारी दिएका राजेशमान सिंहले ४ हजार १७५ मत पाएका छन् भने नेकपा एमालेबाट उम्मेदवारी दिएका विजयकुमार सरावगीले एक हजार ८८४ मत पाएका छन् । सिंहसँग सरावगी २२९१ मतले पछाडि परेका छन् । महानगर प्रमुखमै उम्मेदवार बनेका राप्रपाका गिरीश गिरीले १३४ मत पाएका छन् । यस्तै, उपप्रमुखमा सत्तारुढ गठबन्धनबाटै उम्मेदवार बनेका नेपाली काँग्रेसका इम्तियाज आलमले २ हजार ८१६ मत पाएका छन् । उन

वीरगञ्ज महानगर प्रमुखमा ठुला दलहरुको उम्मेदवारी दर्ता सोमबारमात्रै

स्थानीय तह निर्वाचन अन्तर्गत वीरगञ्ज महानगरपालिकाको प्रमुख, उपप्रमुख पदमा ठुला राजनीतिक दलका तर्फबाट सोमबारमात्र उम्मेदवारी दर्ता हुने भएको छ । सत्तारुढ गठबन्धन दलहरुबीच विभिन्न विषयमा सहमति जुटाउन बाँकी रहेको र पार्टीभित्रको आन्तरिक विवाद पनि सल्टाउनुपर्ने भन्दै ठुला दलहरुले सोमबार मात्रै उम्मेदवारी दर्ता गर्ने जनाएका हुन् ।गठबन्धनको तर्फबाट वीरगञ्ज महानगर प्रमुखमा जनता समाजवादी पार्टी नेपालका राजेशमान सिंहले उम्मेदवारी दिएका छन् । उनले सोमबार दिउँसो २ बजेमात्रै उम्मेदवारी दर्ता गर्ने जानकारी द

वीरगञ्ज महानगर प्रमुख सरावगीले दिए राजीनामा

वीरगञ्ज महानगर प्रमुख विजय सरावगीले राजीनामा दिएका छन् । वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनमा मेयर पदका लागि उम्मेदवार बन्ने तरखरमा रहेका सरावगीले राजीनामा दिएका हुन् ।सरावगीले उपप्रमुख शान्ति कार्कीलाई राजीनामापत्र बुझाएका हुन् । सरावगीले बिहीबार दिउँसो राजीनामा बुझाएको उपप्रमुख शान्ति कार्कीले जनाइन् । ‘शनिबार १० बजेदेखि लागु हुनेगरी बिहीबार दिउँसो उहाँले राजीनामा बुझाइसक्नु भएको छ,’ उनले भनिन् ।स्थानीय तह निर्वाचन कार्यतालिका अनुसार आइतबार र सोमबार (वैशाख ११ र १२ गते) उम्मेदवारक

वीरगञ्ज महानगर काँग्रेस सभापतिमा पत्रकार चौहान उम्मेदवार बन्ने

नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव दीपेन्द्र चौहानले नेपाली काँग्रेसको वीरगञ्ज महानगर कार्यसमितिको सभापति पदमा उम्मेदवारी घोषणा गरेका छन् । काँग्रेसको आसन्न महाधिवेशनको पूर्व सन्ध्यामा सचिव चौहानले उम्मेदवारी घोषणा गरेका हुन् ।चौहानले उम्मेदवारी घोषणा गर्दै पार्टीको संगठन निर्माण र महानगरमा एक नम्बरको शक्तिमा स्थापित गर्न आफूले पार्टीमा रहेर काम गर्ने निर्णय गरेको बताए । नेपाल प्रेस युनियनका नेतासमेत रहेका चौहान नेपाल पत्रकार महासंघको पर्सा जिल्ला अध्यक्ष, पत्रकार महासंघ प्रदेश २ को अध्यक्ष ह

रहबर अन्सारी बने नेकपा प्रचण्ड नेपाल समूहको वीरगञ्ज महानगर अध्यक्ष

पुष्पकमल दाहाल 'प्रचण्ड' र माधवकुमार नेपाल अध्यक्ष रहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले अधिकाशं जिल्लाको अध्यक्ष र सचिवलको टुंगो लगाएको छ । प्रचण्ड र नेपालले शुक्रवार विभिन्न जिल्लाका अध्यक्ष र सचिवको टुंगो लगाएर आन्तरिक सर्कुलर जारी गरेका छन् । प्रचण्ड नेपाल समूहले वीरगञ्ज महानगरको अध्यक्षमा रहबर अन्सारीलाई अध्यक्ष चयन गरेको छ । २०७४ सालको स्थानीय तहको निर्वाचनमा अन्सारी तत्कालीन माओवादी केन्द्रका तर्फबाट वीरगञ्ज महानगरको मेयरका प्रत्यासी थिए । वीरगञ्ज महानगर कमिटीको सचिवमा मनोज चौधरी नियुक्त भएका छन् । नेक...