सिद्धार्थ बैंकको मोबाइल बैंकिङ एप अपग्रेड, के के सुविधा थपिए ?

सिद्धार्थ बैंकको मोबाइल बैंकिङ्ग सेवा ओम्नी च्यानल प्रणालीमा स्तरोन्नति भएको छ  । बैंकले ग्राहकहरुलाई सरल, सहज र सुरक्षित डिजिटल बैंकिङ्ग सेवा प्रदान गर्ने उद्देश्यले आफ्नो मोबाइल बैंकिङ्ग सेवालाई ओम्नी च्यानल प्रणालीमा स्तरोन्नति गरी Siddhartha BankSmartXP नामक नयाँ संस्करण सञ्चालनमा ल्याएको जनाएको छ । नयाँ एप मार्फत बैंकका ग्राहकहरूले जुनसुकै समयमा, जहाँसुकैबाट मोबाइल, ट्याबलेट, ल्यापटप जस्ता माध्यमबाट विभिन्न डिजिटल बैंकिङ्ग सेवाहरु उपभोग गर्न सक्ने बैंकले जनाएको छ। सेवाहरु उपभोग गर्नका लागि बैंकका हालका मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरुले आफ्नो बैंकिङ्ग एपलाई अपडेट गरी तथा नयाँ प्रयोगकर्ताहरुले  एपलाई डाउनलोड गरी प्रयोग गर्न सक्ने बैंकले उल्लेख गरेको छ। आधुनिक र नविनतम प्रविधि प्रयोग गरेर बनाइएको मोबाइल बैंकिङ्ग एपको नयाँ संस्करण ग्राहकहरूले सजिलै वेब ब्राउजरका माध्यमबाट समेत प्रयोग गर्न सक्ने बैंकले जनाएको छ। बैंकका अनुसार एप मार्फत ग्राहकहरुले पासवर्ड र पिन बिर्सिएमा आफैले रिसेट गर्न सक्ने,नयाँ चेकबुक अनुरोध गर्न सक्ने, बैंकले दिने सेवा सम्बन्धी जानकारी वा समस्या परेमा सोधपुछ र दर्ता गर्न सक्ने, बैंकका कर्मचारीहरुसँग भेट्ने समय सुनिश्चित गर्न सक्ने, तथा निक्षेप तथा कर्जा खाताको ब्याज हेर्न सक्ने सकिने छ ।यसका अतिरिक्त डिजिटल भुक्तानी गर्न, फन्ड ट्रान्सफर गर्न, मुद्दति खाता खोल्न, आफ्नो खाताको विवरण हेर्न, स्मार्ट टेलरबाट कार्ड वा चेक साथमा नहुँदा पनि सोझै मोबाइल बैंकिङ्ग मार्फत क्युआर कोड स्क्यान गरी भुक्तानी पाउने लगायतका सेवाहरु पनि ग्राहकहरुले उपभोग गर्न सक्ने बैंकले उल्लेख गरेको छ। डिजिटल प्रविधिको सदुपयोग गर्दै ग्राहकहरुलाई छिटो तथा सहज सुविधा उपलब्ध गराउने लक्ष्य लिइ आगामी दिनहरुमा यस मोबाईल बैंकिङ्ग सेवामा अरु पनि सुविधाहरु थप गरी बैंकिङ्ग सेवालाई अझ बढी प्रभावकारी, प्रविधिमैत्रि र ग्राहकमैत्री बनाउँदै लैजाने बैंकले जनाएको छ। बैंकले हाल देशभर १९० वटा शाखा (४ एक्स्टेन्सन् काउन्टर सहित), ११७ शाखारहित बैंकिङ्ग सेवा, १,७०० भन्दा बढी पिओएस् मेसिन र २०,००० भन्दा बढी क्युआर मर्चेन्ट मार्फत  बैकिङ्ग सेवा प्रदान गर्दै आएको छ । 

सम्बन्धित सामग्री

मन्जुश्री फाइनान्सले ल्यायो अनलाइन खाता खोल्ने सुविधा

ग्राहकलाई रेमिट्यान्स लगायतका अन्य बैंकिङ सुविधा उपलब्ध गराउँदै आएको फाइनान्सले अबदेखि अनलाइन सेवा मार्फत खाता खोल्ने सुविधा ल्याएको हो।...

एउटै व्यापारिक घरानाले बैंकिङ कर्जा सुविधा लिँदा अर्थतन्त्रमा जोखिम : गभर्नर

काठमाण्डाै – नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले एउटै व्यापारिक घरानाले बैंकिङ कर्जा सुविधा लिँदा अर्थतन्त्रमा जोखिम बढेको बताउनुभएकाे छ ।  आज सोमवार प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिले आउँदाे मौद्रिक नीतिसम्बन्धी राष्ट्र बैंकसँग गरेको छलफलमा बोल्दै गभर्नर अधिकारीले यस्तो बताउनुभएको हो । उहाँले विगतदेखि व्यवसायी र बैंकर्स छुट्याउने प्रयास गरे पनि सफल नभएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘एउटै व्यावसायिक घराना बैंक, इन्स्योरेन्स, धितोपत्र र अन्य व्यवसायमा सहभागी भएको हुन्छ । यसरी व्यापार...

एनआईसीको मोबाइल बैंकिङ एप र एनटीसी नेटवर्कमा निःशुल्क चल्ने

एनआईसी एसिया बैंकले डिजिटल बैंकिङ प्रवर्द्धन गर्नका लागि मोबाइल बैंकिङ एप, वेबसाइट, ई–सेवा, र इन्टरनेट बैंकिङ एनटिसी नेटवर्कमा निःशुल्क चलाउन सकिने सुविधा ल्याएको छ।...

