म्याग्दीका तामाखानी अलपत्र

म्याग्दीका विभिन्न १४ स्थानमा तामा, स्लेट, खरीलगायतका खानी, शिलाजित, अन्य बहुउपयोगी औषधि, वनस्पति उत्खनन्, प्रशोधन र पहिचानको अभावमा खेर गइरहेका छन्।...

सम्बन्धित सामग्री

औद्योगिक कच्चापदार्थ आयात गर्ने, स्वदेशी खानी अलपत्र

स्वदेशमा स्थापित उद्योगहरुलाई चाहिने कच्चा पदार्थ विदेशबाट ल्याउने तर गाउँगाउँमा भएका खानी भने संचालन नहुने अवस्थाले देशको अर्थतन्त्र उकासिनन सकेको छैन । म्याग्दीका विभिन्न गाउँमा रहेका तामाखानी जिल्लाका विभिन्न १४ स्थानमा तामा, स्लेट, खरीलगायतका खानी, शिलाजित, अन्य बहुउपयोगी औषधि, वनस्पति उत्खनन्, प्रशोधन र पहिचानको अभावमा खेर गइरहेका छन् । तीमध्ये म्याग्दीको रघुगङ्गा गाउँपालिका–६ ठाडाखानी गाउँको …

तामाखानी सञ्चालनमा ल्याउन नसक्दा अलपत्र

गलेश्वर– म्याग्दीका विभिन्न गाउँमा रहेका तामाखानी सञ्चालनमा ल्याउन नसक्दा अलपत्र अवस्थामा परेका छन् । म्याग्दीका विभिन्न १४ स्थानमा तामा, स्लेट, खरीलगायतका खानी, शिलाजित, अन्य बहुउपयोगी औषधि, वनस्पति उत्खनन, प्रशोधन र पहिचानको अभावमा खेर गइरहेका छन् । तीमध्ये म्याग्दीको रघुगङ्गा गाउँपालिका-६ ठाडाखानी गाउँको शिरानमा रहेको विशाल तामाखानी पनि एक सय आठ वर्षदेखि अलपत्र अवस्थामा छ । […]

प्रदेशका रणनीतिक योजना चुनावी एजेन्डामै सीमित

जिल्लामा सक्रिय राजनीतिक दल र तिनका उम्मेदवारहरूले प्रमुख आयोजनालाई चुनावी मुद्दा बनाउने गरे पनि जितेपछि कार्यन्वयनमा ध्यान नदिँदा कति अलपत्र छन् भने कति ओझेलमा परेका छन् । २०६४, २०७० र २०७४ मा भएका आमनिर्वाचनमा कांग्रेस, एमाले, माओवादी केन्द्र लगायत दलहरूले तिब्बत जोडने नाक्चेनाङला सडक, रारा विमानस्थलको पूर्वाधार निर्माण, रारा ताल विकासको निम्ति गुरुयोजना र गमगढी–नाग्मा सडक कालोपत्र गर्ने र मुगु–डोल्फू–तामाखानी राष्ट्रिय प्रसारण लाइन जडान, भरपर्दो सञ्चार नेटवर्क बनाउने जस्ता योजना अघि सारेका थिए । तर, निर्वाचन जितेका कोही पनि जनप्रतिनिधिले यसतर्फ वास्ता नगर्दा अहिले सबैजसो योजना लथालिङ्गजस्तै छन् ।

सय वर्षदेखि अलपत्र ठाडाखानीको तामाखानी

म्याग्दी : म्याग्दीको रघुगंगा गाउँपालिका वडा नं ६ ठाडाखानी गाउँको सिरानमा रहेको तामाखानी उत्खनन् नहुँदा सय वर्षदेखि अलपत्र छ।ठाडाखानीको सिरानमा पर्ने रुमले भीरमा रहेको विशाल तामाखानी १ सय ७ वर्षअघि विसं १९७१ सम्म सञ्चालनमा रहेको र त्यसपछि तत्कालीन सरकारले प्रतिबन्ध लगाएकाले बन्द भएको थियो।  उक्त खानी अहिलेसम्म सञ्चालनमा ल्याउने प्रयास कसैले नगर्दा अलपत्र रहेको हो।तत्कालीन समयमा तामा उत्खनन् गरेबापत सरकारलाई भेजा (कर) तिर्न नसक्दा खानी राणाहरूको मौखिक आदेशमा बन्द गरिएको स

