सानिमा बैंक र नेपालपे क्यूआरबीच सहकार्य

सानिमा बैंकले मोबाइल बैंकिङ एप ‘सानिमा सजिलो इ–बैंकिङ’ मा नेपालपे क्यूआर सफलतापूर्वक समायोजन गरेको छ । सजिलो इ–बैंकिङ प्रयोगकर्ताहरुले अब नेपालपे क्यूआरबाट सजिलै क्यूआर स्क्यान गरी डिजिटल भुक्तानी गर्न सकिनेछ ।बैंकले नेपालपे क्यूआरको क्यूआर आधारित कारोबारका लागि एनसीएचएलसँग सहकार्य गर्नेछ । यस सहकार्यले नेपालमा डिजिटल भुक्तानी प्रणालीलाई प्रोत्साहन गर्दै डिजिटल कारोबार बढाउने अपेक्षा बैंकले गरेको […]

सम्बन्धित सामग्री

नेपाल पे क्यूआर पुर्णरुपमा  सञ्चालनमा, राजस्व भुक्तानी क्यूआरबाटै गर्न मिल्ने

फागुन २८, काठमाडौं । नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) को नेसनल पेमेन्ट स्वीच अन्तर्गत नेपाल पे क्यूआर अव पुर्णरुपमा सञ्चालनमा आएको छ । योसँगै अब सरकारको राजस्व भुक्तानी समेत क्यूआरबाट गर्न मिल्ने व्यवस्था गरिएको छ । हाल उपलब्ध पेमेन्ट गेटवेमा समेत नेपाल पे क्यूआर थप गरिएको छ, जसअन्तर्गत उक्त क्यूआर स्क्यान गरी मोबाइल बैंक, वालेट, कनेक्ट आईपीएस लगायतबाट सजिलै राजस्व भुक्तानी गर्न सकिने छ । हालसम्म हिमालयन बैंक, सानिमा बैंक, समृद्धि फाइनान्स, कनेक्ट आईपीएसलगायतका मोबाइल एपबाट क्यूआर स्क्यान गरी कारोबार गर्न सकिने कम्पनीले बताएको छ ।   नेपालपे क्यूआरको पूर्वाधारमा हिमालय बैंक, एनआईसी एशिया बैंक, कामना सेवा विकास बैंक र समृद्धि फाइनान्स मार्फत क्यूआर अक्वायरको कार्य पनि शुरु भइसकेको छ । हिमालयन बैंक र फोकसवान सोलुसन्स बीच भने मर्चेन्ट स्तरको अन्तरआबद्धता कायम गर्ने गरी व्यवस्था मिलाइएको छ । यसअन्तर्गत एउटै क्यूआरलाई स्क्यान गरी भिसा, युनियन पे, अलपे, नेपालपे क्यूआर लगायतका विभिन्न नेटवर्कबाट भुक्तानी गर्न सकिन्छ । हाल उक्त बैंक तथा वित्तीय संस्था र पीएसपीले नेपालपे क्यूआरमा ५ हजारभन्दा बढी मर्चेन्टहरु आवद्ध गरिसकेका छन् । एनसीएचएलले कार्यान्वयनमा ल्याएको नेसनल पेमेन्ट स्वीच अन्तर्गत नेपाल क्यूआर स्ट्याण्डराइजेसन एन्ड गाइडलाइन्स अनुसारको क्यूआर अन्तरआबद्धता कायम गर्ने गरी नेपाल पे क्यूआर सञ्चालनमा ल्याएको बताएको छ । सो बारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत(सीईओ) अशोक राणा,सानिमा बैंकका सीईओ निश्चल राज पाण्डे, एनआईसी एशिया बैंकका चिफ स्ट्रयाटेजी अफिसर विशाल सिग्डेल, कामना सेवा विकास बैंकका प्रमुख बिजनेस अधिकृत घनश्याम ढुङ्गेल, समृद्धि फाइनान्सका चिफ मेनेजर बिनोद राज पौडेल, फोकसवान सोलुसन्स् प्रालिका सीईओ प्रणय राजभण्डारी तथा नेपाल क्लियरिङ्ग हाउसका सीईओ नीलेश मान सिंह प्रधानको उपस्थिति थियो ।