न्यूयोर्कमा नेपाली मूलकी सराहना श्रेष्ठ विधानसभा प्राथमिक निर्वाचनमा विजयी

विश्वकै सम्राट राज्य न्यूयोर्कमा नेपाली मूलकी सराहना श्रेष्ठ डेमोक्रयाटिककाे तर्फबाट राज्य विधानसभा प्राथमिक निर्वाचनमा विजयी भएकी छिन । तर आगामी नोभेम्बरमा श्रेष्ठले रिपब्लिकनका प्रतिद्वन्दीसँग भिड्नु पर्ने हुन्छ ।उनले १०३ औँ विधानसभा डेमोक्रयाटिक प्राथमिक निर्वाचनमा १३ कार्यकालका केभिन काहिललाई पराजित गर्न सफल भएकी छिन । श्रेष्ठको जितसँगै सन् १९९९ पछि पहिलो पटक १३ कार्यकालको बिजेता रहेका काहिल आगामी नोभेम्बरमा हुने विधानसभा चुनावमा प्रतिस्पर्धा गर्न नपाउने भएका छन् । अनौपचारिक नतिजा अनुसा

सम्बन्धित सामग्री

गुजरातमा विधानसभा चुनावको अन्तिम चरणका लागि मतदान सुरु

गुजरात विधानसभा चुनावको दोस्रो तथा अन्तिम चरणअन्तर्गत उत्तर र मध्य गुजरातका १४ जिल्लाका ९३ विधानसभा निर्वाचन क्षेत्रमा सोमबार बिहान ८ बजेदेखि मतदान सुरु भएको छ। गुजरातमा दोस्रो चरणको चुनावमा ६१ दलका ८३३ उम्मेदवार चुनावी मैदानमा छन्। जसको भाग्यको फैसला दुई करोड ५१ लाखभन्दा बढी मतदाताले गर्नेछन्। निर्वाचन आयोगले आजको मतदानका लागि २६ हजार ४ ०९ […]

गुजरातमा विधानसभा दोस्रो चरणको निर्वाचनको लागि मतदान शुरु

एजेन्सी, १९ मंसिर । गुजरात विधानसभा चुनावको दोस्रो तथा अन्तिम चरणअन्तर्गत उत्तर र मध्य गुजरातका १४ जिल्लाका ९३ विधानसभा निर्वाचन क्षेत्रमा सोमबार बिहान ८ बजेदेखि मतदान सुरु भएको छ । गुजरातमा दोस्रो चरणको चुनावमा ६१ दलका ८३३ उम्मेदवार चुनावी मैदानमा छन्, जसको भाग्यको फैसला दुई करोड ५१ लाखभन्दा बढी मतदाताले गर्नेछन् । निर्वाचन आयोगले आजको […]

भारतको गुजरातमा आज विधानसभा निर्वाचन

काठमाडौं । भारतको गुजरातमा आज बिहीबार विधानसभा निर्वाचन अन्तर्गत पहिलो चरणको मतदान हुँदैछ । कुल १ सय ८२ सिट मध्ये पहिलो चरणमा ८९ सिटका लागि दुई करोड ३९ लाख मतदाताले मतदान गर्दैछन् । भारतको निर्वाचन आयोगले भने निर्वाचन प्रचार प्रसारका क्रममा मतदाता प्रभावित गर्न वितरण गर्न लागिएको अर्बाैं बराबरको नगद र जिन्सी जफत गरेको छ […]

पञ्जाबका मुख्यमन्त्री चन्नी विधानसभा चुनावमा पराजित

पञ्जाबका मुख्यमन्त्री चरनजीत सिंह चन्नी पञ्जाब विधानसभा चुनावमा पराजित भएका छन्। दुई ठाउँबाट चुनाव लडेका मुख्यमन्त्री चन्नी दुबै ठाउँबाट पराजित भएका हुन्। सन् २०१७ मा भएको विधानसभा निर्वाचनमा स्पष्ट बहुमतका साथ सरकार चलाएको भारतीय राष्ट्रिय कांग्रेसले यस पटक पञ्जाबमा ठूलो पराजय व्यहोरेको छ। ११७ सिट रहेको विधानसभामा दुई तिहाइभन्दा बढी बहुमतका साथ आम आदमी पार्टी […]

भारतमा विधानसभा निर्वाचन : प्रारम्भिक गणनामा भाजपा अगाडि

२६ फागुन, काठमाडौं । भारतको विधानसभा निर्वाचनको प्रारम्भिक मतगणनामा भारतीय जनता पार्टी (भाजपा) अघि देखिएको छ । उत्तरप्रदेश, गोवा, मणिपुर, उत्तराखण्डमा भाजपाले अग्रता कायम राखेको छ । पन्जाबका तीन सिटमा भने आम आदमी पार्टी अगाडि देखिएको भारतीय मिडियाले जनाएका छन् । युपीका ४०३ विधानसभा सिटको परिणाम आजै आउने छ । मत सर्वेक्षणमा उत्तर प्रदेशमा भाजपा […]

भारतको उत्तर प्रदेशमा विधानसभा निर्वाचनः फेरि चल्ला योगी र मोदीको जादू ?

