सानिमा बैंकको मोबाइल बैंकिङ र नेपालपे क्यूआरबीच सहकार्य

सानिमा बैंकले मोबाइल बैंकिङ एप सानिमा सजिलो इ-बैंकिङमा सफलतापूर्वक नेपालपे क्यूआर समायोजन गरेको छ । सजिलो इ-बैंकिङ प्रयोगकर्ताहरूले अब नेपालपे  क्यूआरबाट सजिलै क्यूआर स्क्यान गरी डिजिटल भुक्तानी गर्न सक्ने बैंकले जानकारी दिएको छ ।बैंकले नेपालपे क्यूआरको क्यूआर आधारित कारोबारका लागि एनसीएचएलसँग सहकार्य गरेको हो ।यस सहकार्यले नेपालमा डिजिटल भुक्तानी प्रणालीलाई प्रोत्साहन गर्दै डिजिटल कारोबार बढाउने बैंकले दाबी गरेको छ ।सानिमा बैंकले १२४ शाखा कार्यालय र १११ वटा एटीएम संचालनमा गरिरहेको छ ।

सम्बन्धित सामग्री

सानिमा बैंक र नेपालपे क्यूआरबीच सहकार्य

सानिमा बैंकले मोबाइल बैंकिङ एप ‘सानिमा सजिलो इ–बैंकिङ’ मा नेपालपे क्यूआर सफलतापूर्वक समायोजन गरेको छ । सजिलो इ–बैंकिङ प्रयोगकर्ताहरुले अब नेपालपे क्यूआरबाट सजिलै क्यूआर स्क्यान गरी डिजिटल भुक्तानी गर्न सकिनेछ ।बैंकले नेपालपे क्यूआरको क्यूआर आधारित कारोबारका लागि एनसीएचएलसँग सहकार्य गर्नेछ । यस सहकार्यले नेपालमा डिजिटल भुक्तानी प्रणालीलाई प्रोत्साहन गर्दै डिजिटल कारोबार बढाउने अपेक्षा बैंकले गरेको […]