एजेन्सी । अक्षय कुमार स्टारर बच्चन पाण्डे फिल्म शुक्रबार रिलिज भए पनि ‘द कश्मीर फाइल्स’ले बक्स अफिसमा आफ्नो उत्कृष्ट व्यापार जारी राखेको छ ।
विवेक रञ्जन अग्निहोत्रीद्वारा निर्देशित फिल्मले आठौं दिन (दोस्रो शुक्रबार) अहिलेसम्मकै उच्च कलेक्शन गरेको छ ।