सञ्चालक र कर्मचारीहरूको मिलेमतोमा आर्थिक वर्ष २०६८-०६९ देखि गलत लेखापरीक्षण प्रतिवेदन तयार पार्दै ठगी हुँदै आउँदा पनि पत्ता नपाउनु बचतकर्ताको पनि कमजोरी हो । नेपाली समाजको दोहोरो चरित्र छ । पैसा नभईकन नहुने भए तापनि सज्जन देखिन धेरैले पैसाको कुरा गर्न चाहन्नन् । वैध तरिकाले कानुनसम्मत ढंगले काम गरेर पैसा कमाउनु गलत होइन र कमाएको […]