भारतको उत्तर प्रदेशमा आगामी फेब्रुअरी १० देखि मार्च ७ सम्म विधानसभा निर्वाचन हुन लागेको छ । सात चरणमा मतदान भएपछि मतगणना मार्च १० मा गरिनेछ ।  प्रदेशका कुल ४०३ सीटमा प्रतिस्पर्धा हुन लागेको छ ।  त्यसो त उत्तराखण्ड, मणिपुर, गोवा र पञ्जाबमा पनि यसै समयमा विधानसभा निर्वाचन हुन लागेका छन् । तर उत्तर प्रदेशले भारतको लोकसभामा ८० सांसद पठाउँछ । त्यहाँको विधानसभा निर्वाचनको परिणामले सन् २०२४ मा हुने आमनिर्वाचनको पनि संकेत दिने भएकाले धेरैको चासो यसमा छ ।  निर्वाचनमा सत्तारूढ दल भारतीय जनता पार्टीको पुन...

मोदीलाई उच्च अदालतको अपील- उत्तर प्रदेशको विधानसभा चुनाव रोक्नुस्

९ पुस, काठमाडौं । भारतको अल्लाहवादस्थित उच्च अदालतले प्रधानमन्त्री नरेन्द्र मोदीलाई उत्तर प्रदेशको विधानसभा चुनाव रोक्न अपिल गरेको  छ । अल्लाहबाद उच्च अदालतले ओमिक्रोनको बढ्दो संक्रमण र संभावित तेस्रो लहरलाई मध्यनजर गर्दै उत्तर प्रदेशको आसन्न विधानसभा चुनाव, चुनावी सभा एवं जुलुस रोक्न अपिल गरेको हो । न्यायाधीश शेखर कुमार यादवले उच्च अदालतका रजिष्टार जनरललाई  पछिल्लो […]

आगामी वर्षको विधानसभा निर्वाचनका लागि भाजपाले बनायो यस्तो रणनीति

भारतमा हालै भएका उपचुनावहरूमा राम्रो परिणाम आएपछि भारतीय जनता पार्टीले सन् २०२२ मा पाँचवटा राज्यमा हुन लागेको विधानसभा निर्वाचनका लागि रणनीति बनाएको छ ।  उत्तर प्रदेश, उत्तराखण्ड, मणिपुर, गोवा र पञ्जाबमा विधानसभा निर्वाचन हुन लागेको छ ।  भाजपाका शीर्ष नेताहरू यस विषयमा मन्थन गरिरहेका छन् । आइतवार दिल्लीमा भएको पार्टीको राष्ट्रिय कार्यकारिणी बैठकमा पनि यस विषयमा मन्थन भयो । भाजपालाई महंगी, बेरोजगारी र कोरोनाले भाजपाको विजयरथ रोक्न सक्छ ।  कोरोनाको समयमा देखिएका समस्याबाट राहत दिएमा जनताले भाज...

पहिलो विधानसभा निर्वाचनका लागि कतार सरकारद्वारा पर्यवेक्षण समिति गठन

एजेन्सी । कतारले आफ्नो पहिलो विधानसभा निर्वाचनको पर्यवेक्षणका लागि एक समिति गठन गरेको छ । आगामी अक्टोबरमा हुने विधान सभा निर्वाचनको निष्पक्षता अनुगमन गर्नका लागि समिति गठन गरिएको आन्तरिक मन्त्रालयले जनाएको छ । दुई तिहाइ अथवा ४५ मध्ये ३० सदस्यीय सल्लाहकार काउन्सिलका लागि मतदान हुने कतार सरकारले जनाएको छ । कतारका अमिर शेख तमिम बिन […]

विधानसभा निर्वाचन : दार्जीलिङमा स्वतन्त्र उम्मेदवार केशवराज शर्माको अग्रता

पश्चिम बंगालको दार्जीलिङ विधानसभा सीटमा स्वतन्त्र उम्मेदवार केशवराज शर्माले अग्रता लिएका छन् ।  उनले भारतीय जनता पार्टीका उम्मेदवार नीरज तामाङ जिम्बालाई पछि पारिरहेका छन् । यसअघिको विधानसभा निर्वाचनमा गोर्खा जनमुक्ति मोर्चाले उक्त सीट जितेको थियो ।