गुगल सर्चले अर्जेन्टिना र फ्रान्सबीचको फिफा विश्वकप फाइनलको समयमा आफ्नो ‘२५ वर्षमा अहिलेसम्मकै उच्च ट्राफिक’ रेकर्ड बनाएको सीईओ सुन्दर पिचाईले बताएका छन् । ‘यो सारा संसारले एउटा कुरा खोजिरहेको जस्तो थियो !’ पिचाईले ट्वीट गरेका छन् ।गत राति कतारको लुसेल रंगशालामा भएको खेलमा लियोनल मेस्सीको कप्तानीमा रहेको अर्जेन्टिनाले फ्रान्सलाई हराएको हो । अर्जेन्टिनाले प्रारम्भिक अग्रता लिएको खेलमा फ्रान्सेली स्ट्राइकर केलियन एमबाप्पेले लगातार दुई गोल गर्दै आफ्नो टोलीको शानदार पुन