एनआईसी एशिया बैंकको मोबाइल बैंकिङ एनटीसीको नेटवर्कमा निःशुल्क चलाउन सकिने

एनआईसी एशिया बैंकले आफ्नो मोबाइल बैंकिङ एप, वेबसाइट, आईसर्भ तथा इन्टरनेट बैंकिङ एनटीसी नेटवर्कमा निःशुल्क चलाउन सकिने सुविधा ल्याएको छ ।

सनराइज बैंकले ल्यायो ‘अन्तर बैंक रकमान्तर सुविधा’

काठमाडौं । सनराइज बैंक लिमिटेडले सेवा विस्तार गर्ने क्रममा शाखारहित बैंकिङ सेवा मार्फत ग्राहकहरुले ‘अन्तर बैंक रकमान्तर सुविधा’ लिन सक्ने व्यवस्था गरेको छ । यस सुविधा अनुसार सनराइज बैंकका शाखारहित बैंकिङ सेवामा आबद्ध ग्राहकले आफ्नो खातामा भएको रकम विभिन्न बैंक तथा वित्तीय संस्थामा रहेको खातामा रकमान्तर गर्न सक्नेछन् । साथै सनराइज बैंकसँग आबद्ध नभएका ग्राहकले […]

एनआइसीको मोबाइल बैंकिङ एप निःशुल्क

एनआइसी एसिया बैंकले आफ्नो मोबाइल बैंकिङ एप, वेबसाइट, आइ–सर्भर तथा इन्टरनेट बैंकिङ एप एनसेलमा निःशुल्क चलाउन सकिने सुविधा ल्याएको छ।...

एनआईसी एशिया बैंकको मोबाइल बैंकिङ एपलगायतका सुविधा एनसेलमा निःशुल्क चलाउन सकिने

एनआईसी एशिया बैंकको मोबाइल एप वेभसाइट, आईसर्भिस तथा एनसेलमा निःशुल्क चलाउन सकिने भएको छ । डिजिटल बैंकिङ्ग प्रबद्र्धन गर्न यस्तो सुविधा व्यवस्था गरिएको बैंकले जानकारी दिएको छ । बैंकका ग्राहकहरूले एनसेलको डाटा प्रयोग गरी एनआईसी एसिया मोब्यांक एपमार्फत इन्टरनेट बैंकिङ सुविधा निःशुल्क प्रयोग गर्न पाउनेछन् । मोब्यांक एपमार्फत अन्तरबैंक रकम स्थानान्तरण, आफ्नो खाताको जानकारी, एकाउण्ट स्टेटमेन्ट, आन्तरिक रेमिट्यान्स पठाउने एवम् बुझ्ने, मुद्दती निक्षेप खोल्ने, बैंकका शाखा तथा एटिएमको स्थान पत्ता लगाउने, मोबाइल टपअप, युटिलीटि बिल भुक्...

मेगा बैंकले ल्यायो अत्याधुनिक मोबाइल बैंकिङ सुविधा

काठमाडौँ – मेगा बैंक नेपाल लिमिटेडले डिजिटल बैंकिङ प्रयोगकर्ताहरुको सुविधालाई मध्यनजर गर्दै ओम्नी च्यानल प्रणालीमा आधारित डिजिटल बैंकिङ सेवाको सुरुवात गरेको छ। बैंकले सम्पूर्ण डिजिटल बैंकिङ सेवाहरु मोबाइल बैंकिङ एप मेगा स्मार्ट बैंकिङ वा वेबपेजको माध्यमबाट समेत प्रयोग गर्न मिल्ने जानकारी गराएको हो। डिजिटल बैंकिङ सेवालाई अझ सरल, सुरक्षित तथा उत्कृष्ट बनाउँदै बैंकमा खाता भएका […]

मेगा बैंकको अत्याधुनिक मोबाइल बैंकिङ, यस्ता छन् सुविधा

काठमाडौं– मेगा बैंकले ओम्नी च्यानल प्रणालीमा आधारित डिजिटल बैंकिङ सेवा शुरुवात गरेको छ । बैंकले शुक्रवार एक विज्ञप्ति जारी गर्दै डिजिटल बैंकिङ सुविधालाई अझ उत्कृष्ट बनाउन यो प्रणाली भित्र्याएको जनाएको छ । बैंकले सम्पूर्ण डिजिटल बैंकिङ्ग सेवाहरु मोबाइल बैंकिङ्ग एप ‘मेगा स्मार्ट बैंकिङ’ वा वेबसाइटको माध्यमबाट समेत प्रयोग गर्न मिल्ने जनाएको छ । ‘डिजिटल बैंकिङ […]

बैंकिङ सुविधा उपयोग गर्दै कारोबार गर्न प्रबन्धक बर्ताैलाको आग्रह

काठमाडौं । ग्लोबल आईएमई बैंककी प्रबन्धक कविता बर्ताैलाले बैंकका कर्मचारीहरुको लगनशिलता सेवाग्राहीमा बढीभन्दा बढी सेवा तथा सहयोग र सुविधा पु¥याउन सकियोस् भन्ने हुनुपर्नेमा जोड दिएकी छन् । सो बैंकको सितापाइला शाखाद्वारा शुक्रबार सितापाइलामा आयोजित डिजिटल बैंकिङसम्बन्धी जनचेतनामूलक कार्यक्रमलाई सम्बोधन गर्दै प्रबन्धक बर्ताैलाले सो विषयमा जोड दिएकी हुन् । सेवाग्राहीमा अधिकतम सेवा प्रदान गर्न ग्लोबल आईएमई […] The post बैंकिङ सुविधा उपयोग गर्दै कारोबार गर्न प्रबन्धक बर्ताैलाको आग्रह appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.