म्याग्दीको मल्कवाङमा तामाखानीको सम्भाव्यता अध्ययन

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–५ मल्कवाङस्थित तामाखानीको सम्भाव्यता अध्ययन गरिएको छ । एक शताब्दीअघि बन्द भएका तामाखानीको संरक्षण र उत्खनन गर्न खानी तथा भूगर्भ विभागले अध्ययन प्रक्रिया थालेको हो ।    दुई चिनियाँ प्राविधिकसहितको टोलीले खानी रहेका ठाउँको अध्ययन गरेको मल्कवाङका वडाध्यक्ष खर्ककुमारी छन्त्यालले जानकारी दिए । ‘टोलीले भौगोलिक अवस्था र सुरुङबारे अध्ययन गरेको छ,’ उनले भने, ‘थप अध्ययनका लागि उपकरणसहित टोली फेरि आउनेछ ।’ टोलीले मल्कवाङको ओखरबोट, हिलेखानी र खवाङस्थित तामाखानीको अध्ययन गरेको छ ।      बन्द तामाखानी हाल अलपत्र अवस्थामा छन् । मल्कवाङ नजिकै तामा उत्खनन गर्न खनिएका दर्जनौं सुरुङ संरक्षणको अभावमा बाढीले पुरिँदै छन् । सरकारले तामाखानीको संरक्षण, अनुसन्धान, व्यवस्थापन र उत्खननप्रति चासो देखाएपछि स्थानीयवासी उत्साहित छन् । स्थानीय लालबहादुर छन्त्याल आफ्नो समुदाय परम्परागत पेशामा पुनः फर्किने बताउँछन् । तामाखानी उत्खनन गरिए नयाँ पुस्तामा प्रविधि, ज्ञान र शीप हस्तान्तरण हुने उनको विश्वास छ । विगतमा मल्कवाङको खानीबाट उत्खनन् भएको तामालाई दलित समुदायले आरनमा प्रशोधन गरेर भाँडाकुँडा बनाई म्याग्दी, बागलुङ, पर्वत, कास्कीलगायत ठाउँमा लगेर विक्री गरी जीविकोपार्जन गर्दै आएका थिए । धातुका सिक्का बनाउनसमेत तामा प्रयोग हुने गर्दथ्यो । तामाखानीको सम्भाव्यता अध्ययनसँगै उत्खननको वातावरण बन्नेमा स्थानीय अमर छन्त्याल ढुक्क छन् । गुर्जा, मच्छिम, कुइँनेमंगले र ओखरबोटमा समेत तामाखानी छ । खानी उत्खनन र सुरुङ खन्नका लागि आधुनिक उपकरण तथा प्राविधिको विकास, विद्युत् र सडक पूर्वाधारको पहुँच विस्तार भएकाले सजिलो हुने अपेक्षा गरिएको छ । तामाखानीको सम्भाव्यता अध्ययनका लागि गाउँपालिका र जनप्रतिनिधिले पहल गरेका थिए । तामाखानी सञ्चालन गर्न सकेमा रोजगारी सृजना हुने वडाध्यक्ष छन्त्यालको भनाइ छ । रासस

माल पाएर पनि चाल नपाएपछि विशाल तामाखानी वर्षौँदेखि अलपत्र

म्याग्दीका विभिन्न स्थानमा रहेका तामाखानी जङ्गलमै पुरिएर खेर गइरहेका छन् । जिल्लाका  धवलागिरि, मालिका, रघुगङ्गा गाउँपालिका र बेनी नगरपालिकाका विभिन्न ठाउँमा रहेका १७ वटा ठूला तामाका खानीहरु राज्यको झन्झटिलो कानूनी प्रावधान र आधुनिक उपकरणको अभावका कारण सञ्चालनमा आउन नसक्दा वनपाखामै खेर गएका हुन् ।    र...

मुगुको तामाखानी बेवास्थामा

मुगु जिल्लामा रहेको मुगुमका मारोङ गाउँपालिका–१ डोल्फुमा रहेका ३ वटा तामाखानी सरकारको बेवास्थाका कारण अहिले अलपत्र परेका छन् । मुगुको डोल्फु गाउँ नजिकैमा रहेका ३ वटा तामा खानि पालाङजे, इटिङ र थाङवाका नामक भन्ने ठाउँमा रहेका तामाखानी लामो समयदेखि बेवास्थामा परेका हुन् ।