एनआईसी बैंकको मोबाइल बैंकिङ एपबाट डिजिटल भुक्तानी

एनआईसी एसिया बैंकको मोबाइल बैंकिङ एपबाट नेपाल क्लियरिङ हाउसको नेपाल पे को क्युआर स्क्यान गरी डिजिटल भुक्तानी गर्न सकिने भएको छ।...

सम्बन्धित सामग्री

सानिमा बैंकका ग्राहकहरुलाई नागरिक हस्पिटलमा छुट

सानिमा बैंकले आफ्ना ग्राहकलाई डिजिटल बैंकिङका माध्यमहरु प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न भक्तपुरको नागरिक कम्युनिटी टिचिङ हस्पिटलसँग एक सम्झौता गरेको छ । जसअनुसार ग्राहकलाई छुटको व्यवस्था हुनेछ । सो व्यवस्था अन्तर्गत सानिमाको भिसा डेबिट/क्रेडिट कार्ड र सानिमा मोबाइल बैंकिङ एप प्रयोगकर्ताहरुले डिजिटल भुक्तानी गर्दा विशेष छुट पाउने भएका हुन् । सानिमा बैंकका ग्राहकले औषधी […]

सानिमा बैंकका ग्राहकलाई इसामु जापानिज रेष्टुरेन्टमा छुट

सानिमा बैंकले आफ्ना ग्राहकहरूलाई डिजिटल बैंकिङका माध्यमहरू प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न इसामु जापनिज रेस्टुरेन्ट (सान्छेन रामेन) दरबारमार्गमा छुटको व्यवस्था गरेको छ । उक्त व्यवस्था अन्तर्गत सानिमाको भिसा डेबिट/क्रेडिट कार्ड र सानिमा मोबाइल बैंकिङ एप प्रयोगकर्ताहरुले डिजिटल भुक्तानी गर्दा विशेष छुट पाउने भएको छ । बैंकले रेस्टुरेन्ट बिलमा १० प्रतिशतसम्म छुटको व्यवस्था गरेको छ […]

थप २० वटा मर्चेन्टहरुसँग सानिमा बैंकको छुट

सानिमा बैंकले आफ्ना ग्राहकलाई डिजिटल बैंकिङका माध्यमहरु प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न थप २० वटा मर्चेन्टहरुसँग छुटको व्यवस्था गरेको छ ।उक्त व्यवस्थाअन्तर्गत सानिमाको भिसा डेबिट/क्रेडिट कार्ड र सानिमा मोबाइल बैंकिङ एप प्रयोगकर्ताहरुले डिजिटल भुक्तानी गरी विभिन्न मर्चेन्टहरुको वस्तु/सेवाहरुको खरिदमा विशेष छुट पाउने भएका छन् ।बैंकले बाजेको केक, जुलिस केक एण्ड पेस्ट्रीज, कान्तिपुर कफी, कुण्डलिनी […]

सिद्धार्थ बैंकको मोबाइल बैंकिङ एप अपग्रेड, के के सुविधा थपिए ?

