स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेसले एमालेको रेकर्ड ब्रेक गरेको छ । २०७४ सालको स्थानीय निर्वाचनमा नेकपा एमालेले ७५३ मध्ये २९४ स्थानीय तह जितेको थियो । यस पटकको निर्वाचनमा नेपाली काँग्रेसले एमालेको पुरानो रेकर्ड ब्रेक गर्दै सवै स्थानीय तहको मत गणना नसक्दै २९६ स्थानीय तह जितेको छ । शुक्रबार अपरान्हसम्मको तथ्यांकमा काँग्रेसले नगरपालिका तथा उपमहानगर पालिका प्रमुखमा ११२ र गाउँपालिका अध्यक्षमा १८४ पद जितेको हो । २०७४ को स्थानीय तह निर्वाचनमा काँग्रेसले २६७ स्थानीय तहमात्र जितेको थिय