सिद्धार्थ बैंकको मोबाइल बैंकिङ्ग सेवा ओम्नी च्यानल प्रणालीमा स्तरोन्नति भएको छ  । बैंकले ग्राहकहरुलाई सरल, सहज र सुरक्षित डिजिटल बैंकिङ्ग सेवा प्रदान गर्ने उद्देश्यले आफ्नो मोबाइल बैंकिङ्ग सेवालाई ओम्नी च्यानल प्रणालीमा स्तरोन्नति गरी Siddhartha BankSmartXP नामक नयाँ संस्करण सञ्चालनमा ल्याएको जनाएको छ । नयाँ एप मार्फत बैंकका ग्राहकहरूले जुनसुकै समयमा, जहाँसुकैबाट मोबाइल, ट्याबलेट, ल्यापटप जस्ता माध्यमबाट विभिन्न डिजिटल बैंकिङ्ग सेवाहरु उपभोग गर्न सक्ने बैंकले जनाएको छ। सेवाहरु उपभोग गर्नका लागि बैंकका हालका मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरुले आफ्नो बैंकिङ्ग एपलाई अपडेट गरी तथा नयाँ प्रयोगकर्ताहरुले  एपलाई डाउनलोड गरी प्रयोग गर्न सक्ने बैंकले उल्लेख गरेको छ। आधुनिक र नविनतम प्रविधि प्रयोग गरेर बनाइएको मोबाइल बैंकिङ्ग एपको नयाँ संस्करण ग्राहकहरूले सजिलै वेब ब्राउजरका माध्यमबाट समेत प्रयोग गर्न सक्ने बैंकले जनाएको छ। बैंकका अनुसार एप मार्फत ग्राहकहरुले पासवर्ड र पिन बिर्सिएमा आफैले रिसेट गर्न सक्ने,नयाँ चेकबुक अनुरोध गर्न सक्ने, बैंकले दिने सेवा सम्बन्धी जानकारी वा समस्या परेमा सोधपुछ र दर्ता गर्न सक्ने, बैंकका कर्मचारीहरुसँग भेट्ने समय सुनिश्चित गर्न सक्ने, तथा निक्षेप तथा कर्जा खाताको ब्याज हेर्न सक्ने सकिने छ ।यसका अतिरिक्त डिजिटल भुक्तानी गर्न, फन्ड ट्रान्सफर गर्न, मुद्दति खाता खोल्न, आफ्नो खाताको विवरण हेर्न, स्मार्ट टेलरबाट कार्ड वा चेक साथमा नहुँदा पनि सोझै मोबाइल बैंकिङ्ग मार्फत क्युआर कोड स्क्यान गरी भुक्तानी पाउने लगायतका सेवाहरु पनि ग्राहकहरुले उपभोग गर्न सक्ने बैंकले उल्लेख गरेको छ। डिजिटल प्रविधिको सदुपयोग गर्दै ग्राहकहरुलाई छिटो तथा सहज सुविधा उपलब्ध गराउने लक्ष्य लिइ आगामी दिनहरुमा यस मोबाईल बैंकिङ्ग सेवामा अरु पनि सुविधाहरु थप गरी बैंकिङ्ग सेवालाई अझ बढी प्रभावकारी, प्रविधिमैत्रि र ग्राहकमैत्री बनाउँदै लैजाने बैंकले जनाएको छ। बैंकले हाल देशभर १९० वटा शाखा (४ एक्स्टेन्सन् काउन्टर सहित), ११७ शाखारहित बैंकिङ्ग सेवा, १,७०० भन्दा बढी पिओएस् मेसिन र २०,००० भन्दा बढी क्युआर मर्चेन्ट मार्फत  बैकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

सानिमा बैंक र नेपालपे क्यूआरबीच सहकार्य

सानिमा बैंकले मोबाइल बैंकिङ एप ‘सानिमा सजिलो इ–बैंकिङ’ मा नेपालपे क्यूआर सफलतापूर्वक समायोजन गरेको छ । सजिलो इ–बैंकिङ प्रयोगकर्ताहरुले अब नेपालपे क्यूआरबाट सजिलै क्यूआर स्क्यान गरी डिजिटल भुक्तानी गर्न सकिनेछ ।बैंकले नेपालपे क्यूआरको क्यूआर आधारित कारोबारका लागि एनसीएचएलसँग सहकार्य गर्नेछ । यस सहकार्यले नेपालमा डिजिटल भुक्तानी प्रणालीलाई प्रोत्साहन गर्दै डिजिटल कारोबार बढाउने अपेक्षा बैंकले गरेको […]

सानिमा बैंकको मोबाइल बैंकिङ र नेपालपे क्यूआरबीच सहकार्य

सानिमा बैंकले मोबाइल बैंकिङ एप सानिमा सजिलो इ-बैंकिङमा सफलतापूर्वक नेपालपे क्यूआर समायोजन गरेको छ । सजिलो इ-बैंकिङ प्रयोगकर्ताहरूले अब नेपालपे  क्यूआरबाट सजिलै क्यूआर स्क्यान गरी डिजिटल भुक्तानी गर्न सक्ने बैंकले जानकारी दिएको छ ।बैंकले नेपालपे क्यूआरको क्यूआर आधारित कारोबारका लागि एनसीएचएलसँग सहकार्य गरेको हो ।यस सहकार्यले नेपालमा डिजिटल भुक्तानी प्रणालीलाई प्रोत्साहन गर्दै डिजिटल कारोबार बढाउने बैंकले दाबी गरेको छ ।सानिमा बैंकले १२४ शाखा कार्यालय र १११ वटा एटीएम संचालनमा गरिरहेको छ ।

सानिमा बैंकको मोबाइल बैंकिङ एपमा नेपाल पे क्युआर समायोजन

काठमाडौँ – सानिमा बैंकले मोबाइल बैंकिङ एप ‘सानिमा सजिलो ई–बैंकिङ’मा नेपाल पे क्युआर समायोजन गरेको छ। सजिलो ई – बैंकिङ प्रयोगकर्ताले अब नेपाल पे क्युआरबाट सजिलै क्युआर स्क्यान गरी डिजिटल भुक्तानी गर्न सक्नेछन्। बैंकले नेपाल पे क्युआर को क्युआर आधारित कारोबारका लागि एनसीएचएलसँग सहकार्य गर्नेछ। यस सहकार्यले नेपालमा डिजिटल भुक्तानी प्रणालीलाई प्रोत्साहन गर्दै डिजिटल कारोबार […]

सानिमा बैंकको मोबाइल बैंकिङ र नेपाल पे क्यूआरबीच सहकार्य

काठमाडौं । सानिमा बैंकले मोबाइल बैंकिङ एप ‘सानिमा सजिलो इबैंकिङ’मा सफलतापूर्वक नेपाल पे क्यूआर समायोजन गरेको छ । सजिलो इबैंकिङ प्रयोगकर्ताहरुले अब नेपाल पे क्यूआरबाट सजिलै क्यूआर स्क्यान गरी डिजिटल भुक्तानी गर्न सक्नेछन् । बैंकले नेपाल पे क्यूआरको क्यूआर आधारित कारोबारका लागि एनसीएचएलसँग सहकार्य गर्नेछ । यस सहकार्यले नेपालमा डिजिटल भुक्तानी प्रणालीलाई प्रोत्साहन गर्दै डिजिटल […]

नबिल बैंक–खल्ती डिजिटल वालेट सम्झौता

काठमाडौं (अस) । अनलाइन भुक्तानी सेवाप्रदायक कम्पनी खल्तीले नबिल बैंकसँग सम्झौता गरेको छ । सम्झौतापछि नबिल बैंकका ग्राहकले नबिल स्मार्टबैंक (मोबाइल बैंकिङ एप) मार्फत खल्तीमा पैसा लोड गर्न सक्नेछन् । साझेदारीसँगै बैंकका ग्राहकले अब खल्ती वालेटमा बिनाझन्झट नबिल स्मार्टबैंक एप खोलेर खल्तीमा पैसा राख्न सक्नेछन् । खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्का बताउँछन् यो साझेदारीले बैंक तथा वालेटका ग्राहकलाई सहज भुक्तानी सेवा उपलब्ध हुने खल्तीका सीईओ विनय खड्काले बताए । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले बैंकका ग्राहकलाई डिजिटल भुक्तानी सेवा पु¥याउन खल्तीसँग सहकार्य गरिएको जानकारी दिए । खल्ती डिजिटल वालेटले मोबाइल र टिभी रिचार्ज, फ्लाइट तथा मुभी टिकट बुकिङ, बीमा प्रिमियम तथा अनलाइन सपिङलगायत सेवाको डिजिटल भुक्तानी तथा रकम आदान–प्रदान सेवा दिइरहेको छ । नबिल बैंकले १३५ शाखा, १८७ एटीएमबाट बैंकिङ सेवा दिँदै आएको छ ।